सम्पर्क

समाचार

अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
इनरुवा (सुनसरी) अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी गर्दै इटहरी...

प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो

#, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, २७ जेठ : काठमाडौँको टोखामा लागुऔषध कारोबारी खोजतलासमा खटिएको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको छ । काठमाडौँ उपत्यकामा लामो समयदेखि लागुऔषध खैरो हिरोइन कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि खोजतलासका क्रममा आज २ बजे काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित सडकमा दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग सोधपुछ गर्दा अन्य दुई जना कारोबारी ग्राण्डी अस्पताल पछाडि लुकेर बसेको पत्ता लागेपछि प्रहरी टोली उनीहरूलाई नै प्रयोग गरेर ग्राण्डी पुगेको थियो । उनीहरूसँग लागुऔषध रहेको जानकारी पाएपछि ब्यूरोको टोली त्यहाँ दिउँसो ३ः१५ बजे पुगेको थियो । थप दुई जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीलाई फलामको रडले प्रहार गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । सोक्रममा उनी...
राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

राहत शिक्षक समिति सिन्धुपाल्चोकद्धारा ध्यानकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल राहत शिक्षक ;सिन्धुपाल्चोकले राहात शिक्षक सम्बन्धमा प्रकाशीत समाचारहरु प्रती ध्यानकर्षण भएको जनाएको छ । नेपाल राहत शिक्षक समिति सिन्धुपाल्चोकको बारेमा केहि सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको समाचार प्रति जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती प्रकाशन गरेको छ । समितीका अध्यक्ष राजेन्द्र सापकोटाद्धारा जारी बिज्ञेप्तीमा नेपाल राहत शिक्षक समिति २०६३ साल देखि पेसागत रुपमा एकतावद्द हुँदै आएको जगजाहेर नै छ । मिति २०८२ जेठ २४ गते शनिवारको दिन चौतारामा जिल्ला समिति, पालिका अध्यक्ष साथै केन्द्रिय सचिव, केन्द्रीय सदस्यबीच नियमित बैठक छलफल भैरहेको बखतमा त्यस वैठकमा जिल्ला उपाध्यक्ष श्री गुणकेसरी श्रेष्ठ उपस्थित नभई सुकुटेमा गएर अर्को भेलामा उपस्थित हुनु आफैमा विरोधाभास हुदैन र ? उक्त भेलाबाट समानान्तर समितिको अध्यक्ष बन्नु सम्पूर्ण राहत शिक्षकको भावना विपरित हुँदैन र ? केही...

मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण मेलम्चीमा सुरु

ब्रेकिङ न्युज २, समाचार
मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमहरुको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम आजबाट मेलम्चीमा सुरु भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जिल्लामा मातृ तथा नवशिशुको हालको अवस्था र आगामी योजना बारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले संघ,प्रदेश र स्थानीय सरकार संगको समन्वय र सहकार्यमा यस्ता कार्यक्रम सफल बनाउन सबैजना लागी पर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पालिकाका स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख , प्रतिनिधि कार्यरत स्वास्थ्यकर्मी MNH को क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्था फेयरमेड , मांक, जरिको रोड हस्पिट्लका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समिक्षा तथा अभि...

समुदायमा आधारित उच्च रक्तचाप नियन्त्रणसम्बन्धी अनुसन्धान कार्यक्रमको समीक्षा सम्पन्न

समाचार
समुदाय स्तरमा उच्च रक्तचाप नियन्त्रणसम्बन्धी पहिलो परीक्षण कार्यक्रमको समीक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख, प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा यस अघि समुदाय स्तरमै पुगेर गरिएको अनुसन्धानको प्रतिवेदन प्रस्तुत गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाइले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य रहेको बैठकमा पाँचपोखरी थाङपाल गाउँपालिकाक्क उपाध्यक्ष सुनिता अधिकारी, मेलम्ची–७ का वडा अध्यक्ष पासाङ तामाङ, अनुसन्धानकर्ता डाक्टर अर्चना श्रेष्ठ र अनुसन्धान विज्ञ डाक्टर दीपक चौलागाईं लगायतको उपस्थिति रहेको थियो । बैठकमा अनुसन्धान बिज्ञ चौलागाईंले कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्नुभयो । गाउँ गाउँमा...

इर्खु माध्यमिक प्रवेश मार्गको ढलान पूरा

ब्रेकिङ न्युज २, समाचार
इर्खु माध्यमिक विद्यालयको मुख्य प्रवेश गेट अगाडिको मुख्य मार्गमा निर्माण र ढलान गरिएको छ । जसले वर्षा अवधिमा विद्यार्थी र अभिभावकले भोग्नुपर्ने समस्यामा समाधान ल्याएको वडा अध्यक्ष तथा विद्यालयका पूर्व प्रधानाध्यापक अमृत दङ्गालले जानकारी दिनुभएको छ । नेपाल हिल्फे वाइलग्रिस जर्मन र जनहित ग्रामीण सेवा समितीको संयुक्त पहलमा रु १७ लाखभन्दा बढीको लगानीमा यो मार्ग तयार गरिएको हो । त्यस्तै, विद्यालयको प्राङ्गणमा ढुंगा बिछ्याउने कामसमेत सम्पन्न भएको छ । यसले हिलो, चिप्लो र अस्थिर बाटोबाट गर्दा परेका जोखिमहरूलाई न्यून पार्न मद्दत पुगेको छ । “वर्षा समयमा विद्यालय आउजाउ गर्न समस्या पर्ने, प्राङ्गणमा पनि हिलो जम्ने समस्या थियो,” वडा अध्यक्ष अमृत दङ्गालले बताउनुभयो । “नेपाल हिल्फे वाइलग्रिस जर्मनले यो सहयोग गरेका छन्, जसमा सबै पक्षलाई विशेष धन्यवाद दिन चाहन्छु ।” यस सुधारले करिब ५०० जना विद्यार्थी, अ...

बाह्रबिसेमा क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, एक हजार महिला हरु लाभान्वित

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थित नगर अस्पतालमा शनिबार आयोजित महिला पाठेघर र स्तन क्यान्सर स्क्रिनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार महिला लाभान्वित भएका छन् । शिविर भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा साथी फाउन्डेसन नेपाल, बाह्रबिसे नगरपालिका र इलेक्ट्रो पावर कम्पनीको सहकार्यमा सञ्चालन गरिएको थियो । साथी फाउन्डेसन नेपालका अध्यक्ष तथा ने.बि.संघका पुर्ब महामन्त्री बलदेव तिमल्सिनाका अनुसार परीक्षण गरिएका एक हजारमध्ये करिब ३७० महिलाको नमुना परीक्षण लिइएको थियो । शिविरमा क्यान्सरका लक्षण लुकेर बसेका जोखिम समूह पहिचान गर्न सकिने अपेक्षा गरिएको छ । शिविरमा भक्तपुर क्यान्सर अस्पतालका नि. कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेसहितको स्वास्थ्यकर्मी टोलीले परीक्षण गरेका थिए । सहभागी महिलाहरूको सामान्य स्वास्थ्य परीक्षण, भिडियो एक्स–रे, स्तन र पाठेघर स्क्रिनिङ ल...

सिन्धुपाल्चोकको सुनकोशी–७ मा किशोरी आत्मरक्षा तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
स्थानीय किशोरीहरूलाई आत्मरक्षा विषयमा सशक्त बनाउने उद्देश्यले सुनकोशी गाउँपालिका–७ मा दुई दिने किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । बागमती युवा परिषद्को आयोजनामा सम्पन्न तालिममा स्थानीय तीनवटा माध्यमिक विद्यालयका ४० जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममा सेतीदेवी शारदा माध्यमिक विद्यालय, जालपा माध्यमिक विद्यालय कोठे र सुनकोशी क्याम्पसका विद्यार्थीहरू सहभागी थिए । आत्मरक्षाका विभिन्न व्यवहारिक सीपहरू प्रदान गरिएको सो तालिममा प्रशिक्षक पार्वती पौडेल र सीता ब्लोनले प्रशिक्षण दिनुभएको थियो । सुनकोशी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले तालिमको उद्घाटन गर्नुभएको थियो । वडाध्यक्ष तिमल्सिनाका अनुसार यस्ता तालिमहरू किशोरीहरूलाई आत्मनिर्भर, सुरक्षित र आत्मविश्वासी बनाउने दिशातर्फ एक सकारात्मक कदम हुन् । तालिममा सहभागी किशोरीहरूले आत्मरक्षा सम्बन्धी ...

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाडौँ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।  जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो ।  अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो । अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि प...

विपद् प्रभावित कृषकलाई नौ महिनापछि राहत

कृषि, ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक गत असोज दोस्रो साताको अविरल वर्षाको बाढीपहिरोबाट पीडित यहाँका कृषकलाई नौ महिनापछि राहत दिलाइँदै छ । केही समयअघि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र विपद्का घटनाबाट प्रभावित कृषकका लागि राहत उपलब्ध गराउने निर्णय गरेपछि जिल्लाका १५२ कृषकको परिवारलाई राहत दिलाउन लागिएको हो । यसका लागि कृषि विकास कार्यालय धुलिखेलले प्राप्त निवेदनका आधार उक्त सङ्ख्याका कृषक परिवारलाई राहत दिलाउन यही जेठ १५ गतेसम्म सङ्कलित प्रक्रिया पुगेका निवेदनलाई प्रदेशस्थित मन्त्रालय पठाइसकिएको जनाएको छ । “थप केही कृषकका निवेदन आइरहेका छन्, असार पहिलो सातासम्मका प्रक्रिया पुगेका निवदेन मन्त्रालय पठाउने छौँ”, कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले भन्नुभयो । उहाँका अनुसार प्रदेश सरकारबाट आउने राहत कृषककै खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख दवाडीका अनुसार मन्त्रालयमा पेस गरिएका कृषकको ८०८ ...