सिन्धुपाल्चोकका ३ स्थानिय तहद्वारा भूकम्प पिडितलाई ३५ लाख सहयोग
सिन्धुपाल्चोक, १८ कात्तिक ः सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बाह्र्बिसे नगर पालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भुकम्प पिडीतलाइ तत्काल राहत दिन र घाइतेलाए निशुल्क उपचार गर्न निर्देशन दिदै पिडीत क्षेत्रमा जानका लागी निशुल्क बस से...
