जिल्ला युवा समिति सिन्धुपाल्चोकले प्रदेश युवा परिषद्सँग २९ कार्यक्रमहरु माग गरेको छ । गत फागुन ३ गते बागमती प्रदेश युवा परिषद् हेटौंडाले ३ सय ९० घण्टा सीपमूलक तालिम र १ सय ६० घण्टा छोटो अवधिको तालिमहरु जिल्लाको युवाको मागमा अधारित भई कुन कुन विषयको तालिम सञ्चालन गर्न आवश्यक छ सो को जानकारी र तालिम विषयको क्रमसहित माग पठाउन अनुरोध गरेको थियो ।
सोही अनुसार युवाहरुको माग र आवश्यकताको आधारमा कुक, वेटर, ब्युटिसियन देखि फेसन डिजाइनर, टेलरिङ, बेमौसमी तरकारी उत्पादन, छुर्पी उत्पादन, कम्युटर, ड्राइभिङ, ट्याक्टर, मोटरसाईकल मर्मत लगायतका २९ कार्यक्रमहरु माग गरीएको प्रदेश युवा स्वयंसेवक रुपक दुलालले बताउनुभयो ।
उहाँले सिन्धुपाल्चोक जिल्लाका पालिकाहरुको आफ्नो टोल समुदायमा आवश्यक तालिमको माग भई आए बमोजमको कार्यक्रमहरु माग गरिएको बताउँनु भयो ।
सिन्धुपाल्चोकमा सोही तालिम सञ्चालन पश्चात् सिप सिकेकाहरुलाई ब्यवसाय सञ्चालनमा समेत सहजीकरण गरिने प्रदेश युवा स्वयंसेवक दुलालले
जानकारी दिनुभयो ।
