सम्पर्क

सिन्ध१ काँग्रेसकै हुने बस्नेतको दाबी

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधीसभा क्षेत्र नं १मा कुनैपनी हालतमा माओबादीलाइ नदीने नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले माउनटेन टेलीभिजन सगँ कुरा गर्दै यस्तो बताउँनु भएको हो । उँहाले अहीले भइरहेको गठबन्धनको छलफल गर्दा यस अघी जुन क्षेत्रमा जसले बढी मत ल्याएको छ स्थानीय निर्वाचनका आधारमा आएको मतका आधारमा सिट बिभाजन गरेर मिलाए सबैलाइ मान्य हुने भन्नु भयो । सब भन्दा बढी भोट आउँने ठाँउमा आफै चुनावमा उठ्ने हो । जँहा माओबादीको भोट बढी छ त्यहा माओबादीको उमेद्धार उठाउँने जँहा काँग्रेस को धेरै मत छ त्यँहा काँग्रेस को उमेद्धार उठाउँनु पर्छ जँहा समाजबादीको मत छ त्यहा समाज बादीले निर्वाचन मा उमेद्धार उठाउँने हो । जँहा सबै दलको कमजोरी रहेको छ त्यँहा गठबन्धन गर्ने हो भन्दै जिल्लाको हकमा १ नं क्षेत्रमा पहीलो काँग्रेस दोश्रो एमाले र तेश्रो माओबादी छ अनी कसरी मओबादीलाइ उमेद्धार बनाउँने भनी प्रती प्रश्न गर्नु भयो । उँहाले सभामुख बाट बिकासमा चासो नदेखाएको बताउँदै संसद बिकास कोषको बजेट बाहेक अरु काम गर्न सक्नु भएन त्यस कारण पनी उँहाको सम्भवना कम रहेको छ भन्नु भयो । बस्नेतले ५४ वटा वडा मध्य ३२वटा वडामा काँग्रेसले जितेको छ भन्नु हुँदै काँग्रेसले नै चुनाव लड्न पाउँनु पर्ने बताउँनु भयो । उँहाले कोरनाको महामारीका बेलामा हरेक नागरिकको घरमा सिटामोल,हरेक नागरिकलाइ अक्शीजन जँहा समस्या त्यहा काग्रेस भन्दै आफु हरेक दुखीका साथमा आफु रहेकोले आफ्नो उमेद्धार हुने बताउँनु भयो । उँहाले वडा इकाइ,प्रदेस,क्षेत्र,जिल्ला सबै एक ढिक्का भएर मोहन बस्नेत चाहीन्छ भनेर माग गरिरहेको छ । कुनै पनी हालतमा सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नं १मा काँग्रेस चुनाव लड्छ त्यसैले ढुक्क रहन सबैलाइ अनुरोध गर्नु भयो ।