मेलम्चीमा महिला हिंसा न्यूनीकरण तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा न्यायिक समिति, नगरस्तरीय मेलमिलाप केन्द्रका पदाधिकारी तथा सरोकारवाला निकायबीच एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाको आयोजना ,महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र फेयरमेड फाउन्डेसन नेपालको समन्वय तथा सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा प्रधानले न्यायिक समितिले काम गर्ने क्रममा आइपर्ने बाधा तथा चुनौतीबारे आफूले जानकारी प्राप्त गरेको बताउनुभयो । उहाँले स्थानीयस्तरमै मेलमिलापमार्फत समस्या समाधान हुने वातावरण निर्माणका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । उपप्रमुख प्रधानले बालविवाह न्यूनीकरण तथा अन्त्य गर्न सके महिला हिंसा लगायतका धेरै सामाजिक समस्या समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता भगवतीदेवी गौतमले महिला हिंसा, कानुनी व्यवस्था तथा पीडितले पाउने न्यायका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । यस्तै, महिला आत्मनिर्भरता केन्द्रकी अध्यक्ष सञ्चमाया तामाङले महिला हिंसा न्यूनीकरणका लागि समुदायस्तरबाट गर्नुपर्ने पहल तथा संस्थाले गर्दै आएका कार्यबारे जानकारी गराउनुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायव निरीक्षक कुमार चौलागाईंले महिला हिंसाका घटनामा कानुनी प्रक्रिया, प्रहरीको भूमिका तथा पीडितको सुरक्षाका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण मेलम्ची नगरपालिकाका न्यायिक सहजकर्ता अस्मिता अर्यालले गर्नुभएको थियो । अन्तरक्रियामा न्यायिक समितिका पदाधिकारी, नगरस्तरीय मेलमिलाप केन्द्रका मेलमिलापकर्ता, जनप्रतिनिधि, प्रहरी, महिला अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्था तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा महिला हिंसाका घटना न्यूनीकरण, पीडितलाई न्यायमा सहज पहुँच, मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउने तथा बालविवाह अन्त्यका लागि स्थानीय तह, प्रहरी, न्यायिक समिति, मेलमिलापकर्ता र समुदायबीच थप समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।