नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन वैशाख २१ र २२ गते लुम्बीनीमा हुने
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) अर्थात २०८१ साल वैशाख २१ र २२ गते विश्व शान्तिका मुहान गौतम वुद्धको जन्मस्थल लुम्बिनीमा हुने भएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चैत्र ७ गते महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको बैठकले महासंघको २७औं केन्द्रीय महाधिवेशनको घोषणा गर्दै बिभिन्न निर्णयहरू गरेको महासचिब रोषन पुरी द्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन गरेको छ । अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरिएको छ ।बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पो...
