सम्पर्क

समाचार

रास्वपा सभापति लामिछानेका सवारी चालक थापाको निधन

समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गत वैशाख ४ गते चितवनस्थित घरको छतबाट खसेर घाइते भई टाउकोमा गहिरो चोट लागेको थियो । थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएपछि थप उपचारको लागि हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।...

सार्वजनिक पदधारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालय पढाउनुपर्ने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्र्नेे निर्णय गरेको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थी घटिरहेको बेला विद्यालयहरुलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तरलाई माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो । सामुदायिक विद्यालयको स्तरलाई सुधार गर्न जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सार्वजनिक पदधारण गरेका व्यक्तिको भूमिका महत्वपूर्ण हुने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो । जनप्रतिनिधि, शिक्षक कर्मचारीहरुले आफ्ना सन्तानहरुलाई निजी विद्यालयमा पढाइरहेको सर्वत्र आलोचना भएपछि गाउँपालिकाले निर्णय गराएर नै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सन्तान सामुदायिक विद्यालयमा नै पढाउनु प...

परम्परागत खेलहरू विर्सदै बालबालिका

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
मेलम्ची नगरपालिका– ९ ज्यामिरेका गोपाल भुजेल सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले सुनाउनुहुन्छ । ‘पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गर्छु, सानो हुँदा साथीभाइसँग निकै रमाइलो गरेर पुस्तौँदेखि चल्दै आएका पुराना खेल खेल्थ्यौँ, त्यसमै रमाउथ्यौँ,’ उहाँले भन्नुभयो । उहाँकाअनुसार कबड्डी, गोला आकारका ढुङ्गालाई एकमाथि अर्को राख्दै मोजाको गोलो बलले हिर्काएर खेलिने टिपु, रुमाल लुकाउने, लुकामारी, चोर पुलिस, ठिणी (डण्डीबियो), गाई बाँध्ने, डोरी नाघ्ने, चुङ्गीलगायतका खेल त्यस बेला प्रचनमा थिए । गाई–गोरु चराउन जाँदा केटीहरूले रवरको गुच्छा बनाइ खेल्ने चुङ्गी, स–साना ढुङ्गालाई गोटीका रूपमा खेलिने गोट्टा, भिरालो क्षेत्रबाट काठको फल्याकमा चढेर टाढा प...

सिलाई कटाई तालिम उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका–९ कदमबासमा दुई महिने सिलाई कटाई सिप विकास तालिम उद्घाटन भएको छ । तालिमको नगरपालिका उपप्रमुख सिता थापाले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा उपप्रमुख थापाले तालिममा सिकेको सीपलाई व्यवहार उतार्नुपर्ने बताउनुभयो । सिपलाई सिर्जनामा बदली आर्थीक स्तर उकास्न सुझाब दिदै उहाँले तामिलको शुभकामना समेत दिनुभएको थियो । साथै ‘तालिबाट लिएको ज्ञानको सदुपयोग गर्दै व्यासायी बन्नु पर्नेमा जोड दिएका छन् ।...

टोप्काभीरमा ‘फ्ल्याग स्टोन’ बाटो

ब्रेकिङ न्युज २, समाचार
बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् । बागमती प्रदेश सरकारको २५ लाख आर्थिक सहयोग र २० प्रतिशत स्थानीय जनश्रमदानमा साढे चार किलोमिटर गोरेटो बाटो निर्माण भएको छ । नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, काँगे्रसका तर्फबाट बलेफी गाउँपालिकाका अध्यक्षका प्रत्यासी सुवास तिमल्सिनाको बिशेष पहलमा प्रदेश सरकारबाट बजेट प्राप्त भएको थियो । टोप्का भीर रेलिङ निर्माण उपभोक्ता समितिद्वारा निर्मित सो बाटोमा प्रदेश सरकार अन्तर्गत (बलेफी गाउँपालिकाबाट) २४ लाख २५ हजार, जनश्रमदानबाट ४ लाख ९२ हजार ६२१ रुपियाँ ८० पैसागरी कूल २९ लाख १७ हजार ६२१ रुपियाँ ८० पैसा लागत रहेको छ । २०७९ पुस १३ बाट बाटो निर्माण शुरु भई २०८० बैशाख ३० गते सम्पन्न हुने अबधि रहेक...

चीनतर्फका उत्तरी नाका खुल्यो

ब्रेकिङ न्युज १, समाचार
लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुलेका हुन् । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका सोमबारदेखि खुला भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला रहेका छन् । मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने मन्त्रालयले जनाएको छ । चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेर...

मखमल र परालको जुत्ता बुन्ने तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मेलम्चीमा मखमल र परालको जुत्ता बुन्ने तालिम मेलम्चीमा सोमबार सम्पन्न भएको छ । सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ सुरु भएको तालिम मेलम्ची नगरपालिकाको आयोजनामा सुरुभएको एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिमको समापन गर्नुहुँदै नगर प्रमुख तामाङले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै बजारको ब्यबस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले सिकेका कुराहरुलाई निरन्तरता दिदैं आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बन...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई काठमाडौंको बौद्धबाट प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका.वडा नं.१ बस्ने वर्ष ४९ को गोकुल प्रसाद चौलागाईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामकुमार यादवले बताउनुभयो । उहाँलाई २०७६ माघ २६ गतेको फैसलाले वैकिङ कसूर मुद्दामा बाह्र दिन कैद र पन्ध्र लाख जरिवाना सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि आईतबार नै सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरि कैद जरिवाना सजाँय असुल उपरका लागि जिल्ला कारागार कार्यालय चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।...

महाबिर पुनको अनशन राजनितीक समर्थन ऐक्यबद्धता

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्वदेसी उत्पादनलाइ मान्यता दिन लगाएत बिभिाँ मागहरु राखी माइतीघरमा अनशन बस्नु भएका महाबिर पुनको आन्दोलनलाइ बिभिन्न राजनिती दलका नेताहरु, समाजीक सघ सस्थाहरुले ऐक्यबद्धता जनाएका छन । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको राप्रपाको नेतृ बागमती प्रदेस सभा सदस्य माननीय कुमारी तामागंले जानकारी दिनु भयो । उँहाका अनुसार धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको समुह...

माननीय खड्का र मेयर बस्नेतद्धारा क्यान्सर र मृर्गौला पिडीतलाइ सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बागमती प्रदेश सभा संसद माननीय मसिना खड्का भण्डारी ले क्यान्सर पिडित पुनु तामाङलाई रु ५१०००।  सहयोग गर्नु भएको छ।सिन्धुपाल्चोक जिल्ला क्षेत्र न . १ लिसंखुपाखार गाउँपालिक वडा न. ५ निवासि ४२ बर्षिया क्यान्सर पिडित पुनु तामाङलाई माननीय खड्काले नेपाल सरकारबाट प्राप्त गर्नू भएको १ महिना महिनाको तलब भत्ता रु ५१०००÷– ( अक्षेरुपी रु एकाउन्न हजार ) रुपैया क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्दै विरामीको स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यसै बिच बाह्रबिसे न पा वडा नं ४ पलायो निवास मसलि पाठकको छोरा उत्तम पाठक को दुबै मृगौला फेल भएकोमा पाठक को मृगौला प्रत्यारोपणको लागि बाह्रबिसे न पा द्वारा रु एक लाख को चेक हस्तान्तरण गरिएको छ। नगर प्रमुख बालकृष्ण बस्नेत ले वडा नं –४ को वडा अध्यक्ष शेखर भन्डारीले पाठकलाइ उक्त चेक हस्तानन्तरण गर्नु भएको हो ।...