सम्पर्क

समाचार

विपत्तिबाट विस्थापित बाह्रबिसेका २२ परिवारलाई जग्गाको पुर्जा

#, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज) / बाह्रबिसे प्राकृतिक विपत्तिबाट विस्थापित भएका बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारले शनिबार घर निर्माणका लागि जग्गा धनी पुर्जा पाएका छन् । बाह्रबिसे नगरपालिकाभित्र बाढी, पहिरो तथा प्राकृतिक विपत्तिको मारबाट विस्थापित भएका परिवारलाई नगरपालिकाभित्र जग्गा उपलब्ध गराइ पुर्जा वितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ । ’हामीले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट विस्थापित भएर घरबार तथा जग्गाविहीन भएका स्थानीयको पहिचान गरी जग्गा धनी पुर्जा दिएका छौं, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले विपत्तिको मार खेप्नु परेको थियो,’ नगर प्रमुख बालकृष्ण बस्नेतले भन्नुभयो । नगरभरिको प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरूको पहिचान गरेर यसअघि १४ घर परिवार र शनिबार २२ घर परिवारलाई पुर्जा दिएको बस्नेतले बताउनुभयो । ’सिन्धुपाल्चोकमा स्थानीय तहमा सम्भवतः बाह्रबिसे नगरपालिका पहिलो हो...

नेपाल रेडक्रस जल्केनि उपशाखामा महत

समाचार
 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका अन्तरगत जल्केनी उप–शाखाको ३१औं साधरण सभाले बेल बहादुर महतको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । ३१औं साधरण सभाबाट सभापति बेल बहादुर महत, उपसभापति तारा देवी राणा, सचिव अशोक पराजुली, कोषाध्यक्ष पूर्ण बहादुर तामाङ, सहसचिव लाल बहादुर श्रेष्ठ, सहकोषाध्यक्ष सुनिता रखाल, सदस्यहरु निर्मला तिमल्सिना, लिला बहादुर गिरी, हरिचन्द्र भारती, राम कुमार खतिवडा, कृष्ण बहादुर कार्की रहनुभएको छ । २ सय १५ जना सदस्य रहेको उक्त शाखाको उद्घाटन भने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष तथा नगर सामाजिक बिकास शाखाका संयोजक राम प्रसाद गौतमले गर्नु भएको थियो । सभाको उद्घाटन गर्दै गौतमले सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटि जल्केनि उपशाखाले आफ्नै भवन निर्माण गरेर काम गरिरहेकोमा विशेष धन्यबाद दिनुहुँदै यो संस्था भनेको बिपदको साथि भएकाले बिपद परेको ...

तेक्वान्दो संघ सिन्धुपाल्चोकको आन्तरीक प्रशिक्षण कार्यक्रम बाह्रबिसेमा सम्पन्न

खेलकुद, समाचार
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बाह्रबिसेमा सम्पन्न गरिएको छ । शनिबार उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको हलमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथि बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत विशेष अथिति उद्योग वाणिज्य संघका अध्यक्ष तथा जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष बुद्धराज बस्नेत नेपाल तेक्वान्दो संघका केन्द्रिय महासचिव दिपराज गुरूङ, तेक्वान्दो संध वागमती प्रदेशका अध्यक्ष केशव पुरी, तेक्वान्दो संघका केन्द्रिय सदस्य हेमन्त डाँगीको सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको सदस्यहरू जिल्लाका डोजाङ प्रमुख सिनियर खेलाडीहरको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रमको सभापतित्व भने सिन्धु तेक्वान्दो संघका अध्यक्ष प्रेम बहादुर भण्डारीले गर्नुभएको सह–सचिव कुमार बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा तेक्वान्दो खेलनै उत्कृष्ट खेल भ...

पत्रकार महासंघको २७औं महाधिवेशनमा १८ बुँदे घोषणापत्र जारी

ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनले १८ बुँदे घोषणापत्र जारी गरेको छ । महाधिवेशनले संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत विकास र समृद्धिका लागि १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको हो । प्रकाशित समाचार सामग्रीको सन्दर्भमा सर्वोच्च अदालतद्वारा पछिल्लो पटक भएको आदेशप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले अदालतले प्रकाशित समाचार सामग्री हटाउन लगाउने, पुनः प्रकाशन÷प्रसारणमा समेत बन्देज गर्ने तथा समाचारको विषयलाई फौजदारी अपराधका रूपमा मुद्दा चलाउने निर्णय गर्नु संविधान विपरीत रहेको ठहर गरेको छ । साथै संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग जोडदार माग गर्ने महासंघको भनाइ छ । २७ औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र १.प्रकाशित समा...

फटकशिला माविको विव्यस अध्यक्षमा शम्भु दंगाल

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ मा रहेका फटकशिला माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शम्भु प्रसाद दंगाल निर्वाचित हुनुभएको छ । नगर शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समितिद्धारा स्थानिय शिक्षा ऐन अनुसार निर्वाचित हुनुभएका विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शम्भु प्रसाद दंगाल र सदस्यहरुमा प्रशिका तामाङ, सुविन दनुवार, विनोद दनुवार रहनुभएको छ । त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा बलराम दनुवार र सदस्यहरुमा बेली दनुवार, समिता दनुवार निर्वाचित हुनुभएको नगर शिक्षाका प्रतिनिधि श्रोतका सुनिल कुमार भण्डारीले जानकारी दिनुभयो । उहाँले नवनिर्वाचित टिमलाई कार्यकाल सफलताको शुभकामना दिदै विद्यार्थीको शैक्षिक विकासमा शिक्षक वर्ग, विद्यार्थी, अभिभावक र व्यवस्थापन टिम सबैको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि...

आमसञ्चारको परिचय’ पुस्तक बजारमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २२ वैशाख : ‘आमसञ्चारको परिचय’ पुस्तक सार्वजनिक गरिएको छ । शन्तराम बिडारी र उपेन्द्र खड्काले लेख्नुभएको उक्त पुस्तक भूँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बिए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिताअन्तर्गतको पाठ्यक्रममा आधारित रहेको लेखकद्वयले जानकारी दिनुभयो । पूर्णाङ्क एक सयको यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय हो । यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी हुने लेखकद्वयले बताएका छन् । पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दा, पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिकालगायत विषयमा चर्चा गरिएको छ । पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिविअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्र...

जुगल हिमालको सफल आरोहण

ब्रेकिङ न्युज २, समाचार
नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएका अवसरमा आरोहण सुरु गरिएको जुगल हिमाल– १ को सफल आरोहण भएको छ । ६ हजार ५ सय ९१ मिटर अग्लो जुगल–१ हिमाल सफलताको साथ आरोहण सम्पन्न गरिएको आरोहण दलका नेपाली टोली प्रमुख विश्व कीर्तिमान आरोही दावा याजुम शेर्पालाई उद्धृत गर्दै जुगल पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जनाउनुभयो । आरोहण दलमा ३ नेपालीसहित ७ कोरियन आरोही सहभागी रहनुभएको थियो । आरोहण दलले शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटमा चुचुरोमा पाइला राखेको तामाङले जानकारी दिनुभयो । चैत २६ देखि आरोहण सुरु गरेको आरोहण दल काठमाडौंबाट सिन्धुपाल्चोकको अरनिको हाइवे हुँदै बलेफी, नौविसे, जलविरे सडकबाट जुगलको ढाँडे, गुम्बा, तेम्बाथान हुँदै वैशाख ७ गते जुगलको आधार शिविर पुगेको थियो। कोरियाली आरोहण दलको नेतृत्व प्रख्यात आरोही उम हुङ गिलले गर्नुभएको थियो । आरोहण दलले जुगल– १ को सफल आ...

डडुवामा बालमैत्री वडा घोषणाको तैयारी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ लाई बालमैत्री वडा घोषणाको तैयारी गरिएको छ । यसको लागि शुक्रबार वडा कार्यालयले सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । बालमैत्री सुचाङ्कसम्बन्धि अभिमुखी केन्द्र कार्यक्रम वडा उप–प्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका उप–प्रमुख तथा नगर महिला तथा बालबालिका बिभागका प्रमुख थापाले नगरपालिकामा हालसम्म एउटा मात्र वडा नं. १३ बालमैत्री वडा घोषणा भई सकेको र अब अरु वडाहरु पनि घोषणा गर्ने तैयारीका क्रममा वडा नं. १४ मा यो कार्यक्रम गरिएको बताउँदै बालमैत्री हुनका लागि हुनपर्ने मापदण्डका बारेमा जानकारी दिनुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष उद्वव नेपालको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण भने जुगल क्याम्पस साँगाचोकका प्रमुख पदम प्रसाद पराजुलिले गर्न...

सिद्विगणेशमाविमा शैक्षिक समाग्रि प्रदर्शनि

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी वडा न ७ मा रहेको सिद्विगणेश माध्यमिक बिद्व्यालयले शुक्रबार बृहत् शैक्षिक सामाग्रि प्रदर्शनिको कार्यक्रम गरेको छ।बिद्व्यालयका बिद्व्यार्थिहरुद्वरा बिभन्न बिशयका सामाग्रीहरु प्रदशनि गरिएको थियो।बिघ्यार्थिहरुले निर्माण गरेको बैज्ञानिक सामाग्रिहरु मध्य ,बिज्ञानका सामाग्रिहरुले भने अझ प्रभाकारिता देखायको थियो।शिक्षा सिकाईका लागि कलात्मक,प्रयोगात्मक सिकाई उपलब्धि मुलक हुने भएकाले पढाइ लेखाईको बिकास सँगै प्रयोगात्मक,र कलात्मक शिक्षा सिकाई हुन पर्ने देखिएकाले यो प्रदर्शनीको आयोजना गरियको बिध्यालयका प्रअ राजकुमार यादवले बताउनु भयो। उँहाले कार्यक्रमका बारेमा प्रकाश पार्दै नगरका कुनै पनि बिद्व्यार्थि हरु ले कम्तिमा पनि ३५ प्रतिशत भन्दा बढि अङ्क ल्यायर परिक्षमा उतिण हुन पर्ने तर त्यसका लागी पढ्दै नपढ्ने बिद्व्यार्थिलाई नम्बर मात्र दियर पास गराउने होईन सिकाईमा न...

हरेक पालिकामा एउटा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ: मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २१ वैशाख: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्रामको विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ । अछामको कमलबजार नगरपालिका–६ स्थित कातइत्यानी हात्तीबास शैक्षिक एवं ज्ञानविज्ञान धार्मिक महामहोत्सवको आज उद्घाटन गर्दै उहाँले तीनै तहका सरकारको समन्वयमा उत्पादनको वर्गीकरण गरेर औद्योगिक ग्राम बनाउन सरकारले नीति ल्याउने बताउनुभयो । सरकारले उत्पादन र रोजगारी वृद्धि गर्ने नीति अख्तियार गरेको उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयले उद्यमशिलतामा जोड दिएको बताउनुभयो । मन्त्री भण्डारीले नेपालमा थुप्रै खनिज तथा खानीजन्य उत्खननलाई मन्त्रालयले प्राथमिकता दिन आन्तरिक नीतिगत अप्ठ्यारालाई सुधार गर्न लागेको जानकारी गराउनुभयो । पूँजीगत बजेट चालु आवमा खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले त्यसले समृद्धिको लक्ष्यमा मुलुकलाई केही पछाडि पारेको ...