सम्पर्क

समाचार

नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुपाल्चोकको १०आंै जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्वअध्यक्षसमेत रहेनुभएका श्रेष्ठले निवर्तमान अध्यक्ष कमल नेपाललाई १४ मतान्तरले पछि पार्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले ३ सय ६३ मत ल्याउँदा नेपालले ३ सय ४९ मत पाउनु भएको छ । त्यस्तै उपाध्यक्षमा अर्जुनकुमार भण्डारी विजयी हुनुभएका छ । उहाँले तीन सय ४५ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी विष्णुमणि आचार्यले ३ सय ७ मत प्राप्त गर्नुभयो । सचिवमा कृष्णगोपाल तामाङ ४ सय ३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी यज्ञ सापकोटाले २ सय ७० मत प्राप्त गर्नुभयोे । उपसचिवमा शिवहरि सापकोटाले ३ सय ३६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी विजयकृष्ण श्रेष्ठ ३ सय १३ मतमा प्राप्त गर्नुभयो । महिलातर्...

तातोपानी नाका सञ्चालनसँगै त्यहाँ हुने अनियमितता रोक्न प्रशासन लागेको छः प्रजिअ आचार्य

ब्रेकिङ न्युज २, समाचार
जिल्लाको सुरक्षा स्थितीलाई मजबुद बनाई राख्न जिल्ला स्थित सुरक्षा निकायहरु सधैँ सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताउँनु भएको छ । उहाँले बिशेषगरी सिन्धुपाल्चोक तातोपानी भन्सार नाकामा हुन सक्ने राजश्व चुवाहटप्रती बन्धित सामाग्रि ओसारपसार जस्ता कार्यहरुका बारेमा निगरानी गरी रहेको र बिभिन्न सुचनाका आधारमा गस्तीका साथै चेकजाँच कडा गरिएको बताउँनु भयो । सोमबार उहाँकै कार्यकक्षमा नेपाल पत्रकार महासंघका प्रतिनिधीहरुसँग पछिल्लो समयमा जिल्लामा भएका सुरक्षाका साथै नागरिकका सेवाकाबारेमा जानकारी दिदै यस्तो बताउँनु भएको हो । सो अबसरमा आचार्यले जिल्लाका सबै गाउँपालिकाहरुमा बिपद व्यवस्थापनलाई सक्रिय गराउँदै वन डढेलोबाट जोगाउँनका लागी वनको डढेलो नियन्त्रणका साथै कसरी किन कसले वनमा आगो लगाएको हो, त्यसको अनुसन्धान समेत गरेर आगो लगाउँनेको पनी खोजी गरी कार्वाही गर्न प्रहरीलाई र स्थानीय वि...

माछापुच्छ्रे परोपकार संस्थाको सहयोग तथा सम्मान कार्यक्रम

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
माछापुच्छ्रे परोपकार संस्था लाहाचोक कास्कीको आयोजना र वैदेशिक रोजगार मञ्च लाहाचोकको समन्वयमा एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ । संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई सम्मान गरिएको थियो । सोही समारोहबीच संस्थाले झिझीर्का निवासी दुर्घटनाकी घाइते बबिता अधिकारीका लागि ४० हजार सहयोग हस्तान्तरण गरिएको थियो । संस्थाले महेन्द्र मावि लाहाचोककी छात्रा कुसुम नेपालीलाई नगद आठ हजारसहित शैक्षिक सामग्री र विद्यालयलाई खेलकुद सामग्री सहयोग समेत गरेको छ । समारोहमा समाजका ज्येष्ठ विपन्न आमा लक्ष्मी नेपाली, जुना परियार, विष्णुमाया कामी...

साँगा–धुलिखेल सडक विस्तार ठप्प

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको सडक बिस्तार रोकिएको छ । उच्च अदालत पाटनको उत्प्रेषण आदेशपछि बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचना निर्माण रोकिएको हो । बनेपा नगरपालिका–६ बुडोलका १३ जना स्थानीयले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्रदास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाइ गत फागुन २० गते रिट दर्ता गरेका थिए । दर्ता गरिएको रिटमा फागुन २१ गते नै प्रारम्भिक सुनुवाइ भएको थियो । न्यायाधीशद्वय नृपध्वज निरौला र विदुर कोइरालाको संयुक्त इजलासले निर्माण रोक्न दुई साताअघि उत्प्रेषण आदेश जारी गर्नुभएको हो । विसं २०१६ मा सडक निर्माणका बेला खेतका लागि पानी निकास गर्न राखिएको ह्यूम पाइपसहितको ढलको स्थानमा हाल नयाँ डिजाइनमा कल्भर्ट निर्माण गरिएको थियो । उक्त कल्भर्टब...

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशनको नेतृत्वका विच सहमति नहुँदा निर्वाचन हुने अध्यक्षमा तिन जनाको भिडन्त

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमाले सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि चौतारामा सुरु भएको छ । चैत १६ गतेबाट सुरु भएको अधिवेशनमा जिल्ला नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । वर्तमान अध्यक्ष कमल नेपाल, एमाले नेता होमनारयण श्रेष्ठ र बादल तामाङले उम्मेद्वारी दर्ता गराउनुभएको निर्वाचन समितिले जनाएको छ । अधिवेशन सुरु भएको दोस्रो दिनसम्म समेत कुनै पदमा सहमति जुट्न सकेन । कुनै पदमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने लगभग निश्चित भएको हो । त्यस्तै उपाध्यक्ष पदमा अर्जुन भण्डारी, बिष्णुमणी आचार्य र सुदनराज गिरीले उम्मेद्वारी दिनुभएको छ । सचिवमा कृष्णगोपाल तामाङ र यज्ञराज सापकोटाले उम्मेद्वारी दिनुभएको निर्वाचन समितिले जनाएको छ । बन्द सत्रमा सांगठनिक, राजनीतिक, आर्थिक लगायत सिन्धुपाल्चोक समृद्धिको खाका पेश गरिएको र प्रतिवेदनहरु पास भएपछि नेतृत्व चयनको कार्य सुरु भएको एमालेले जनाएको छ । जिल्लाका...

बाह्रबिसे ५ को वडा कार्यालय भवन शिलान्यास

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ५ गातीको वडा कार्यालय भवनको शिलान्यास भएको छ । बाह्रबिसे नगरपालिका नगरप्रमुख बालकृष्ण बस्नेतले एक समारोहको बिच शनिबार शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै नगरप्रमुख बस्नेतले नगरपालिकालाई नेपालकै नमूना बनाउनका लागि अथक प्रयासहरु भइरहेको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि सिहदरबारको अधिकार गाउँगाउँमा भनेको छ, हामी स्थानिय सरकार यसका लागि काम गरिरहेका छौं तर श्रोत र साधनका कारण यो अधिकार पुरै पाउन ढिलाई भईरहेको उहाँले बताउनु भयो । उहाँले बिकास प्रेमि नेता मोहन बहादुर बस्नेतले बिकासका हरेक कार्यक्रममा बजेटको व्यवस्था गरिदिनु भएकोमा आफुहरुलाई स्थानिय नागिरकलाई दिनपर्ने सेवाका लागि सहजता भएको बताउदै यो वडा कार्यलय भवन निर्माण भएपछि स्थानिय नागरिकलाई सेवा दिन अझ सहजता हुने बताउनुभयो । निर्माण गर्नको निम्ति आ.ब २०८०÷८१ को बजे...

त्रिशूली नदीमा ट्याक्सी खस्दा एकै परिवारका पाँच जनाको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । शनिबार बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएका पाँचै जना काठमाडौंबाट बुबाको दाहसंस्कार गरी गोरखा फर्कदै थिए । प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् । उनीहरु एकै परिवारका भएको खुलेको छ ।  ...

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ ः मन्त्री भण्डारी

समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ । नेपाल रानाथारु युवा समाजले पहिलो पटक आज काठमाडौँमा आयोजना गरेको होली मिलन तथा खडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफुले पहल गर्ने बताउनुभयो । कैलाली र कञ्चनपुरमा रगत पसिना बगाउँदै आएको तथा दुई जिल्लाको बस्ती विकास र सुदूरपश्चिमको पहिचानमा रानाथारु समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै मन्त्री भण्डारीले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । लिखित रुपमै उत्पादनमुखी कार्यक्रम ल्याउन रानाथारु युवा समाजलाई आग्रह गर्दै उहाँले व्यावसायिक ...

त्रिविले प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने

समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहिबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो । त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।’ यसअघि त्रिविमा अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउने ...

स्याउलेको वडा कार्यालय भवनको शिलान्यास

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमबिच चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास गर्दै नगर प्रमुख सापकोटाले समयमा नै काम सकाउन निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । असार मसान्तसम्ममा कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको भवनको निर्माण कार्य ढिला सुरु भएतापनी समयमा नै सम्पन्न हुने विश्वास लिएको नगरप्रमुख सापकोटाले बताउनुभयो । उँहाले भवन निर्माणमा जग्गाका कारण ढिला भएको भन्नु हँदै ढिला भए पनी भवनको जग बलीयो भयो नगरपालिकाबाट २ लाख रुपैयाँ थप गरेका कारण भवनको जग माटो नभई चट्टानमा बस्न गएको छ त्यसैले भवन बलियो हुने बिश्वास लिएको बताउँनु भयो । उहाँले नगर भित्रका कतिपय वडा कार्यालय जाने बाटो असहज भएको हुँदा सेवा प्रवाहमा सहजता ल्य...