गैरआवासीय नेपाली संघ एनसिसी कतारले मानवअधिकार आयोग सगं गर्यो भेटघाट।
दर्शन सुनार / कतार
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले कतार स्थित राष्ट्रिय मानवअधिकार आयोग सगं "भेटघाट तथा परिचयात्मक कार्यक्रम" सम्पन्न गरेको छ।मगंलबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोग कतारको सचेतना तथा योजना विभागका प्रमुख अबु सालिम हमद अल हाजीरी सँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा रहेको टिम पुगेर "भेटघाट कार्यक्रम सम्पन्न" गरेको हो ।उक्त टिमलाई राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता प्रो मोहम्मद रमजान अलि मियाले खादा सहित स्वागत गर्नु भएको थियो ।अबु सालिम हमद अल हाजिरीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ति भएकोमा पन्थीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सालिमले विगतका बर्सहरूमा अत्यन्तै सकारात्मक काम गर्नु भएको छ । तपाईँको कार्यकालमा...








