सम्पर्क

समाचार

कांग्रेसको १५औँ महाधिवेशनमा गुट–उपगुटभन्दा सक्षम नेतृत्व चयन गरौंः  तामाङ

कांग्रेसको १५औँ महाधिवेशनमा गुट–उपगुटभन्दा सक्षम नेतृत्व चयन गरौंः तामाङ

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ का क्षेत्रीय सभापति आइतमान तामाङले पार्टीको १५औँ महाधिवेशनलाई गुट–उपगुटभन्दा माथि उठेर सक्षम, जिम्मेवार र इमानदार नेतृत्व चयन गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा पार्टीलाई थप सशक्त, जिम्मेवार र गतिशील बनाउन वडा तहदेखि नै योग्य नेतृत्व चयन गर्नुपर्ने उहाँको भनाइ छ। मुलुक संकटपूर्ण अवस्थामा रहेका बेला लोकतान्त्रिक पार्टी गुट–उपगुटको जञ्जालमा फस्न नहुनेमा उहाँले जोड दिनुभएको छ। प्रेस विज्ञप्ति जारी गर्दै तामाङले पार्टीलाई वर्तमान अवस्थासम्म ल्याउन अग्रज तथा समकालीन नेता–कार्यकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको छ। विगतमा कमजोर अवस्थाबाट स्थानीय तह, प्रदेश तथा संघमा सम्मानजनक मत प्राप्त गर्ने अवस्थामा पार्टी पुग्नुमा कार्यकर्ताको मे...
बलेफी–४ का बाढीपीडित परिवारलाई आर्थिक सहयोग

बलेफी–४ का बाढीपीडित परिवारलाई आर्थिक सहयोग

ब्रेकिङ न्युज २, समाचार
बलेफी गाउँपालिका–४ का सभापतिको पहलमा रसुवा बाढीका कारण ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरिएको छ । पीडित परिवारको दुःखमा केही राहत पुगोस् भन्ने उद्देश्यले सभापतिको प्रतिनिधित्वमा साथीभाइ तथा विदेशमा रहेका सहयोगीहरूबाट रकम संकलन गरी पीडित परिवारलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो । संकलित रकमबाट पहिलो चरणमा बिहिबार चार परिवारलाई प्रति परिवार रु. १७ हजार का दरले आर्थिक सहयोग गरिएको जनाइएको छ । सहयोग प्राप्त गर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका –४ टारी निवासी स्व. मानबहादुर तामाङकी श्रीमती चिनिमाया तामाङ, टारी निवासी अविवाहित अवस्थामा निधन भएका स्व. रबिन तामाङका दाजु राजन तामाङ, यसैगरी कोले निवासी स्व. सिंहबहादुर तामाङकी श्रीमती रितिका तामाङ तथा गहते निवासी स्व.सन्तोष तामाङकी श्रीमती सरिना तामाङ रहेका छन् । प्रत्येक परिवारलाई रु. १७ हजारका दरले सहयोग रकम प्रदान गरिए...
कलेजो रोगबाट पीडित बिक्रम तामाङलाई ५४ हजार ५ सय रुपैयाँ सहयोग

कलेजो रोगबाट पीडित बिक्रम तामाङलाई ५४ हजार ५ सय रुपैयाँ सहयोग

समाचार
बलेफी गाउँपालिका–५ बिन्जेल निवासी कलेजो रोगबाट पीडित बिक्रम तामाङलाई उपचारका लागि रु. ५४ हजार ५ सय आर्थिक सहयोग गरिएको छ । बलेफी गाउँपालिका–४ का रास्वपा सभापति कृष्ण बहादुर गुरुङ (सुमन) को सहकार्यमा पोर्चुगलमा रहेका गनि गुरुङ, हाल एनआरएनए पोर्चुगलका उपाध्यक्ष तथा प्रवक्ताको पहलमा उक्त रकम संकलन गरिएको हो । संकलित रकम बिरामी बिक्रम तामाङलाई उहाँकै हातमा बलेफी गाउँपालिका–५ का रास्वपा सभापति रमेश पौडेललाई हस्तान्तरण गर्न लगाईएको थियो । रकम हस्तान्तरणका क्रममा ४ का सभापति कृष्ण बहादुर गुरुङ (सुमन)सहित स्थानीय भद्रभलाद्मी तथा गाउँका अगुवाहरूको उपस्थिति रहेको थियो । आर्थिक अवस्था कमजोर भएका बिरामी तामाङको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले विदेशमा रहेका नेपालीहरूको सहकार्यमा सहयोग रकम जुटाइएको बताइएको छ । मानवीय सेवाको भावनासहित गरिएको उक्त सहयोगले उपचाररत तामाङ तथा उहाँको परिवारलाई केही...
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन

सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
देवराज सुवेदी चौतारा, सिन्धुपाल्चोक । चाडपर्व नजिकिँदै गर्दा चौतारा साँगाचोकगढी नगरपालिकाले बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसल तथा बधशालाको अनुगमनलाई निरन्तरता दिएको छ। नगर उपप्रमुख सिता थापाको नेतृत्वमा नगरपालिकाले आज सुकुटे, साँगाचोकलगायतका बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसल तथा बधशालाको अनुगमन गरेको हो। अनुगमनका क्रममा बिक्रीका लागि राखिएको मासु स्वस्थकर भए–नभएको, मासु राख्ने तथा बिक्री गर्ने स्थानको सरसफाइ, बधशालाको स्वच्छता तथा व्यवस्थापन, व्यवसाय दर्ता भए–नभएको लगायतका विषयमा निरीक्षण गरिएको थियो। चाडपर्वका समयमा मासुको खपत बढ्ने भएकाले उपभोक्ताले स्वच्छ तथा स्वस्थकर मासु प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले जानकारी दिनुभयो।स्वस्थ्य तथा गुणस्तरीय मासु उपभोक्ताले सहज रूपमा प्राप्त गर्न सकून् भन्...
सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्व्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको उप प्रमुख सिता थापाले हरेक बिकासका कामहरुमा गुणस्तरिय हुन पर्छ गुणस्तर हिन काम गर्ने जो केही भए पनी कार्बहीको भागी हुन पर्छ भन्नु भएको छ । उँहाले चौतारा साँगाचोकगढी–४ चागुलेटोल–बासपाटी–सिम्ले–ठुलाखेत आफर कृषि सडक निर्माणको गुणस्तर र प्रभावकारिताबारे स्थानीयबाट गुनासो बढेपछि उप–प्रमुख सीता थापाको नेतृत्वमा नगरपालिकाको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गर्ने क्रममा यस्तो बताउँनुएको हो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राविधिक शाखा प्रमुख बिकास श्रेष्ठ योजना प्रमुख दुर्गा ढुगेंल लगाएतका सहभागी टोलीले निर्माण कार्यको अवस्था र प्रगतिको जानकारी लिएको हो। कुल ३ करोड रुपैयाँ लागत रहेको योजनामध्ये १ करोड ९२ लाख रुपैयाँमा गौतम प्रभात जेभीसँग ठेक्का सम्झौता भएको छ। स्थानीयको माग र योजनाको आवश्यकताअनुसार ठेक्का अवध...
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

ब्रेकिङ न्युज १, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था तथा छापा सञ्चारमाध्यमको अस्तित्वमा देखिएका चुनौतीलगायतका विषयमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित 'छापा माध्यम बचाउ सुझाव कार्यदल' ले हालै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभापति थापाले सो धारणा व्यक्त गरेका हुन् । पार्टी मुख्यालय सानेपा पुगेको कार्यदल संयोजक दामोदर प्रसाद दवाडी नेतृत्वको टोलीलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले स्वतन्त्र प्रेस माथि संकुचन पत्रकारको पेशागत समस्या भए पनि आफ्नो पार्टीका लागि सो विषय लोकतन्त्रकै महत्वपूर्ण सवाल भएको धारणा व्यक्त गरेका थिए । पत्रकार र सञ्चारमाध्यमले ...
विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्दै

विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्दै

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, समाचार
देबराज सुबेदी         कोशी प्रदेशमा रहेका युवा क्रिकेट प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने भएको छ। ग्रासरुट तहदेखि नै प्रतिभा पहिचान गरी उनीहरूलाई उचित अवसर र मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको दोस्रो संस्करण आयोजना गर्न लागिएको हो । विराटनगर किङ्सले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज १ देखि ५ गतेसम्म (सेप्टेम्बर १७ देखि २१, २०२६) सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेश क्रिकेट संघअन्तर्गतका पाँच जिल्लाका युवा क्रिकेट खेलाडीबीच टी–२० फर्म्याटमा मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदान, विराटनगर–६ मा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामार्फत विभिन्न जिल्लामा रहेका प्रतिभाशाली युवा खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने विराटनगर किङ्सका टिम म्यानेजर बिजय धितालले जानकारी दिन...
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

ब्रेकिङ न्युज १, समाचार
एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।  हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौंदेखि थुप्रिएको असन्तुष्टि थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भयो । आज भदौ २३ गते सोही आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा ठूलो परिवर्तनको महसुस गरेको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जवाफदेहिताका सवाल अहि...
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

समाचार
सुमन गुरुङ /काठमाडौं गत भदौ १० गते आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूको सम्झनामा काठमाडौंको सुकेधारास्थित नमोबुद्ध गुम्बामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । तमु गुरुङ ह्युल छोज धी जिल्ला कार्यसमिति सिन्धुपाल्चोक, तमुश्यो जिल्ला कार्यसमिति तथा बुङ्गाथली तमु ह्युल छोज धीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा तमु गुरुङ ह्युल छोज धी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रबी गुरुङ, तमुश्यो जिल्ला अध्यक्ष दुर्गा गुरुङ, प्रदेश प्रचार सचिव पवित्रा गुरुङ, बुङाथली गुरुङ समाजका अध्यक्ष हस्त बहादुर गुरुङ तथा केन्द्रका सदस्य मानकाजी गुरुङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा तमु गुरुङ ह्युल छोज धीका पूर्व संस्थापक जिल्ला अध्यक्ष भक्तबहादुर गुरुङ, तमु गुरुङ ह्युल छोज धी विद्यार्थीका संस्थापक जिल्ला अध्यक्ष सुमन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य भ...
अधिकारीको अध्यक्षतामा पुस्तक तथा स्टेशनरी व्यवसायी समिति गठन

अधिकारीको अध्यक्षतामा पुस्तक तथा स्टेशनरी व्यवसायी समिति गठन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतरामा भएको पुस्तक तथा स्टेशनरी बिक्री बितरण व्यवसाय गरिरहनु भएका व्यवसायीहरुको भेलाले व्यवसाय बखत बहादुर अधिकारीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । आइतबार सिन्धुपाल्चोकको चौतारामा भएको भेलाले संघको समितिको उपाध्यक्षमा दिपक तिमल्सिना, सचिवमा रामशरण बस्नेत , कोषाध्यक्षमा हरीकुमार श्रेष्ठ, सदस्यहरु गोमा कुमारी श्रेष्ठ, हरीशरण पुुरी र चमेली श्रेष्ठ रहनु भएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य कुमार थापाको प्रमुख अतिथ्यतामा भएको भेलाले जिल्ला भरीका स्टेशनरी व्यवसायीहरुलाइ उकता बद्ध गरी व्यवसाय सहजताका लागी काम गर्ने निर्णय समेत गरेको छ । गठीत पदाधिकारीहरुलाइ पद तथा गोपनीयताको सपथ खुवा उँनु हुँदै केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुुख अतिथि थापालेनवगठित समितिलाई शुभकामना दिदै व्यवसायी हकहितका निमित्त संघले अग्रसरता दिलाउने कुरामा...