सम्पर्क

चौतारामा योगा, पिलडाँडामा झाक्री, साँगाचोकमा डाक्टरको शिवीर सम्पन्न

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाकले नगरका नागरिक स्वस्थ राख्नका लागी रोग लाग्न नदिन र रोग लागि हाले पनि सबै प्रकारबाट उपचार गर्ने व्यवस्थाका लागि योगा, झाक्री र डाक्टरी प्रकृयाको शिवीर सञ्चालन गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिब पुरीका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ३ बतासे खालेका नामुद झाँक्रीहरुको शिबिरले उपचारका लागि आफूहरू कहाँ धाउन आउने बिरामीलाई स्वास्थ्य संस्थामा जान सिफारिस गर्ने प्रतिबद्धता जनाएका छन् । उहाँहरुले आफुहरु कहाँ आउँने बिरामीलाई आफ्ना बिधी अनुसार तत्काल झरफुक गरेर अस्पताल पठाँउने बताउनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित सचेतनामूलक अभिमुखी कार्यक्रम पश्चात् खालेका १७ जना धामी झाँक्रीहरुले घरमा सुत्केरी हुने र अन्य विरामीहरुलाई झारफुक पश्चात् स्वास्थ्य संस्थामा प्रेषित गर्ने प्रतिबद्धता जाहेर गरेको स्वास्थ्य प्रमुख शिव पुरीले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक जिल्ला चौतारा नगर योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सह आयोजनामा “गरौं योग, बनौं निरोग “भन्ने नाराका साथ चौतारामा भएको ३ दिने योग शिविर समापन भएको छ । पतञ्जली नगर योग समितिको आयोजना र जिल्ला प्रहरी कार्यालयको सह आयोजनामा चौतारा साँगाचोकगढी न.पा. ५ मा अबस्थित श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालय प्राङ्गणमा बिहीबारबाट सुरु भई शनिबारसम्म ३ दिने योग शिविर संचालन भएको हो ।
शिवीरमा झण्डै १ सय ५० जनाभन्दा बढी स्थानियको सहभागिता रहेको सहभागी चन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो । शिविरमा गुरु गुविन तौजलेले योग अभ्यास प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समय योगको महत्व र स्वास्थ जीवनका लागि योगको भूमिका बारे सचेतना बढ्न थालेपछि योगप्रती सर्वसाधारणको आकर्षण बढन थालेको छ ।
यसैगरी नगरपालिकाको वडा नं. १२ वडा कार्यालय र चौतारा साँगाचोकगढी आधारभुत स्वास्थ्य तथा प्रसुति केन्द्रको सहयोगमा राधा गिरी पण्डीत, हरि पण्डीत र काठमाण्डौं मोडल हस्पिटलको आयोजनामा शनिबार एक दिने निःशुल्क महिला स्वास्थ्य परिक्षण शिवीर सञ्चालन भएको छ । काठमाण्डौं मोडल अस्पतालका अनुभवि डाक्टरहरुद्धारा पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी रोग परिक्षण गरिएको थियो ।
शिवीरमा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरका कोही पनि नागरिकहरुलाई सकेसम्म कुनै पनी रोग लाग्न नदिने र कुनै कारण रोग लागि हाले पनि सबै प्रकृया र बिधीबाट तत्काल उपचारको व्यवस्था गर्न सबैसँँग आग्रह गर्दै रोगलाई सामान्य नठानी तत्काल नजिकको स्वास्थ्य शाखामा सम्पर्क राखि रोग परिक्षण गरिहाल्न सम्पुर्ण नगरबासीमा अनुरोध गर्नुभयो ।
साँगाचोकमा भएको शिबीरबाट १ सय ५० जना महिलाले सुबिधा लिएको र १० जनामा पाठेघरको समस्या देखिएको र २ जनालाई अप्रेशन गर्नुपर्ने देखिएको नगर स्वास्थ्य शाखाका शिब पुरीले जानकारी दिनुभयो ।