मंसिर ३ — मंसिर ४ गते आइताबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी पुरा भएकोे मुख्य निर्वाचन अधिकृतको कार्यलयसिन्धुपाल्चोकले जानकारी दिएको छ । 
शनीबार भएको पत्रकार भेटघाट कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विदुर कोइरालाले उक्त जानकारी दिनु भएको हो। उहाँले हरेक मतदान केन्द्रमा मतदानको लागी तैयारी भइ सकेको सर्वदलिय बैठक बसेर निर्वाचनसंग सम्वन्धित तयारीका कामहरु परा गरीसकेका बताउँदै आइतबार बिहान ठिक ७ बजे मतदान प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।
मतगणनाका लागि गणनास्थल समेत तयार भएको छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको सो अबसरमा कोइरालाले जानकारी दिनु भयो । कार्यक्रममा तेम्बाथानमा रहेको मतदान स्थलसम्म सडक यातयातको पहुच नभएकाले त्यहाँ खटिने कर्मचारीहरु करिव ८ घण्टा पैदल हिडेर पुगेका छ। त्यहाँबाट मत पेटिका ढुवानी हुन भने समय लाग्ने क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत रुद्ध प्रसाद सुवेदीले बताउनुभयो.आइतबार मतदान सके पछी बेलुका नै मतपेटिका ढुवानी हुने र सोमबार सर्वदलिय बैठक बसेर गणना सुरु गर्ने यसी गणना शुरु हुँदा प्रतिनीधीसभाको मत परिणाम घोषणा भए पछी प्रदेसको मतगणना हुने समेत कोईरालाले बताउनुभयो ।सिन्धुपाल्चोक जिल्लामा एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदानकेन्द्र रहेका छन । यस बाहेक एक अस्थाइ मतदानस्थल तोकिएको छ । चौतारा कारागारका ५५ जना कैदीबन्दी र चौतारास्थित वृद्धश्रामका ३ जना वृद्धवद्धाहरु , प्रहरी , सरकारी कर्मचारीले मतदान गर्न पाउने गरि कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको छ । जिल्लामा ९ सय ३ अस्थायी मतदाता कायम भएका छन । अस्थायी बाहेक सिन्धुपाल्चोकमा जम्मा मतदाताको संख्या २ लाख ६० हजार २ सय ७३ रहेको छ । निर्वाचन सपन्न गर्न सिन्धुपाल्चोकमा ७ हजार २ सय ५० जनशक्ति खटिएको छ । सिन्धुपाल्चोकको क्षेत्र नं १ मा १ हजार तीन सय ११ र क्षेत्र नं २ मा १ हजार दुई सय ४८ साथै अस्थाई केन्द्रमा ३ गरेर जम्मा २५ सय ६२ जना कर्मचारीहरु चुनावका लागि खटिएको छ। मतादन स्थलका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा म्यादी प्रहरी ,नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेनालाई राखिएको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले जानकारी दिनु भयो ।
उँहाका अनुसार निर्वाचनका लागि सुरक्षा निकायका ३ हजार ३ सय ८० सुरक्षाकर्मी परिचालन गरिएकोे छ। नेपाल प्रहरीबाट ९ सय २, नेपाली सेनाबाट करिब साढे ४ सय र सशस्त्र प्रहरी बलबाट ४ सय , म्यादि प्रहरी १ हजार ५ सय ५ सुरक्षाकर्मी परिचालन भएका छन । मोबाइल सुरक्षा टोलीहरू पनि परिचालन भइरहेको बताउदै खनालले हालसम्म जिल्लाका सबै मतदानस्थलको सुरक्षा अवस्था राम्रो रहेको उल्लेख गर्नुभयो।
