शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य छः सांसद नेपाल
सेलाङ
बागमती प्रदेश सभा सदस्य सांसद अमृता नेपालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ । बिहिबार सिन्धुपाल्चोकको जुगलमा – १ सेलाङमा सुरु भएको पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद् नेपालले सामाजिक बिकासको महत्वपूर्ण क्षेत्र खेलक्षेत्र भएकोले खेलको बिकास र प्रवद्र्घनको लागि सवैले ध्यान दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले खेलको माध्यमबाट राष्ट्रको गौरब बढ्ने र स्वास्थ्यको लागि अति नै उत्तम भएकोले खेलकुद गतिबिधिमा बिद्यालयले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । वर्तमान समाजमा नकारात्मक सोच र चिन्तन बढ्दै गएकोले खेलकुदले अनुशासित र मर्यादित बनाउने भएकोले यसको श्रीबृतिको लागि आफुले प्रदेश सरकारमा नीतीगत र कार्यक्रमिक रुपमा खेलकुद परिषद्मार्फत कार्यन्वयन गर्न आफुले आवश्यक सहजीकरण गर्ने बताउन...
