सम्पर्क

समाचार

सिन्धुपाल्चोकका शिक्षकहरु आन्दोलित असोज ४ देखी विद्यालय ठप्प हुने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  संसद्मा दर्ता भएको शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबारदेखि सशक्त सडक आन्दोलन गर्ने घोषणा गरेको छ। विधेयकमा रहेका प्रावधानहरूमा असहमति जनाउँदै महासंघले विभिन्न २० वटा माग तेर्स्याएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो। गत शुक्रबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले असोज ३ गतेबाट देशभर विद्यालय बन्द गरेर सडक आन्दोलनमा जाने चेतावनी दिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार महासंघलाई वार्तामा आउनका लागि पत्र लेखेको थियो। तर महासंघले सरकारको वार्ता प्रस्ताव समेत अस्वीकार गरेको छ। मन्त्रालयसँग यसअघि पटक–पटक वार्ता बसेको र निकास ननिस्किएको भन्दै आन्दोनल जारी राख्ने चेतावनी महासंघले दिएको हो।सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभर...

स्वास्थ्यमन्त्री बस्नेतको पहलमा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले तोड्यो अनसन

ब्रेकिङ न्युज २, समाचार
 स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको विशेष पहलमा बिगत ३८ दिनदेखि माइतिघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले सोमबारदेखि अनसन तोडेका छन् । मन्त्री बस्नेतले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संसोधन हुने तयारीमा रहेको आवश्वास दिएपछि १४ सुत्रिय माग राखेर अनसन बसेका उनीहरु हाललाई आफ्नो सडक संघर्ष स्थगित गर्न राजी भएका हुन । अनसन तोडाउन स्वास्थ्य मन्त्री आफ्नो सचिवालयका स्वकिय सचिव रामेश्वर आर्चाय र रामचन्द्र दुलाललाई माइतीघर पठाउनुभएको थियो । मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनसनमा बसिरहेका संघर्ष समितिका सदस्यहरुलाई जुस पिलाएर अनसन स्थगित गरेका थिए । अनसन स्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

ब्रेकिङ न्युज २, समाचार
जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न १३ वर्षसम्म लागेको छ । भरतपुर–बर्दघाट प्रसारण लाइन त्यसैको एउटा उदाहरण हो । माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित बिजुली काठमाडौँ उपत्यकामा ल्याउनका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे काठमाडौँ प्रसारण लाइन निर्माणमा पनि त्यस्तै समस्या छ । प्रसारण लाइनको मार्गक्षेत्रमा पर्ने जग्गाको मुआब्जाका विषयमा सबैभन्दा बढी समस्या पर्ने गरेको छ । यस्तै प्रसारण लाइनको टावर रहने जग्गामा पनि उत्तिकै समस्या छ । जताततै समस्यामा मात्रै फसेको प्रसारण आयोजनाका लागि सरकारले अब दीर्घकालीन हिसाबले निर्णय गर्ने तयारी गरेको छ । उत्पादनलाई मात्रै जोड दिएर नहुने र प्रसारण लाइन निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता ...

बाह्रखरी डिश होम कथा प्रतियोगिता ः नयाँ पुस्तासँगै जोडिँदै नेपाली साहित्य

समाचार
काठमाडौं ।  पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले नेपाली साहित्यलाई नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । उहाँले डिश होम बाह्रखरी कथा प्रतियोगिता नयाँ पुस्ताका कथाकारका लागि सुनौलो अवसर भएको बताउनुभयो । डा. कक्षपतिले विश्व साहित्यले अनुवाद गर्ने तहका कथा अब युवा पुस्ताले लेख्नुपर्नेमा जोड दिनुभयो । “यो प्रतियोगितामा आउने कथाले समाज रूपान्तरण गर्न सकून् । कतिपय कुरा औपचारिक रूपमा भन्न सकिँदैन, त्यस्ता कुरा साहित्यमार्फत विम्ब र प्रतीकको प्रयोग गरेर भन्न सकिन्छ,” बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० घोषणासभामा उहाँले भन्नुभयो, “चाहेर पनि औपचारिक रूपमा कतिपय विषय भन्न सकिएको छैन । त्यस्ता विषय यो प्रतियोगितामा कथामार्फत आउँछन् भन्ने मेरो विश्वास छ ।” बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई नाटक, चलचित्र र टेल...

काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या प्रकरणका अभियुक्त सार्वजनिक

ब्रेकिङ न्युज १, समाचार
काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रवार राति ४ जनाको हत्या गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । आइतवार साँझ काठमाडौं प्रहरी परिसरले पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका भण्डारीले चारजनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । तीनकुनेमा रहेको दिव्य सःमिलमा शुक्रवार राति दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको थियो ।...

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना

ब्रेकिङ न्युज २, समाचार
म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो । अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार विग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ । यस्तै, म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरेको सुनारले जानकारी दिनुभयो । “संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो । हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानि...

नेत्रज्योतीकृषी सहकारीको११औ सभा नगर प्रमुखद्धारा आठलाख सहयोग प्रदान

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभा शनीबार डडुवामा सम्पन्न भएको छ ।        नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभाको उद्धघाटन गर्दै चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटालस्थानीय उत्पादनलाइ प्रोत्साहन दिएर स्थानीय स्तरमा रोजगारको श्रृजना गर्न सके स्थानीय पहीचानका साथै स्थानीयको आयआर्जनको मुख्य श्रोत हुने बताउँनु भएको छ । उँहालेसाधरण सभाको उद्धघाटन गर्दै सापकोटाले हरेक क्षेत्रमा उत्पादन भएका तरकारी फलफुल हरु भाउ नपाएर खेर गइरहेको अबस्थामा पनी सदुपयोग हुने गरी नगरपालिकाकाले उत्पादन भएका सामाग्री सङ्कलन गरी परिकार निर्माण गरि बितरण गर्नका लागी प्रशोधन केन्द्र समेत स्थपना गर्न लागिएको बताउँनु भयो । सो अबशरमा नगर प्रमुख सापकोटाले नगरमा रहेका बाँझो जग्गालाइ खेती योग्य बनाउँन सबै मिलेर लाग्नु पर्ने बताउँदै आबश्यकताका आधारमा बिकास बजेटको कार्यक्रम...

बाह्रबिसेमा भव्य तीज कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेको आयोजनामा हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारी तीज बिशेष साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आथित्यतामा शनिबार सम्पन्न भएको तीजमा हजारौ महिलाहरुले तीजको गीतमा नाचेर मनोरन्जन गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु जितु नेपाल, बबिता बानिया (जेरी), दिजराज पौडेल लगाएको प्रस्तुतिले पनि तीज मनाउन भेला भएका महिलाहरुले थप मनोरन्जन लिएका थिए । कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको पुर्व सन्ध्यामा आयोजना गरिएको तीज विशेष कार्यक्रममा तीजको शुभकामना व्यक्त गर्दै सस्कृतिको संरक्षण र विकासमा सबैको हातेमालो हुनु पर्ने बताउँनुभयो । मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्होलेको चार महिनाको छोटो ...

सुकुटेमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सुकुटेमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । सुकुटेका होटल व्यावसायी रामचन्द्र खड्काले जिल्लामा नै पहिलो पटक विद्युतिय सवारी साधानहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । सुकुटे पेट्रोल पम्प अगाढी रहेको सुकुटे रिभर भ्यु नेपाली भान्सा घर नजिकै विद्युती चार्जिङ स्टेशन राखिएको छ । केही महिनादेखि विद्युतीय भाडाका सवारी साधानहरु सञ्चालन बढेपछि खडकाले आफ्नै लगानीमा चार्जिङ स्टेशन स्थापना गर्नुभएको हो । एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकीएको विद्युत शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क लिने गरिएको खडकाले बताउनुभएको छ । जिल्लामा नै पहिलो पटक चार्जिङ स्टेशन सञ्चालनमा आएपछि सिन्धुपाल्चोक हुदै दोलखा सम्म जाने भाडा तथा निजी सवारी सञ्चालकहरु खुसी भएका छन् । तर विगत केही महिनादेखि प्राधिकरणले लापरवाही रुपमा पटक पटक विना सूचना विद्युती आपुर्...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका २७ वर्षीय समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का २७ वर्षीय नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिनुभयो । शनिबार दिउसो १ः२० बजेको समयमा अरनिको राजमार्गअन्तर्गत खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बाप्र–०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सूचना अधिकारी यादवले बताउनुभयो । ठक्कर दिने ट्यांकर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जन...