सम्पर्क

नदीजन्य पदार्थमा निगरानी गरिने

सिन्धुपाल्चोक जिल्लामा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसारमा निगरानी हुने भएको छ । सरकारले असार १ गते देखीभदौ मसान्तसम्म बर्षातको समयमा खोलाबाट नदीजन्य पदार्थ (बालुवा,गिटी, ग्रावेल) जस्ता चिजहरु निकाल्न ,कतै ओसारपसार गर्नका लागी रोक लगाएको छ । यसरी रोक लगाए पछी पनी लुकीछिपी नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार हुन सक्ने भएकाले जिल्ला सम्मन्वय समितीका प्रमुख तथा नदीजन्य तथा खनिजन्य पदार्थको उत्खनन तथा बिक्रीबितरण अनुगमन समितीका संयोजक बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सुरक्षा प्रमुख लगायत सरोकारवाला कार्यालय प्रमुखहरु सदस्य रहेको उक्त समितीको बैठकले जिल्लाका बिभिन्न नदीहरुमा अनुगमन गर्ने यसरी अनुगम नगर्दा नदीजन्य पदार्थ उत्खनन गरेको, गराएको पाईएमा कानुन बमोजिम कार्बही गरिने जिल्ला सम्मन्वय अधिकारी कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो । बैठक पछी नेपाली काँग्रेसका जिल्ला सभापती जङ्गबहादुर लामा, नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाका सभापती इन्द्रलोचन धिताल, प्रभावित क्षेत्र वडा नं १० का वडाअध्यक्ष निलबहादुर तामाङ्ग सुमन लगायतका प्रतिनिधी मण्डलसँग समेत यस बारेमा छलफल भएको जिल्ला सम्मन्वय प्रमुख सचिवालयका हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।