‘पत्रकाआचारसंहिता कक्षा बढाउन काउन्सिललाई सुझाव
पत्रकारिता पेसाको मर्यादा बढाउन प्रेस काउन्सिलले आचारसंहिता कक्षा बढाउनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । नयाँ अनलाइनका सञ्चालक÷सम्पादकहरूलाई राखिएका अभिमुखीकरण कक्षामा बोल्दै वरिष्ठ पत्रकार एवं बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधानले काउन्सिलले अहिले देखाएका सक्रियताका स्वागत गर्दै यसलाई गति दिनुपर्ने बताउनुभयो ।
‘पत्रकार आफ्नै कारणले पत्रकारिता पेसाप्रति इज्जत र सम्मान घटाएको छ । त्यसैले यसलाई रोक्न र स्वस्थ पत्रकारिता गर्न पत्रकार स्वयम् सचेत हुनुपर्छ,’ प्रेस काउन्सिलद्वारा शुक्रबार आयोजित अभिमुखीकरणमा विज्ञकारूपमा सहभागी प्रधानले भन्नुभयो ।
उहाँले आचारसंहिताको पूर्ण पालनाबाट नै मिडियाप्रति हेर्ने दृष्टिकोण राम्रो हुने बताउनुभयो । ‘त्यसका लागि काउन्सिलजस्तो नियामक निकायले आचारसंहितासहित पत्रकारिताका विविध विषयमा व्यापक कक्षा लिनुपर्छ । अनुगमन लाई तीव्र...
