महिला तथा किशोरि शिक्षामार्फत मानव बेच बिखन नियन्त्रणामा समर्पित जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको छ । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)को आयोजनामा सोमबार जिल्ला समन्वय समितिका प्रमुखबालकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको थियो । रेष्ट संस्थाका सह कार्यकारी निर्देशक तनुजा बस्नेतले कार्यक्रमको बारेमा प्रकाश पार्दै यो कार्यक्रमको मुख्य काम भनेको बालबिवाह तथा लैङ्घिक हिंसा, मानव बेचबिखन, बालश्रम शोषण र असुरक्षित आप्रवास नै हो भन्नुभयो । उँहाले बालबिवाह तथा लैंगिक हिंसा, बालश्रम शोषण मानव बेचबिखन असुरक्षित आप्रवासका बारेमा जानकारी दिनुका साथै यस्ता क्रियाकलापको अन्त्य गर्नू मुख्यउदेश्य रहेको बताउँनु भयो । उँहाले त्यसका लागि शिक्षाको माध्यमबाट चेलिबेटी रोकथाम गर्नका लागि बिद्यालयका विद्यार्थिहरु मार्फत सन्देश दिन खोजेको बताउँनु भयो । अमेरिकन हिमालयन फाउन्डेशनको आर्थिक सहयोगमा २०४९ मा साङ्याजा जिल्लाबाट कार्यक्रमको सुरुवात भएको बस्नेतले बताउनुभयो । कार्यक्रमको बारेमा प्रष्ट पार्दै बरिष्ट फिल्ड अधिकृत तजबिज गर्ताैलाले कक्षा १२ सम्मका केही विद्यार्थिहरुलाई छात्रवृत्तिदिई रहेको बताउँनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारि निराजन श्रेष्ठ, जिल्ला सम्मन्वय अधिकारी कृष्ण प्रसाद सुबेदी,बाह्रबिसे नगरपालीकाका उपप्रमुख मञ्जु तामाङ्ग,मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान,जिल्ला सम्मन्वय सचिवालयका हेमन्त श्रेष्ठ, त्रिपुरा सुन्दरी गाउपालीकाका उपप्रमुख गिताकुमारी नेपाल, बलेफी गाँउपालिकाको उपप्रमुख सरु लामा तामाङ्ग,भोटेकोशी गाँउपालिकाको उपाध्यक्ष दिछेन शेर्पा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. १३ का वडाध्यक्ष रामप्रसादगौतम लगायतले रेष्ट नेपालले गरेको कार्यक्रमप्रती धन्यवाद दिदै यसलाइ अझ व्यवस्थित र विस्तारित गर्नु पर्ने बताउँनु भयो । उँहाहरुले राज्यको काममा सघाएको भन्दै परियोजनालाई धन्यवाद ज्ञापन गरेका हुन् । उक्तकार्यक्रम मासिन्धुपाल्चोक जिल्ला स्थित १२ वटा स्थानियतहका हेलम्बु गाउंँपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, मेलम्ची नगरपालिका वडा नं. १, २, ३, ४, ६, ७, ८, ९, ११, १३, १६ ईन्द्रावती गाउँपालिका वडा नं. १, २, ३, ५, ६, ७, ८, ११, १२ चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ बाह्रविसे नगरपालिका वडा नं. १, ४, ६, ७, ९ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३, ४ र बलेफी गाउँपालिका वडा नं. २, ५ वडाहरुमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
