सम्पर्क

समाचार

सुनको मूल्य तोलामा एक हजार १०० बढ्यो

ब्रेकिङ न्युज १, समाचार
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ । आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस...
विद्यालयको अग्रसरतामा बन्यो विद्यालय भित्रै नमुना किचेन गार्डेन

विद्यालयको अग्रसरतामा बन्यो विद्यालय भित्रै नमुना किचेन गार्डेन

ब्रेकिङ न्युज २, समाचार
यहि २०८२ असोज २ गतेका दिन मेलम्ची–६ स्थित श्री जागेश्वरी आधारभूत विद्यालय मानेभन्याङमा विद्यालय भित्रै बालबालिकालाई आफ्नै किचेन गार्डेन भित्रै उत्पादन भएका स्वस्थ र अर्गानिक दिवा खाजा खुवाउँने उद्देश्यले नमुना किचेन गार्डेन विद्यालयको अग्रसरतामा निर्माण गरिएको छ । आज विद्यालयमा रहेको सबै विद्यार्थीहरु, शिक्षकहरु , विव्यस तथा पिटिए प्रतिनिधीहरु समेतको अग्रसरतामा विद्यालयमा रहेको आफ्नै जग्गामा मौषमी तरकारीका विभन्नि जातका विरुवाहरु रोपण गरि नमूना किचन गर्डेन निर्माण गरियो । ३५ फिट लम्बाई र २० फिट चाडाई भएको ठूलो फलामे टनेलको उत्पादनबाट त्यस विद्यालयमा अध्यानरत करिब १३५ जना विद्यार्थीहरु र शिक्षकहरु समेतलाई वर्षभरि तरकारी खान पुग्ने गरि निर्माण भएको किचन गार्डेनको सबैको क्रियासिल सहभागितामा अभिमुखिकरण शेसन सहित प्रयोगात्मक रूपमा करेसावारी तयार गर्ने, रोप्ने तरीका यसका गोडमेल र संरक्षण गर्ने त...
सिन्धुपाल्चोकथानबारे डाँडामा बिरुवा रोप्दै जन्म दिन मनाइयो

सिन्धुपाल्चोकथानबारे डाँडामा बिरुवा रोप्दै जन्म दिन मनाइयो

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाकै इतिहाँस बोकेको लोकप्रियसमाचाराष्टिय दैनिकले स्थपना दिबश मनाउँने क्रममा यस बर्ष नयाँ कार्यक्रम गरेको छ । जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको थानबारे डाँडामा बृक्षरोपण सहीत जन्मोत्सव पार्क निर्माको शुभारम्भ गरिएको छ । अग्रेजहरु सँगको लडाइमा अभिमान सिह बस्नेतको नेतृत्वमा रहेको गोर्खाली सेनाहरुले त्यस स्थानबाट बिजय प्राप्त गरेको , डाडाँमा काठमाण्डौ भ्याली र हिमालबाट देखिने गरी नेपालको झण्डा समेत रहेको त्यहाका बृद्धाहरुले बताए पछी उक्त स्थानमा लोकप्रिय समाचार राष्ट्रिय दैनिकले आफ्रनो स्थपना दिबश तथा प्रकाशक नेत्र बहादुर बस्नेतको जन्म दिन को अबशरमा उक्त कार्यक्रम गरिएको हो । उक्त स्थानमा पुराना बङ्कर हरु , बन्दोबस्तीको लागी तैयार गरिएका सुरुङ्गहरु फेला परेको ले सोही स्थानलाइ सरक्षण गर्नका लागी उक्त...

दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

ब्रेकिङ न्युज २, समाचार
दसैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ । कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा र सुपथ मूल्य पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो । राजधानीको मुख्य बजारहरु असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, सुन्धारा, टेकु, त्रिपुरेश्वरमा उपभोक्ताको घुइँचो बढेको छ । सहरमा सस्तो सामान पाइन्छ भनी किनमेलका लागि आए पनि विगतमा भन्दा भाउ बढेको पाइएको गोदावरीबाट सामान किनमेलका लागि महाबौद्ध आउनुभएकी सजना आचार्यले बताउनुभयो । “तीजअघिभन्दा पनि अहिले भाउ बढेको रहेछ, गत हप्ताको आन्दोलनका कारण व्यवसायीले भाउ बढाएजस्तो लाग्यो, कुनै पनि निकायले अनुगमन गरेजस्तो लागेन,” उहाँले भन्नुभयो, “सरकारी निकायले जुनसुकै सामान किन्दा बिल लिनु भने पनि बजारमा व्यवसायी बिल दिन अप्ठ्यारो मान्छन्, प्यान र भ्याट बिल त हत्तपत्त दिँदैनन्, दिनै परे पनि सादा बिल दिन्छन् ।” चीनसँगको नाका तातोपानी र रसुवागढी बन्द भएका...

प्रेस चौतारी नेपालको ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ विषयक विचार गोष्ठी

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
चौतारा, असोज ३ गते । संविधान दिवस २०८२ को अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरूले नेपालको संविधानको संरक्षण सबैको साझा दायित्व भएकोमा जोड दिएका छन् । ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ शीर्षकमा चौतारामा सम्पन्न कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, कानूनविद्, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हालै देखिएका जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै अनावश्यक देवत्वकरण र दानवीकरण दुवै घातक हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान घाइते भएको छ, यसलाई जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।” प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले संविधानको रक्षाका लागि सही विचार र दृष्टिकोणको आवश्यकता औंल्याउँदै भन्नु...

गृह मन्त्रालययद्वारा सहायता कक्ष स्थापना

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ असोज : गृह मन्त्रालयले ‘जेनजी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको छ । आज मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र आचार्यले ‘जेनजी’ युवाहरूको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि मन्त्रालयले उक्त सहायता कक्षा स्थापना गरेको जानकारी दिनुभयो । “जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शनपश्चात विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाइल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अन...

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपतिको आह्वान

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले उत्पन्न सङ्कटबाट मुलुकलाई निकास दिएको बताउनुभयो । राष्ट्रपति पौडेलले देशमा उत्पन्न भएको विषम परिस्थितिलाई दृष्टिगत गरी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनेगरी अहिलेलाई राजनीतिक निकास दिएको प्रसङ्ग उल्लेख गर्दै तोकिएको समयसीमाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी दिगो ढङ्गबाट राजनीतिक निकास दिने पक्षमा चालिएको कदमलाई सहयोग पुर्याउन सम्बद्ध सबै पक्षसँग अनुरोध गर्नुभयो । उहाँले अहिलेको घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक...

हाइड्रोपावर र स्थानीयको बिबाद भोटेकोशी गाँउपालिकामा झडप

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा पर्ने माथिल्लो भोटेकोसी पावर कम्पनी हाइड्रोपावरको बिबादका कारण भोटेकोशी गाँउपालिकाको भवन समेत क्षेती हुन पुगेको छ । स्थानीयहरुले हाइड्रेपावरले स्थानीयहरुको माग बमोजिम शेयर नदीएको र स्थानीयहरुको माग सम्बोधन नगरेको भन्दै १० दिनदेखि पावर हाउस बन्द गरेर विद्युत् उत्पादन रोकेका थिए । उत्पादन सुचारु गराउन कम्पनीले गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पासहित जनप्रतिनिधिसँग मात्र छलफल गरेको जानकारी पाएपछि आन्दोलित स्थानीय आक्रोशित भएको स्थानीयहरुको भनाइ रहेको छ ।स्थानीयको असहमतिकाबीच कम्पनी र जनप्रतिनिधिबीच भएको बैठकप्रति आपत्ति जनाउँदै उनीहरू पालिका भवनमा जम्मा भएर विवाद हँुदा ढुंगामुढा तथा तोडफोड भएको हो । पालिका भवनमा जनप्रतिनिधि र कम्पनीका अधिकारीहरू बैठक भइरहेको थाहा पाए पछी स्थानीयहरु पालिका भवनमा जम्मा भएका थिए । ४६ मेगावाट क्षमताको माथिल्लो भोटेक...

भोटेकोसी सेयर वितरणको माग बेवास्ता, गाउँपालिका कार्यालयमै तोडफोड

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको भोटेकोसीमा स्थानीय र माथिल्लो भोटेकोसी पावर कम्पनीबीचको विवाद चर्किँदै गएको छ । ४६ मेगावाट क्षमताको यस हाइड्रोपावरले करिब दुई दशकअघि उत्पादन सुरु गरे पनि वाचा गरिएको सेयर स्थानीयले अझै नपाएपछि असन्तोष खुलेआम आन्दोलनमा परिणत भएको हो । करिब १० दिनदेखि पावरहाउस बन्द गरेर आन्दोलन गरिरहेका स्थानीयलाई संवादमा सहभागी नगराई कम्पनीले जनप्रतिनिधिसँग मात्र बैठक गरेको थाहा पाएपछि स्थिति थप तनावपूर्ण बनेको छ । बिहिबार आक्रोशित समूहले गाउँपालिका कार्यालयमा तोडफोड गर्दा दुई जना सामान्य घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार, ढुंगामुढासहितको घटनाक्रममा जनप्रतिनिधि र कम्पनीका अधिकारीहरू स्थानीयको रोषबाट जोगिन भाग्न बाध्य भएका थिए । स्थानीयको आरोप छ, विकासका नाममा ठूलो आशा देखाइए पनि प्रतिज्ञा पूरा नभएको वर्षौँको पीडा अब सहन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरूको माग छ, “वाचा गरिएको सेयर ...

देश सुधार्ने सपना बोकेका सिन्धुपाल्चोकका दुई मुटुहरू अब धड्किंदैनन्

ब्रेकिङ न्युज १, समाचार
शुक्रबारको साँझ, राजधानीको बानेश्वर केही क्षणका लागि युद्धभूमि जस्तै बन्यो । शान्तिपूर्ण प्रदर्शनको आवाज गुँजिरहेको थियो, युवा पुस्ता आफ्नो भविष्यमाथि उठेको प्रश्नको उत्तर खोज्दै संसद् भवनअगाडि उभिएको थियो । त्यही भिडको अग्रभागमा थिए बाह्रबिसे नगरपालिका–६, गातीका श्रीकृष्ण श्रेष्ठ । त्यसै दिन, अर्को कुनामा थिए चौतारा साँगाचोकगढी नगरपालिका इर्खुका उमेश महत – जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको, तर आफ्नो माटो छाडेर होइन, त्यही माटोमा केही गर्न खोज्दै । तर, नियतिले दुवैको सपनालाई सडकमा रोकेको छ । श्रीकृष्ण श्रेष्ठले आन्दोलनमा जानुअघि आफ्ना दाइ रामकृष्णसँग यस्तै केही शब्द साट्नुभएको थियो । काठमाडौँमा स्नातक अध्ययन गर्दै हुनुहुन्थ्यो उहाँ । परिवार सामान्य कृषक पृष्ठभूमिको । माल्टा जान सबै तयारी भइसकेको थियो । तर देशको अवस्था देखेर चुप बस्न सक्नुभएन । “उहाँले सधैं भन्नुहुन्थ्यो – यो देश बनाउ...