सम्पर्क

सुकुटेमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

सिन्धुपाल्चोकको सुकुटेमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा
ल्याइएको छ । सुकुटेका होटल व्यावसायी रामचन्द्र खड्काले जिल्लामा नै पहिलो पटक विद्युतिय सवारी साधानहरुका लागि विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । सुकुटे पेट्रोल पम्प अगाढी रहेको सुकुटे रिभर भ्यु नेपाली भान्सा घर नजिकै विद्युती चार्जिङ स्टेशन राखिएको छ । केही महिनादेखि विद्युतीय भाडाका सवारी साधानहरु सञ्चालन बढेपछि खडकाले आफ्नै लगानीमा चार्जिङ स्टेशन स्थापना गर्नुभएको हो । एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकीएको विद्युत शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क लिने गरिएको खडकाले बताउनुभएको छ । जिल्लामा नै पहिलो पटक चार्जिङ स्टेशन सञ्चालनमा आएपछि सिन्धुपाल्चोक हुदै दोलखा सम्म जाने भाडा तथा निजी सवारी सञ्चालकहरु खुसी भएका छन् । तर विगत केही महिनादेखि प्राधिकरणले लापरवाही रुपमा पटक पटक विना सूचना विद्युती आपुर्ती बन्द गर्दा भने समस्या भएको खडकाले बताउनुभयो ।