सम्पर्क

समाचार

ट्राफिक व्यवस्थापनका लागि कार्यदल बन्दै

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाण्डौं । काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको समस्याहरु समाधानका लागि संयुक्त कार्यदल बनाएर समस्याको समाधान गरिने काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पोषराज पोखरेलले बताउँनु भएकोछ ।सोमबार काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरहरुबीच भएको छलफलपछि समस्याहरु समाधानका लागि लागि कार्यदल बनाउने प्रस्ताव डिआइजी पोखरेलले गर्नु भएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत माघ २ र फागुन ३ गते भएको सहमतिहरुको पूर्ण कार्यान्वयनमा ट्राफिक प्रहरी उदासिन देखिएको त्यसपछि समस्याहरु झन थपिएको विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल मिटर ट्याक्सी व्यवसायी संघको प्रतिनिधिहरुले चार महि...

बुझायो सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघले ज्ञापन पत्र

ब्रेकिङ न्युज १, समाचार
सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ नेपालले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । महासंघले बिभिन्न पाँचबुंधे माग सहितकोे सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृत गणेश पुरी समक्ष ज्ञापन पत्र बुझाएको हो । महासंघकी सचिव मञ्जु नेपालको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको छ । महासंघका केन्द्रीय उपाध्यक्ष सोम सापकोटा, बागमती प्रदेश उपाध्यक्ष गेल्मु शेर्पा बुढाथोकी, जिल्लाका संस्थापक अध्यक्ष कृष्ण थापा लगाएतको टोलीले ज्ञापन पत्र बुझाएको हो । समुदायको अगुवाईमा संचालन हुँने विद्यालय सामुदायिक भएकोले संघीय ऐनमा सामुदायिक विदालय लेखिनु पर्ने, विद्यालय व्यबस्थापन समितिको नेतृत्वमा अभिभावक हुनु पर्ने, अभिभावक भेलावाट व्यबस्थापन समितिको चयन गरिनु पर्ने, विद्यालय व्यबस्थापन समितिको कार्यकाल पाँच वर्ष...

वर्षा अझै केही दिन ः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

ब्रेकिङ न्युज २, समाचार
 अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली नदीको जलसतह खतरा आसपास रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती तथा यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेका छन् । आज पाँचथर, इलाम, झापा, सङ्खुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही ससाना नदीको बहाव सामान्य रहने महाशाखाले पूर्वानुमान गरेको छ । अझै केही दिन वर्षा हुने      जल तथा मौसम विज्ञान...

सुनकोशीमा बिपत ब्यबस्थापन समितिको बैठक सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाको बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । आईतबार सुनकोसी गाउँपालिकाको कार्यालयमा बसेको बैठकमा गाउँपालिका अध्यक्ष टन्पिन्द्र प्रसाद तिमल्सिनाको अध्यक्षतामा उपाध्यक्ष कान्छि लामा तथा गाउँपालिकाका कर्मचारी, वडा अध्यक्षहरू राजनिति दलका प्रतिनिधि सुरक्षकर्मी संचारकर्मीहरू लगाएतको उपस्थिति रहेको थियो । विशेषगरि हाल देशैभर चौपायमा महामारीको रुप लिएको लम्पिस्किन रोगमा र हाल मनसुनको कारण हुनसक्ने बाढीपहिरोको बिषय केन्द्रित रहेर छलफल गरिएको हो । लम्पीस्किन रोगबाट साउन २८ गतेसम्म सुनकोसी गाउपालिकामा ७५४ वटा चौपाय (गाइ,गोरु तथा बाछाबाछी)मा संक्रमण भएको र २९ गाई गोरु बाछाबाछीको उक्त रोग संक्रमणबाट मृत्यु भएको पशु शाखाका प्रमुख रामचन्द्र जिसिले जानकारी लिनुभयो । ४५ संक्रमित उपचार भैसकेको बाँकि सबै संक्रमित उपचारको क्रममा रेहेको ७ वटा वडा म...

शिक्षकहरुको माग पुरा गराउँन धर्ना

ब्रेकिङ न्युज २, समाचार
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको कार्यक्रम अनुसार देशैभरिका पालिकाका कार्यालयमा शिक्षकहरुले धर्ना बसी पालिका मार्फत सरकारालाई आफ्नो माग पत्र बुझाएका छन । जस अनुसार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा लगायतका सबै पालिकाहरुमा नेपाल शिक्षक महासंघको नेतृत्वमा धर्ना कार्यक्रमगरी पालिकाहरुमा पत्र बुझाएका छन । चौतारामा ज्ञापन पत्र बुझाउँदै नगर नेपाल शिक्षक महासंघनगरका अध्यक्ष राजु पराजुलीले शिक्षकहरुले रहरले नभई बाध्यता अनुसार यसरी कार्यक्रम गर्न परेको बताउँदै आगामी ३० गते शिक्षा बिकास सम्मन्वय इकाइमा धर्ना सहितको माग पत्र बुझाउँने कार्यक्रम रहेको जानकारी दिनुभयो । पत्र बुझ्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले तत्काल पत्र माथिल्लो निकायमा पठाउँने बताउँनु भयो । नगर समितिको आयोजनामो आईतबार बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म प्रस्तावित शिक्षा ...

भोटेकोशीका विद्यार्थीले छात्रवृत्ति सहित रसियामा पढ्न पाउँने

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा र रसियाका राजदुत महामहिम आलेक्सी या नोभिकोव (Mr. lAekseif\ A. Novikov ) बिच भेटवार्ता भएको छ । यहि श्रावण २८ आइतबार भोटेकोशी गाउँपालिका कार्यालयमा नेपालका लागि रसियाका राजदुत महामहिमसँग भएको भेटमा राजदुतले भोटेकोशी गाउँपालिकाका विद्यार्थिहरुलाई उच्च शिक्षा हासिलको लागि छात्रवृत्ति प्रदान गरि अध्ययनको लागि रसिया पठाउने व्यवस्था मिलाउँने प्रतिबद्धता जनाएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । दुई पक्षबिच भेटवार्ता तथा समसामयिक छलफलका क्रममा रसियाको राजदूतावासले गाउँपालिकाले गरेको हरेक विकास निर्माणका क्षेत्रहरुमा सहयोग गर्ने, लगायतका विषयमा राजदुतले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । राजदुतलाई अध्यक्ष शेर्पा लगायत गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर बस्नेत तथा पालिकाका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । &nb...

स्थानीय उत्पादनलाई प्रोत्साहन दिएका छौ ः नगर प्रमुख बस्नेत

अन्तर्वाता, कृषि, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  बाह्रबिसे नगरपालिकामा निर्बाचित हुनुभएको नगर प्रमुख बालकृष्ण बस्नेतको नगर कार्यपालिकाको १ बर्षको कार्यकाल समाप्त भई दोस्रो बर्ष प्रबेश भएको छ । बस्नेत नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति समेत हुनुहुन्छ । २०४८ सालदेखि राजनीतिमा सक्रिय बस्नेत नगरपालिकाको प्रमुखमा निर्बाचित भएपछी नगरबासीहरुले बिकासको अभाब नहुने महशुस गरेका छन । पहिलो बर्षमा नै नगरपालिकाकले गरेका कार्यहरुबाट नागरिकहरु सन्तुष्टि देखिन्छन । मुख्य काम भनेको नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगार नै हो । यो कार्यमा एक कदम अगाडी बढेको बाह्र्बिसे नगरपालिकाको बिषयमा नगर प्रमुख बालकृष्ण बस्नेतसँग गरिएको छोटो कुराकानी ः १. यहाँले गत बर्षमा गर्नुभएको कामहरु मध्य कुन कुन प्रभावकारी छ ? हामिले नगरबासीको स्वास्थ्य, शिक्षा, र स्थानिय आवश्यकता अनुसार आवश्यक आयआर्जनको लागि गरिने कार्यमा प्रोत्साहन लगायतका कामहरु ...

जिल्ला प्रशासन कार्यलयद्धारा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
निरन्तर बर्षादको कारण देशैभरीको जनजिवन कष्टकर बन्दै गएको छ । बर्षादका कारण पहाडी जिल्लाका विभिन्न ठाउँहरुमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक बुलेटिन प्रकाशित गर्दै इन्द्रावती, भोटेकाशी, सुनकोशी, ब्रमायणी लगाएत ठुला तथा साना नदीहरुमा पानीको बहाव बढेको र बिभिन्न स्थानमा सामान्य पहीरो गएको र तत्काल अबस्थाहेरर पहीरो पन्छाएर सडक सञ्चालनमा ल्याएको जानकारी दिदै अझै पानीको बवाह बढ्ने तथा पहिरो जना सक्ने भएकाले सतर्कता अपनाउँन भनिएको छ । जिल्ला प्रशासन कार्यालय जिल्ला बिपद ब्यवस्थापन समितीद्धारा जारी बुलेटिनमा अहिलेसम्म कुनै पनी अप्रिय घटना नघटेको र त्यस्ता अप्रिय घटना घट्न सक्ने भएकाले सुरक्षाकर्मी त्यस्ता स्थानहरुमा निगरानी गरिरहेको समेत जानकारी गराइएको छ ।...

फोनिजको २४औं स्थापना दिवस चौतारामा मनाईयो

समाचार
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४औं फोनिज स्थापना सिन्धुपाल्चोक जिल्लाको चौतारामा पनि मनाईएको छ । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश (नेवा–ताम्सालिङ) समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९ औं विश्व आदिबासी दिवस तथा फोनिजको २४ औं स्थापना दिवसको अवसरमा नेपालको आदिबासी जनजाति आन्दोलन र फोनिजको भुमिका विषय अन्तक्रिया कार्यक्रम गरी भव्यताका साथ मनाइएको हो । सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रमको अध्यक्षता फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले गनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले नेपालमा भएका सामाजिक, राजनीतिक परिवर्तनको उतारचढाबमा आदिवासी जनजातिहरुले अतुलनिय योगदान रहेको औंल्याउनुभएको थियो । उहाँले जनजातिहरुले सदियौं...

सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा सामुदायिक वन राष्ट्रिय दिवस भव्यताका साथ मनाईयो

ब्रेकिङ न्युज १, समाचार
सामुदायिक वनको उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पामा विभिन्न कार्यक्रम गरी सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको छ । सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा प्रचिन कालमा सिताको पाइला रहेको स्थान रतुवापाटी सामुदायिक वनमा बृक्षरोपण गरेर बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्काले सामुदायिक वन राष्ट्रिय दिवसको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाको विशेष आतिथ्यतामा शुक्रबार उक्त कार्यक्रम भएको थियो । वृक्षरोपणपछी बाघभैरब माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रिय दिवसको अवसरमा विभिन्न ब्यक्तीहरुलाई सम्मान गर्दै सांस्कृतक कार्यक्रम समेत गरिएको थियो । पानसमा बत्ती बालेर मन्त्री खड्काले कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री भण्डारीले सामुदायिक वनको उद्गमस्थल ठोकर्पा क्षेत्रको सामुदायिक वन क्षेत्रको व...