मेलम्ची खानेपानी मर्मत गर्न ३६ करोड विनियोजन , पुरानै कम्पनीलाई ठेक्का
सरकारले गत असार र साउन महिनामा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना मर्मत गर्न ३६ करोड बजेट विनियोजन गरेको छ ।
क्षतिग्रस्त आयोजना मर्मतका लागि तत्काल अर्थ मन्त्रालयबाट ३६ करोड निकासा गरेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल पानी ल्याउन यति बजेट निकासा गरेको हो । ‘आवश्यक परे थप बजेट निकासा गर्ने पनि मन्त्रालयसँग सहमति भएको छ’, उहाँले भन्नुभयो , ‘अहिलेलाई ३६ करोड रुपैयाँ मात्रै छुट्याइएको छ ।’
बाढीले खानेपानीको हेड वकर््समा क्षति पुगेको छ । त्यस्तै सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको छ । आयोजनामा बाढीका कारण १ अर्ब रूपैयाँभन्दा बढीको क्षति पुगेको आयोजनाको आकलन छ । आयोजनामा क्षति पुगेको ७ महिनापछि पुरानै कम्पनी चिनियाँ सिनो हाइड्रोलाई मर्मत गर्न ठेक्का दिइएको छ । नयाँ कम्पनीलाई ठेक्का दि...
