सम्पर्क

समाचार

सम्पर्कविहीन जहाजको तीव्ररुपमा खोजी

ब्रेकिङ न्युज १, समाचार
पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकप्टर परिचालन गरेको छ । पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिनुभयो । सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ । जहाजको खोजी कार्य तीव्ररुपमा भइरहेको र हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । जहाज खोजीका लागि फिस्टेल एयरको हेलिकप्टरसँगै स्थलगतरुपमा पनि खोजी भइरहेको त्यहाँका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर)मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनला...

मिडिया साक्षरतामा ध्यान दिन प्रेस काउन्सिल अध्यक्ष बस्नेतको आग्रह

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरता (लिटिरेसी) मा सबैले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । ‘पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको छ, अनलाइनमा झन् बढी छ, यो पुस्ताकालागि आचारसंहितालगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनुपर्ने देखिन्छ’– काउन्सिलद्धारा शुक्रबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा बोल्दै उहाँले भन्नुभयो । मिडिया साक्षरताको लागि सरकारले पर्याप्त स्रोत÷साधन उपलब्ध गराउनुपर्ने बस्नेतको सुझाव थियो । ‘काउन्सिलले खासगरी नयाँ आउने अनलाइन मिडियाका सञ्चालक र पत्रकारमा केन्द्रित भई नियमितरूपमा आचारसंहिता अभिमुखीकरण अभियान थालेको हो–उहाँले भन्नुभयो ।’ सोही क्रममा विषय विज्ञका रूपमा आउनुभएका त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार विषयका सह–प्राध्यापक डा.कुन्दन अर्यालले काउन्सिलको पछिल्लो कदमको स्वागत गर्नुभय...

नागरिकताको समस्या तत्काल समाधान गर्न अध्यक्ष यादवको आग्रह

राजनिती, समाचार
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उहाँहरुको माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै अध्यक्ष यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकाले अब कुनै पनि बहानामा उहाँहरुको समस्याको नजरअन्दाज गर्न नहुने उल्लेख गर्नुभयो । सङ्घीय निजामती विधेयक तत्काल सङ्घीय संसद्मा पारित गरेर कार्यान्वयनमा ल्याउनसमेत उहाँले आग्रह गर्नुभयो । बहुभाषिक नीति लागू गरेर एकभन्दा बढी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गराउन अध्यक्ष यादवले माग गर्नुभयो । जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न आग्रह गर्दै सिमान्तकृत र बहिस्करणमा पारिएका समुदायलाई विशेष ध्यान दिनुपर्ने उहा...

ईन्द्रावतीको गाउँदैलोमा ‘एक घर’ ‘एक धारा’

ब्रेकिङ न्युज २, समाचार
ईन्द्रावती गाउँपालिका –१० भोटसिपामा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष झम्क नेपाल, नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र घिमिरे र निवर्तमान वडाअध्यक्ष तथा समाजसेवी जीवन कुमार थापा मगरको अतिथ्यतामा शनिबार खानेपानीको उद्घाटन गरेका हुन् । जिल्ला खानेपानी आयोजना र ज्याफ्स इन्टरनेसनलको समन्वयमा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ । उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । उक्त बस्तीमा दलित, जनजाती, विपन्न वर्गको बसोबास छ । घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेकोमा स्थानीयले खुसी व्यक्त गर्नुभयो ।...

सरकारले पेट्रोलियम पदार्थमा कर घटाइँदै

ब्रेकिङ न्युज १, समाचार
सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने भएको छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइनेछ । बजेटमार्फत यसलाई सम्बोधनको तयारी गरिएको छ । खाना पकाउने ग्यासमा भने कुनै शुल्क नघटाइने भएको छ ।...

राष्ट्रियसभामा नीति कार्यक्रमाथिको छलफल जारी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९÷०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ । शुक्रबारको बैठकमा राष्ट्रियसभा सदस्य डा विमला राई पौड्यालले नीति तथा कार्यक्रम सैद्धान्तिकरुपमा लामो रहेको उल्लेख गर्दै परिमार्जनको आवश्यकता औँल्याउनुभयो । उहाँले नीति तथा कार्यक्रमले यसअघिका सरकारका राम्रा कामको निरन्तरता दिएकामा प्रशंसनीय गर्दै प्राङ्गारिक मल कारखाना स्थापना गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य कृष्णप्रसाद पौडेलले नीति कार्यक्रममा समयमै पुँजीगत खर्च गर्ने गरी ऐन बनाउने , गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचयपत्र प्रदान गरी जीविकोपार्जन स्तरोन्नति गर्ने, पुँजीबजार आर्कषण बढाउने, बीम...

जनप्रतिनिधिहरु संघ संस्थाको संचालकमा बस्न नपाउने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्थानीय तहका जनप्रतिनिधिहरु कुनै पनि सहकारी संघ संस्थाको संचालकमा बस्न नपाउने भएको छ । सहकारी विभागले बिहिबार सहकारी संघ संस्थाहरुका लागि ३५ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । सहकारी संस्थाको दर्ता तथा नियमन सम्वन्धि प्रत्यक्ष संलग्न प्रतिनिधिहरुले सहकारी संस्थामा संचालक बस्न नपाउने भएको हो । यो व्यवस्था सहकारी ऐन, नियमावलीमा पनि उल्लेख गरेको छ । उल्लेखित पदहरुमा बहाल रहेको भएमा तत्काल राजिनामा दिन विभागले निर्देशन दिएको छ ।...

बर्सेेनी बाली लगाउने समयमा किसानलाई मलको अभाव

ब्रेकिङ न्युज २, समाचार
‘बर्सेनी बाली लगाउने समयमा  रासायनिक मलको अभाव झेलीरहेका किसानलाई गत बर्षजस्तै यस पटक पनि किसानले अन्न लगाउने समयमा रासायनिक मलको अभाव झेल्नुपर्ने देखिएको छ । सरकारले छिमेकी देश भारतका साथै विश्वव्यापी टेण्डरबाट समेत मल खरिद गर्ने कार्यलाई अगाडि बढाइरहे पनि मल आयातको विषयमा अझै टुङ्गो नलाग्दा मलको अभाव सृजना हुने देखिएको छ । यसअघि भारत र विश्वव्यापी टेण्डरबाट खरिद गरेर जेठको दोस्रो सातासम्म मल नेपाल ल्याउने बताइएपनि आयातको मिति अहिलेसम्म टुङ्गो नलाग्दा यस वर्ष पनि मलको अभाव सृजना हुने निश्चित भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले अहिले मल खरिदको प्रकृया जारी रहेपनि अझै खरिदको मिति टुङ्गो नलागेको बताउनुभएको छ । सञ्जेलका अनुसार मलको अभाव नहोस् भनेर भारतबाट पनि मल खरिदको प्रकृयालाई अघि बढाइएको थियो । तर, दुई देशबीचको समझदारीपत्रको कार्यान्वयनका लागि वार्...

निमफुञ्जो शेर्पाद्धारा नेकपा एमालेको पद त्याग

राजनिती, समाचार
नेकपा एमालेका बागमती प्रदेस कमिटीका सदस्य निमफुञ्जो शेर्पाद्धारा उक्त पदबाट राजिनामा दिनु भएको छ । बाह्र्बिसे नगरपालिकाका पुर्ब नगर प्रमुखले निर्बाचनमा पाटप्ले सहयोग नगरेको भन्दै आफ्नै सामाजिक सञ्वाल मार्फत पदबाट राजिनामा दिनु भएको जनाउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक जिल्लाको राजनीतिक ईतिहासमा विगत ३ दशक अघि देखि नेकपा(एमाले)बाट राजनीति गर्दै आएँ । बाह्रबिसे नगरपालिकाको एउटा दुर्गम गाउँ मान्द्रामा जन्मिएर मेरा दाजु तथा एमालेका जनजाती नेता निमपासाङ शेर्पाको क ईतिहासलाई कायम राख्दै र उहाँको सपनालाई पुरा गर्न राजनीतिमा निरन्तर लागे । त्यसबेला मैले पार्टीसंग कुनै पद र हिस्सा मागिन । मेरो त्यहि योगदान र लगानीलाई मूल्याङ्कन गरेर गत स्थानीय तहको निर्वाचनमा पार्टीले मलाई टिकट प्रदान ग¥यो । कांग्रेसको दवदवा रहेको बाह्रबिसे जस्तो ठाउँमा चुनाव जित्ने कुरा चानचुने थिएन । तर मेरो टिम र सिङ्गो पार्टीक...