सम्पर्क

पालिकाको कसैलाइ पनी शिक्षा बाट बञ्चीत हुन दीने छैन ःतिमिल्सिना

सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सीनाले आफ्नो गाउँपालिका भित्रका कोही पनी नागरिकलाइ शिक्षाबाट बञ्चीत हुन नदीने बताउँनु भएको छ । उँहाले गाँउपालिकामा आर्थीक समस्यामा परेकालाइ, असाय तथा जोखीममा परेका जोकोही बालबालीकालाइ पालिकाले बिद्यालयमा पढ्न जाने बातबरण मिलाएको बताउँनु भयो । उँहाले सुनकोसी सदाबहार एकेडेमी का शिक्षीका तथा बिद्यार्थीहरु सँग शिक्षा बिकासका बारेमा छलफल गर्दै बुधबार यस्तो बताउँनु भयो । बिद्यालयको प्रधानध्यापक दुर्गा थापा लगाएतको बिद्यार्थीहरु सँगको छलफलमा उँहाले शिक्षा क्षेत्रमा निजी बिद्यालयले गरेको योगदानको कदर गर्दै शिक्षा समितीमा समेत निजी बिद्यालयको पनी प्रतिनिधीत्व गराइ निजी बिद्यालयका पनी समस्या समाधान गर्न आफु लागी परेको बताउँनु भयो । उँहाले सरकारले लगानी गरेका बिद्यालयलाइ संरक्षण गर्नु आफ्नो पहीलो दाइत्व भए पनी गुणस्तरिय शिक्षा प्रदान गर्ने निजी बिद्यालयलाइ पनी प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भयो ।  उँहाले बिद्यार्थीहरु जोड दुइ पास गर्ने बितीक्कै बिदेशीने गरेकोमा दुख ब्यक्त गर्देै यो प्रथा रोक्नका लागी गाँउपालिकाले स्थानीय रोजगारका लागी उत्पादन सिल काममा अनुदानको व्यवस्था गरेको समेत सो अबशरमा बताउँनु भयो । उँहाले निजि बिध्यालय र सामुदायक बिध्यालयलाई सँगै लैजाने गरेको बताउनु भयो । उँहाले शिक्षा सिकाईका बारेमा सबैलाई समान रुपमा सहयोग गरिरहेको बताउँनु भयो । कार्यक्रममा सुनकोसी गाँउपालिका का उपाध्यक्ष कान्छी लामाले सुनकोशि गाउपालिकामा कुनै पनि बालबालिका लाई शिक्षाबाट बञ्चित हुन नपरोस भन्न का लागि विभिन्न नितिहरु लागू गरियको बालबालिकाको अधिकार सरक्षणका लागि निजी तथा सामुदायक बिद्यालय दुबैलाइ एकै व्यवहार गरिएको बताउँनु भयो । बिद्यार्थीहरुले सुनकोसी नदीमा फोर किन भन्ने प्रश्नको उत्तर दिदै पालीकाको कार्यपालिकाको बैठकमा यसको बारेमा छलफल हुँने र कोसीको सरसफाइमा पालिका लाग्ने बताउँनु भयो । कार्यक्रममा वडा नं १ का अध्यक्ष कुमार शाहीले आफुहरु सँधै सामाजिक काममा रहेका ले हरेक समय स्थानिय हरु सँगै रहेर स्थानीय स्तरमा भएका समस्याहरुको समाधानमा आफु हरु लागी परेको बताउँनु भयो । उहाले स्थानिय स्तरमा उत्पादनहुने खालका हरेक कार्यक्रममा गाउपालिकाले सहयोग गरिरहेको बताउनु भयो। गाँउपालिकाका सचिवालयका दिनेस थापाले सुनकोसी गाँउपालिकाको खाशै आन्तरिक श्रोत कमी भएकाले पनी पालिकाले सोचे जती काम हुन नसकेको बताउँनु भयो ।