सम्पर्क

समाचार

जाजरकोट भूकम्पबारे राससमा उच्चस्तरीय संयन्त्र गठन

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय समाचार समितिले जाजरकोट भूकम्पसँग सम्बन्धित सूचना यथाशक्य छिटो सम्प्रेषण गरी उद्धार र राहतको काममा सघाउ पुर्याउने उद्देश्यले समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गरेको छ । सो संयन्त्रमा प्रमुख समाचारदाता उत्तम सिल्वाल र प्रधानसम्पादक एकराज पाठक हुनुहन्छ । जाजरकोट भूकम्पबारे कुनै पनि व्यक्ति तथा सङ्घसंस्थाले सत्यतथ्य एवं आधिकारिक सूचना सो संयन्त्रलाई उपलब्ध गराउन सक्ने र ती सूचना राससमार्फत पुष्टि गरी यथाशक्य छिटो समाचारका रूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको छ । भूकम्पले पुर्याएको जनधनको क्षति, उद्धार कार्य, राहत सहयोग तथा पुनःस्थापना, स्वास्थ्योपचार, शान्ति सुव्यवस्थालगायत समग्र व्यवस्थापकीय विषयसँग सम्बन्धित यथार्थ जानकारी चुस्तदुरुस्त एवं छिटो–छरितो ढङ्गबाट सम्प्रेषण गरी आमनागरिकलाई सुसूचित गराउन संयन्...

जसपाको काठमाडौं जिल्ला समितिको अध्यक्षमा अजित

राजनिती, समाचार
काठमाडौं जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार काठमाण्डौ ढल्कोस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाले अजित पुतुवारको अध्यक्षतामा २८ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा श्रीजनमान श्रेष्ठ, महेश अधिकारी, सचिव विमल पौडेल, सहसचिव विनु श्रेष्ठ, रोजी अवाले रहेका छन् । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पुनर्गठन कार्यक्रममा बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय नेताहरु लालबहादुर तामाङ, राधाकृष्ण महर्जन,सोनाम लामालगायतको उपस्थिति रहेको थियो ।...

सिन्धुपाल्चोकका ३ स्थानिय तहद्वारा भूकम्प पिडितलाई ३५ लाख सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, १८ कात्तिक ः सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बाह्र्बिसे नगर पालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो ।    भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भुकम्प पिडीतलाइ तत्काल राहत दिन र घाइतेलाए निशुल्क उपचार गर्न निर्देशन दिदै पिडीत क्षेत्रमा जानका लागी निशुल्क बस से...

कांग्रेसद्वारा भूकम्प प्रभावितलाई रु ५० लाख सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, १८ कात्तिक: नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् । कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघ–संस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ ।...

तिहारमा फूलको मूल्य बढ्ने

ब्रेकिङ न्युज २, समाचार
विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो ।  यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार सोही माला गत वर्ष उपभोक्ताले रू एक सयसम्म तिरेर प्रयोग गरेका थिए । त्यस्तै, मखमलीको मालाको मूल्य थोकमा रू ४५ र खुद्रामा रू ६० देखि रू ७० पर्ने तामाङले बताउनुभयो । उहाँका अनुसार मिक्स माला होलसेलमा रू तीन सय र खुद्रामा रू पाँच सयसम्म पर्ने देखिएको छ । गोदावरी फूलको माला भने रू एक हजारदेखि रू तीन हजारसम्म पर्ने एसोसिएसनले अनुमान गरेको छ ।  गत वर्ष नौ लाख माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाखमात्र माला ल्याउन...

जाजरकोटभुकम्प मन्त्री बस्नेतद्धारा, उपचारमा जुट्न आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
जाजर कोट भुकम्प घटना प्रती दुख ब्यक्त गर्दै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहने प्रतिबद्धताका साथ त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न निर्देशन गर्नु भएको छ । उँहाले गएराती ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पले जाजरकोट र रुकुमका विभिन्न ठाउँहरुमा धेरै ठूलो जनधनको क्षति भएको खबरले अत्यन्तै मर्माहत भएको छु । उक्त घटनाका मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछु । घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहनेछौं र त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न आह्वान गर्दछु । साथै, जाजरकोट, रुकुम लगायत आसपासका ठाउँहरुका पीडित पक्षहरुलाई उच...

जाजरकोट भूकम्पमा उपप्रमुख सिंहसहीत ९२को मृत्यु

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
जाजरकोट नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंह सहित जाजरकोट र रुकुम पश्चिममा ६.४ म्यागनिचुट को भुकम्पमा परी सयौको सख्यामा ज्यान गुमाएको समाचार प्राप्त भएको छ । घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा सिंहको बाटोमै निधन भएको समाचार प्राप्त भएको छ ।सिंह नलगाड नगरपालिका–८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उप प्रमुखमा निर्वाचित हुनु भएको थियो । पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले जिल्ला प्रशासन कार्यलय जाजरकोटका सुचना अधीकारी हरिश्चन्द्र शर्माका अनुसार अहिलेसम्म ९२जनाले ज्यान गुमाएको समाचार प्राप्त भएको छ ।   जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको हो ।सदरमुकाम खलंगामास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उँहा लगाएतको निधन भएको हो ।...

नेपाल बार एशोसियसनको ३३ औं बार्षिक साधरणसभा सम्पन्न

समाचार
नेपाल बार एशोसियसन सिन्धुपाल्चोक जिल्ला अदालत बार ईकाइको ३३औं बार्षिक साधरणसभा सम्पन्न सम्पन्न भएको छ । शुक्रबार बारको अध्यक्ष भुपेन्द्र बहादुर तामाङ थिङको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि जिल्ला न्यायधिस विदुर कोईराला, अतिथि श्रेस्तेदार शारदादेवी पौडेल, जिल्ला न्यायवक्ता विमला रेग्मी, चौतारा साँगाचोकगढी नगरपालिका कार्यभार वडाध्यक्ष राम बहादुर घले, बारका पूर्व अध्यक्षहरु, न्यायधिस, पत्रकारलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बारका कोषाध्यक्ष सुनिता तामाङले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बारका सचिव शसीनाथ आचार्यले गर्नुभएको थियो ।...

जाजरकोटमा गएरातिको भूकम्प ३४ जनाभन्दा बढीको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ३४ जनाभन्दा बढीको मृत्यु भएको छ । भुकम्पमा परी गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट अरु क्षतिको बारेमा विवरण संकलन भइरहेको छ । जाजरकोटमा गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । रातिको समय भएकाले यकिन विवरण संकलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जाजरकोटले जनाएको छ ।...

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक द्धारा अवैध मदिरा नष्ट

बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले अबैध मदीरा नष्ट गरेको छ । चाडबाडको समय पारी बिभिन्न प्रकारका अबैध मदीराहरु लुकाइ छिपाइ ओसार पसार गरिरहेको अबस्थामा नियन्त्रणमा लिइ शुक्रबार नष्ट गरिएको प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराइले जानकारी दिनु भयो । उँहाका अनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख बाल नरसिंह राणा सशस्त्र प्रहरी बल नेपाल नं. १६ हे.क्वा का प्रमुख, सहायक भन्सार प्रमुख भोटेकोशी गाउँ पालिकाका सहायक प्रशासकिय अधिकृत लगायतका स्थानिय बासिन्दाको रोहबरमा ईलाका प्रहरी कार्यालय कोदारी तथा अस्थायी प्रहरी पोष्ट तातोपानीले सवारी चेकजाँच तथा प्रहरी गस्ती गर्ने क्रममा विभिन्न मिति तथा समयमा नेपाल चिन सिमाना कोदारी नाका बाट लुकाइ छिपाइ ल्याएको अबैध मदिरा (मादक पदार्थ) ८५० पिस बोतल नष्ट गरिएको हो ।  ...