सम्पर्क

समाचार

महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटियो

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
म्याग्दी, ६ पुस : नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बरालले लाइन काटेर चालु आर्थिक वर्षको पाँच महिनामा रु १८ लाख १२ हजार चार सय ५० बक्यौता असुल गरिएको जानकारी दिनुभयो । एक सय ७७ ग्राहकबाट रु २२ लाख दुई हजार एक सय ९६ महसुल बक्यौता उठाउनुपर्ने थियो । लाइन काटेपछि रु एक लाख ४९ हजार चार सय ४९ जडान शुल्क उठेको छ । केन्द्रअन्तर्गतका ग्राहकबाट रु ८१ लाख ८७ हजार नौ सय २९ बक्यौता असुल गर्न बाँकी छ । गत कात्तिक १२ गतेदेखि बक्यौता असुली अभियान सञ्चालन भएको थियो । यसैगरी बिजुली चोरी गरेका चार ग्राहकबाट रु एक लाख ३५ हजार एक सय ५६ रकम असुल भएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वित...

कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरिसकेका छौ ः नगरप्रमुख सापकोटा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरका सबै बिद्यालयमा १२ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्ने तयारी पुरा हुन लागेको बताउँनु भएको छ । उहाँले आफु भाषणमा भन्दा पनी काममा बढी बिश्वास राख्ने भएकाले काम गरेर देखाउछु बताउँदै अरु साथीहरुलाई पनी अब काम गरेर देखाउँन सल्लाह दिन्छुभन्नु भयो । उहाँले वडा नं. ३ खाले स्थित समाज बिकास आधारभूत विद्यालयको ३५ औं बार्षिकोत्सव अभिभावक भेला तथा भुतपुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । बिहिबार कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट बोल्दै कक्षा १२ सम्मनै निःशुल्क गर्ने भनी आधिकारिक रुपमा कार्यपालिकामा नै निर्णय गरिसकेको जानकारी दिनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि तथा ...

एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उहाँले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । बोर्डका अध्यक्ष डा शर्माले भन्नुभयो, “एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।” कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनु पर्ने भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्...

व्यवसायी मैत्री कानुन निर्माण गदैछौँ ः मन्त्री चित्रकार

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत/चौतारा वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताउँनु भएको छ । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गर्दै मन्त्री चित्रकलारले आर्थिक समृद्धिको पाटो नै उद्योग भएको बताउँनु भयोे । उहाँले घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसँंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रमको उद्धघाटनमा बोल्दै यस्तो बताउँनु भएको हो । मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको भन्दै हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई नेपालको बजारमा बिक्ने र टिक्ने जनशक्तिको बिकास गर्न लागि पर्नेछौँ । र, सोको लागि अनुकुल वतावरण सिर्जना गर्न सव...

सिन्धु काँग्रेस र मन्त्री चित्रकार बिच भेट

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेसका महासमिती सदस्य तथा बागमती प्रदेस उद्योग तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार ले जननेता बिपी कोइराला, गिरीजा प्रसाद कोइरालाको जस्तो काम गर्न नसके पनी काम र्ने प्रयास भने गरिरहन पर्ने बताउँनु भएको छ । उँहाले काँग्रेसका साथीहरुले उँहाहरुको बिचारलाइ अङ्गालेर हिड्दा मात्र पनी उँहाहरुको दाँजोमा पुगेको मान्न पर्ने बताउँदै उँहाहररुले देखाएको मार्गमा काम गर्न सके नागरिकको समस्या समधान गर्न सहज हुने बाउँनु भयो । नेपाली काँग्रेस सिन्धुपाल्चोकको पाटी कार्यलयमा सिन्धुपाल्चोकका महासमिती सदस्यहरु तथा जिल्लाका नेताहरु सँगको भेटमा उँहाले नेपाली काँग्रेसका पश्चीमका साथीहरुलाइ परेको समस्या समधान गर्न पुर्बका साथीहरुले सहयोग गर्न पर्ने र पुर्बकासाथीहरुलाइ समस्या पर्दा पश्चीमका साथीहरुले सहयोग गर्न पर्ने परिपाटी रहेको बताउँनु भयो । भेटमा सिन्धुपाल्चोकका पुर्ब पाटी सभापती श्याम बहादुर श्र...

व्यवसायी मैत्री कानुन निर्माण गर्दै छौ ः मन्त्री चित्रकार

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले व्यवसायी मैत्री कानुन निर्माण गर्ने बताउँनु भएको छ । नेपालको वर्तमान कानुन उद्योगी र व्यवसायी मैत्री नभएकोले प्रदेश सरकारले निर्माण गरेको २०७६ सालको कानुन संसोधन गर्न लागेको उल्लेख गर्दै मन्त्री चित्रकलारले आर्थिक समृद्धिको पाटो नै उद्योग भएको बताउँनु भयोो । उँहाले घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले जिल्ला स्थित सरोकारवालाहरुसंग गरेको अन्तरक्रिया गोष्ठी कार्यक्रमको उद्धघाटनमा बोल्दै यस्तो बताउँनु भएको हो । मन्त्री चित्रकारले व्यवसायी हकहितको लागि मूख्य बाधक भनेको बिगतमा बनेको ऐन, नीति निर्देसिका नै भएको भन्दै हामी प्रदेश सरकारमार्फत व्यवहारीक र बस्तुवादी नियम बनाई नेपालको बजारमा बिक्ने र टिक्ने जनशक्तिको बिकास गर्न लागि पर्नेछौँ । र, सोको लागि अनुकुल वतावरण सिर्जना गर्न सवैले जोड दिनुपर्ने बताउँनु...

भूतपूर्व विद्यार्थी एकता समाजले मनाईयो दोस्रो स्थापना दिवस

ब्रेकिङ न्युज १, समाचार
  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ कदमबासमा वि.सं. २००९ सालमा स्थापना भएको विद्यालयका भूतपूर्व विद्यार्थी समाजले दोस्रो स्थापना दिवस मनाइएको छ । विद्यालयमा विभिन्न तह र कक्षामा अध्ययन गरी विद्यालय बाहिरिएको भूतपूर्व विद्यार्थीहरु रहने गरी स्थापना भएको समाजले २०७८ साल पौष ४ गते जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकमा दर्ता भएकोमा पौष ४ गते स्थापना दिवस मनाइएको समाजका अध्यक्ष सुनिल तामाङले बताउनु भयो । स्थापना दिवसको अवसर पारेरले समाजले विद्यालयलाई बुक कर्नर ¥याक हस्तानन्तरण र वडा स्तरीय आधारभूत तह ( नर्सरी – कक्षा ३) को स्मृति परीक्षण आयोजना गरिएको थियो । स्मृति परीक्षणमा वडामा रहेका ८ वटा विद्यालयहरु मध्ये सात विद्यालयको सहभागिता रहेको थियो भने ५ थान बुक कर्नर ¥याक हस्तान्तरण गर्नुभएको छ । यसअघि पनि समाजले एक थान बुक कर्नर ¥याक र रोष्टम हस्तान्तरण गरिसक्नु भएको अध्यक्ष तामाङले बताउनु...

मेलम्चीको पानी चाँडै काठमाडौँ लैजाने तयारी

ब्रेकिङ न्युज २, समाचार
मेलम्चीको पानी चाँडै काठमाडौँ लैजाने तयारी भइरहेको छ । मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीबीच भएको सहमति अनुसार अबको २८ दिनभित्रमा काठमाडौँमा पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौँका घरघरमा मेलम्चीको पानी पुग्ने बताउनुभयो । समितिले एक विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ । “सहमति अनुसार निर्माण व्यवसायी तत्कालै निर्माण क्षेत्रमा परिचालन हुनेछ । अबको २८ दिनको दु्रत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक ...

भोटेकोशी पावर कम्पनीको शेयर भोटेकोशीलाइ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको माथिल्लो भोटेकोशी पावर कम्पनीले भोटेकोशी गाँउपालिकाबासीलाई आफ्नो शेयर वितरण गर्ने भएको छ । भोटे कोशी गाँउपालिकाका अध्यक्ष पासाङ,नुर्पु शेर्पाले विगत लामो समय देखि माथिल्लो जलविधुत आयोजना माथिल्लो भोटेकोशी पावर कम्पनीद्वारा भोटेकोशी बासीलाई वितरण गर्ने भनिएको ६% शेयर विविध कारणवश वितरण हुन सकेको थिएन भन्दै आफु हरु निर्वाचित भएर आए देखि पालिका बासी लाए का शेयर दिन माग गरिरहेको जानकारी दिनु भएको छ । यस बिषयमा सम्बन्धित निकायसँग निरन्तर गृहकार्यमा थियौ त्यसको फलस्वरुप हामी सो कार्यको अन्तिम चरणमा पुगेका छौ । यसैबिच सो ६% शेयर अब केहि समय भित्र नै वितरण गर्ने याहाँहरु सम्पुर्णमा जानकारी गराउँदछु्र उँहाले सामाजीक सञ्जाल मार्फत जानकारी गराउँनु भएको छ ।...

गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
नेपालको समावेशी आर्थिक विकासका लागि स्थानीय शासनमा नवप्रवर्तनको प्रवद्र्धन भन्ने नाराको साथ गभर्नेन्स ल्याबले “नेसनल गभर्नेन्स सिम्पोजियम २०२३” सफलतापुर्वक समापन गरेको छ । नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमीमा आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो । दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त संगोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निजी क्षेत्र, नागरिक समाज, अन्तर्राष्ट्रिय विज्ञ तथा विकास एजेन्सीका ३०० भन्दा बढीको सहभागिता रहेको थियो । गोष्ठीको पहिलो दिनमा नेपालका ६ वटा प्रदेशका ११ पालिकाले हालसम्मका सिकाइ, नवप्रवर्तनका अभ्यास र आगामी दिनका अवसरबारे ...