सम्पर्क

ब्रेकिङ न्युज २

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वाेच्चद्वारा खारेज

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वाेच्चद्वारा खारेज

कृषि, खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० असारः सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सरकारले निजी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्याल...
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

कृषि, खानेपानी, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
नारायणगढ (चितवन), २७ असारः समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने माडी उपत्यकाको सुन्दर दृश्य, चुरे पर्वतमालाको विशाल रूप र ऐतिहासिक गढीले आज एउटा जीवन्त इतिहास बोकेर बसेको अनुभूति गराउँछ । चितवनको माडी नगरपालिकास्थित सामरिक एवं धार्मिक दृष्टिले देशकै महत्वपूर्ण आधारस्थल मानिने ऐतिहासिक सोमेश्वरगढी एउटा विशेष र ऐतिहासिक क्षणको साक्षी बन्यो । माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा यहाँ निर्मित प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको शालिकको अनावरण गरिएसँगै पार्कले पूर्णता पाएको छ । नेपाली सेनाको निरन्तरको पहल, खोज-अनुसन्धान तथा स्थानीय जनप्रतिनिधिको दृढ इच्छाशक्तिका कारण यहाँ निर्मित शालिक र पार्कले पूर्णता पाएको हो । नेपाली सेना मध्य पृतनापति उपरथी विष्णुकुमार खड्काले महान् योद्धा तथा सोमेश्वरगढी विजयका नायक बस्न्यातको सम्मान, श्रद्धा र स्मरण स्व...
मेलम्चीमा पहिलो पटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम दुर्गाको अध्यक्षतामा शाखा गठन

मेलम्चीमा पहिलो पटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम दुर्गाको अध्यक्षतामा शाखा गठन

कृषि, खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, शिक्षा, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा पहिलो पटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । क्याच एण्ड सर्व बल नेपालले देशभर संस्था विस्तार गर्ने उद्देश्यसहित यो कार्यक्रम मेलम्चीमा गरेको हो ।संस्थाको अध्यक्ष कदम्बरी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा क्याच एण्ड सर्व बल खेलको परिचय, यसको महत्व तथा नेपालभर खेलको विकास र संस्थागत विस्तारका विषयमा जानकारी गराइएको थियो। सहभागीहरूलाई खेलको व्यावहारिक अभ्यास गराउन डेमो प्रदर्शनी समेत गरिएको थियो। प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नयाँ तथा सिर्जनात्मक खेलकुद गतिविधिले जुनसुकै पुस्तामा अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैलीको विकास गर्न महत्वप...
चौतारामा डेंगी फैलावट रोक्न ‘खोज र नष्ट गर अभियान’

चौतारामा डेंगी फैलावट रोक्न ‘खोज र नष्ट गर अभियान’

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  डेंगी संक्रमण रोक्न सचेतना अभियान अन्तर्गत चौतारामा बिभिन्न कार्यक्रम गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा चौतारामा ‘खोज र नष्ट गर’ अभियान, अभिमुखिकरण सँगै सचेतना कार्यक्रम गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो सर्वसाधारणलाई डेंगी रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कुनै पनि रोगलाई सानो सोच्न नहुने बताउदै जनचेतना टोलटोलमा पुर्याउनु पर्नेमा जोड दिनुभयो । अभियानका क्रममा डेंगीबारे जानकारी, यसबाट बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत हिसिला दनुवारले बताउनुभयो । डेंगी सार...
गरिब तथा विपन्न सुनौला १००० दिनका आमालाई पोषण सुधारका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाद्वारा आर्थिक सहयोग

गरिब तथा विपन्न सुनौला १००० दिनका आमालाई पोषण सुधारका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाद्वारा आर्थिक सहयोग

अन्तर्वाता, खानेपानी, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्वास्थ्य शाखाको समन्वयमा सुनौला १००० दिनका आमा तथा शिशुको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले वडा नं. ३ र वडा नं. ८ का गरिब तथा विपन्न परिवारका २८ जना सुनौला १००० दिनका आमाहरूलाई प्रति व्यक्ति रु. २५,००० का दरले आर्थिक सहयोग प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष टासी लाम ज्युको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी ज्युको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा लाभग्राही आमाहरूलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रमको उद्देश्य आर्थिक रूपमा कमजोर परिवारका सुनौला १००० दिनका आमा तथा शिशुको पोषण सुधार, स्वास्थ्य अवस्था सुदृढीकरण तथा पोषणयुक्त आहारमा पहुँच बढाई स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउनु रहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनु भयो । कार्यक्रमको प्रारम्भमा स्वास्थ्य शाखा प्रमुखले सुनौला १००० दिनको अवध...
सवारी दुर्घटनामा युवतीको मृत्यु

सवारी दुर्घटनामा युवतीको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा आज विद्युतीय गाडीले स्कुटलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई ठक्कर दिँदा त्यसकी चालक २४ वर्षीया मीनकुमारी श्रेष्ठको मृत्यु भएको हो । उक्त वाहन र त्यसका चालक कर्णबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

ब्रेकिङ न्युज २, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ । नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो । यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपा...
जलवायुमैत्री प्रविधिमार्फत धानमा आत्मनिर्भरता अभियान, हेलम्बुमा २३औँ धान दिवस मनाइयो

जलवायुमैत्री प्रविधिमार्फत धानमा आत्मनिर्भरता अभियान, हेलम्बुमा २३औँ धान दिवस मनाइयो

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
  देबराज सुबेदी “स्थानीयको अगुवाइमा अनुकूलनका असल अभ्यास प्रवद्र्धन कार्यक्रम अन्र्तगत “ जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ६ थापाटारमा सम्पन्न भएको छ । इच्छेश्वरी महिला बचत तथा कृषक समूहको आयोजना, हेलम्बु गाउँपालिकासँगको समन्वय,जष्ट नेपाल फाउन्डेसनको आर्थिक सहयोग तथा ली–बर्डको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रवद्र्धनमा जोड दिएका थिए ।रोपाइँ कार्यक्रममा हेलम्बु गाउँपालिका वडा नं. ६ का अध्यक्ष सञ्चबहादुर तामाङले स्थानीय रैथाने बाली तथा बीउबिजनको संरक...
चौसागढी १३को मार्से खोला खेतमा नँया तरिकाबाट धान रोपाइ

चौसागढी १३को मार्से खोला खेतमा नँया तरिकाबाट धान रोपाइ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको मार्सेमा आधुनिक तथा नँया प्रबीधीबाट रोपाइ दिबश मनाइएको छ । पानी नपरेर किसान चिन्तित भइरहेको बेला नयाँ प्रबिधबिाट धान रोपाइ भए पछी स्थानीय कृषकहरु खुशी भएका छन । धान दिबशको कार्यक्रममा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगर पालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले धान रोपाइको शुभरम्भ गर्दै यस वर्षको रोपाइँ महोत्सवमा परम्परागत शैलीभन्दा फरक, आधुनिक र वैज्ञानिक पद्धतिको प्रयोग गरिएकोमा यसको स्थाइत्वका लागी आफुले गर्न पर्ने हरेक सहयोग हरु गरिरहने बताउँनु भयो ।   सापकोटाले कृषिमा आधुनिकीकरण र प्रविधिको प्रयोगविना उत्पादन बढाउन नसकिने देखीएकाले स्थानीय तहले कृषकहरूलाई प्रविधिमैत्री बनाउन र प्रोत्साहन गर्न सधैँ साथ दिने बताउँनु भयो ।नगर प्रमुख सापकोटाले परम्परालाइ सम्झाउँदै र यसको संरक्षण गर्दै समयको परिब...
अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि दुईदिने सहजीकरण कार्यक्रम सम्पन्न

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि दुईदिने सहजीकरण कार्यक्रम सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोकको आयोजनामा अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि सञ्चालित दुईदिने सहजीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। २०८३ साल असार १४ र १५ गते श्री कृष्ण रत्न गङ्गा माध्यमिक विद्यालय, चौतारामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा अधिकृत, सामुदायिक विद्यालयका प्रधानाध्यापक, सिकाइ केन्द्रका प्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदीले गर्नुभएको थियो। नेपाल सरकारका पूर्व कुशल प्रशासक एवं सिन्धुपाल्चोकका पूर्व जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले प्रमुख सहजकर्ताका रूपमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहजकर्ता भण्डारीले नेपालको संविधानले प्रत्याभूत गरेको प्रत्ये...