सम्पर्क

काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या प्रकरणका अभियुक्त सार्वजनिक

काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रवार राति ४ जनाको हत्या गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ ।
आइतवार साँझ काठमाडौं प्रहरी परिसरले पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।
सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका भण्डारीले चारजनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
तीनकुनेमा रहेको दिव्य सःमिलमा शुक्रवार राति दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको थियो ।