सम्पर्क

समाचार

अविरल वर्षाले राप्ती नदीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

समाचार
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह छ दशमलव ३२ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ । जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार साँझ एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकरले उक्त सूचना जारी गर्दै...

सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरुद्ध

ब्रेकिङ न्युज २, समाचार
सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैँको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन् । त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ । मङ्गलबार रातिदेखि अविरल परेको वर्षाका कारण बडादसैँमा आफ्ना मान्यजनबाट टीका लगाउन जानेलाई सास्ती भएको छ । जिल्लाका ग्रामीण भेगमा सवारी साधन चल्न नसक्दा यसपालिको दसैँ कष्टकर बनेको छ ।रासस...

नारायणीमा पानीको बहाव यस वर्षकै उच्च

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ । यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ । सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ । नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । ना...

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
गलेश्वर, १९ असोज (रासस) : बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाउनुभएको छ । रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ । उहाँलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ । हजुरबा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको विदा लिई घरमा आउनुभएकी नातिनी विष्णु पुन मगर चौबिसै घण्टा बाजेको स्याहारमा तल्लिन हुुनुहुन्छ । एक...

केन्द्रीय निर्देशन समितिको अध्यक्षमा डा लोहनी

जिबनशैली, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गर्नुभएको उक्त समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह उपलब्ध गराउने समितिले सङ्गठन विस्तार एवं सुदृढीकरणका लागि नीति निर्माण गर्ने सो समितिले पार्टीलाई सरकारमा पठाउने वा नपठाउने, राजनीतिक नियुक्तिको सिफारिस गर्नेलगायतका अधिकार राख्ने जिम्मेवारी प्राप्त गरेको छ । उक्त समितिका सदस्यमा पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वकेन्द्रीय अध्यक्षहरु, केन्द्रीय पदाधिकारी, वरिष्ठ नेता, पूर्वकेन्द्रीय पदाधिकारीमध्येबाट ११ जना छनोट गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको अध्ययन गर्नुभएका...

अस्पताल तोडफोडमा संलग्न १० जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आइसियु कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले राससलाई जानकारी दिनुभयो । ‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड हुनु निन्दनीय छ, तोडफोडबाट लाखौँको क्षति भएको छ, चिकित्सक तथा नर्सहरूमाथि समेत हातपात भएको छ”, देवकोटाले भन्नुभयो, “संवेदनशील क्षेत्रमा यस्तो हर्कत हुनुमा सरकार गम्भीर हुनुपर्छ ।” उहाँले अस्पतालले भर्खरको युवालाई बचाउन भनेर हरतवरले प्रयास गरेको बताउनुभयो । अहिले अस्पतालमा ब...

मासु घाँटीमा अड्किएर एकको मृत्यु

#, जिबनशैली, समाचार, स्वास्थ्य
मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।रासस...

धुलिखेलको ‘दिगो विकास’ प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, समाचार
धुलिखेल नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका पूरा भएका चार लक्ष्यको प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस गरेको छ । नगरले दिगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन गत अप्रिलमा सार्वजनिक गरेको थियो । नगरप्रमुख अशोक ब्याञ्जूले सङ्घको दिगो सहरी विकास विभागका प्रमुख कर्ट गारीगानलाई दिगो विकास लक्ष्य अन्तर्गत सन् २०२२ को प्रतिवेदन सोमबार थाइल्याण्डस्थित कार्यालयमा हस्तान्तरण गर्नुभएको हो । “दिगो विकास लक्ष्यअन्तर्गत सन् २०२२ को प्रतिवेदन सङ्घलाई बुझाए, यसलाई गौरवको विषय मान्नुपर्छ”, ब्याञ्जूले भन्नुभयो । उहाँले जुलाई पहिलो साता सङ्घको न्यूयोर्कस्थित कार्यालयमा १६३ देशका प्रतिनिधि सहभागी दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा सम्बोधन गर्दै धुलिखेलले दिगो विकास लक्ष्यमध्ये हासिल गरेका चार लक्ष्यका बारेमा जानकारी गराउ...

एक्कासी बिग्रयो मौषम सतर्क रहन प्रशासनको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बिगत केही दिन अगाडी देखी सफा रहेको मौसम एक्कासि बिग्रीइको छ । बिजय दशमी को बेला भएको यो मौसमका कारण धेरैलाइ समस्यामा पारेको छ । बिजया दशमीको फुलपातीको दिन र अष्टमीको दिनमा मोैसम सफा रहे पनी महानवमीका दिन देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । महानवमीको दिनमा भएको वर्षाको कारणले गर्दा दसैँमा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरहेको जनाएको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।मौसमविद् सजिना शाक्यका अनुसार आज मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको व...

ऐतिहासिक सिन्धुलीगढीको २५५ औं विजय दिवसमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक

ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
  सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ । समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले प्रकाशन गरेको चित्रकथा कमन्ताहरु लीलानाथ घिमिरे, हरिकृष्ण श्रेष्ठ, भुवन थापालगायतले सिन्धुलीगढीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गर्नु भएको हो । सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ को असोज १५ गते वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष असोज १५ गते विजयोत्सव मनाइन...