सिन्धुपाल्चोकजिल्ला को भोटेकाशी गाँउपालिका वडा नं ३ कोवडा कार्यलय भवन एक समारोहका बिच उद्धघाटन भएको छ ।
गाँउ पालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाको प्रमुख आथिथ्यतामा भएको उद्धघाटन समारोहमा , गाउँपालिका उपाध्यक्ष श्री दिछेन शेर्पा बिशेष अतिथीकोूपमा उपस्थित रहनु भएको थियो ।
कार्यक्रमकोउद्धघाटन गर्दै अध्यक्ष शेर्पाले नागरिकले छिटो छरितो र निश्पक्ष सेवा पाउनु पर्ने बताउँदैसिहदरबारको अधिकार गाँउमा भनेकै गाउँबाटै सेवा सुबिधा पाउँनु हो त्यसका लागी यो भवन साँच्चीकै सिहदरबार बन्न पर्ने बताउँनु भयो । वडा नं ३ वडाका वडा अध्यक्ष श्री निमा सोना शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा , प्रमुख प्रशासकीय अधिकृत श्री भद्र बहादुर बस्नेत का साथै वडा अध्यक्षहरुको इको हिमाल नेपालका प्रतिनिधि, कर्मचारी, लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेकोथियो । यसका साथै दुगुना खानेपानी आयोजनाको पनि आइतबारै एक कार्यक्रमको बिच समुद्घाटन सुसम्पन्न भएको छ । यसै गरि भोटेकोशी गाउँपालिका अध्यक्ष श्री पासाङ नुर्पु शेर्पा उपाध्यक्ष श्री दिछेन शेर्पा द्वारा भोटेकोशी गाउँपालिका वडा नं १ धनपाल स्थित जोखिम ८ घर परिवारलाई ८ थान बण्डल जस्ता विपद् व्यवस्थापन अन्तर्गत उपलब्ध गराउनु भएको छ ।
