राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गत वैशाख ४ गते चितवनस्थित घरको छतबाट खसेर घाइते भई टाउकोमा गहिरो चोट लागेको थियो । थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएपछि थप उपचारको लागि हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।
