सिन्धुपाल्चोकमा डिएसपीद्धारा भान्छे कुटपिट ,पछि जागिरबाट वर्खास्त
पीडित पक्षको निष्पक्ष छानबिनको माग
दिपक खत्री
सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलमाथि आफ्नै क्वाटरमा काम गर्ने भान्छे शंकर कार्कीलाई कुटपिट गरी जागिरबाट वर्खास्त गराएको आरोप लागेको छ । पीडित कार्की हाल मिडिया र मानवअधिकारकर्मीहरूमार्फत न्यायको खोजीमा छन् ।
घटना कसरी भयो?
पीडितका अनुसार, २०८२ साउन २२ गते दिउँसो करिब २ बजे डिएसपी खरेल क्वाटरमा लन्चका लागि पुगेका थिए । त्यसअघि भान्छे कार्कीले तीन जना प्रहरी निरीक्षकलाई खाना खुवाइसकेका थिए। डिएसपीका लागि भने लसुन–प्याज प्रयोग नगरी फरक भाँडाकुडा प्रयोग गरेर रोटी–तरकारी तयार गरिएको थियो।
तर, डिएसपी खरेलले बिहान ४ बजे बनाइएको बासी रोटी खान नमिल्ने भन्दै अपशब्द प्रयोग गरेका र कार्कीलाई दुई मुक्का हानेका पीडितको दाबी छ। कार्कीका अनुसार, आत्मरक्षाका क्रममा तेस्रो मुक्का रोक्ने प्रयास गर्दा ...




