सामाजिक उत्थान र मन्त्री बिच छलफल माग पुरा नगरे आन्दोलन
मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय स्तरमा संचालित (सुप) कार्यक्रम र मेलम्ची खानेपानी आयोजनाले मेलम्ची खोलाको पानी पथान्तरण पश्चात् स्थानीय जनताले प्राप्त गर्नु पर्ने (लेवि) को सुनिश्चितताका लागि ज्ञापन पत्र बुझाइएको छ । बुधबार ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिका अध्यक्ष उपेन्द्र तामाङको नेतृत्वमा खानेपानी मन्त्री उमाकान्त चौधरीलाई भेटेर ज्ञापन पत्र बुझाउँदै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । मन्त्री चौधरीलाई ५ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउन ह्योसिमेसका अध्यक्ष तामाङ, याङ्ग्री लार्के स्थानीय सरोकार समितिका अध्यक्ष गोपाल स्याङ्वो, ईन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम संचालन समितिका अध्यक्ष विष्णुमणी आचार्य र मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डोटेल लगाएतका मण्डल मन्त्रलाय गइ ज्ञापन पत्र बुधm...
