स्काउटको ७३ औँ स्थापना दिवसका अवसर सिन्धुपाल्चोकमा विविध कार्यक्रम
नेपाल स्काउटको ७३ औँ स्थापना दिवसका अवसरमा सिन्धुपाल्चोकमा विभिन्न कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसका अवसरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत सक्रिय रुपमा स्काउट सञ्चालन भएका विद्यालयहरु वडा नं. ९ मा रहेको गोल्मादेवी स्काउट ट्रुपले स्थापना दिवसको अवसरमा चोक चोकमा फोहोर संकलन डस्टविन राख्ने र सार्वजानिक स्थल सडक आसपास, मन्दिर र छोर्तेनमा सरसफाई गरी समुदायमा स्काउट कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । त्यस्तै वडा नं. ५ मा रहेको कृष्णरत्न गंगा स्काउट ट्रुप र जुगल बोर्डिङ स्काउट ट्रुपले सोही वडामा रहेको कृष्ण आ.विका आवासगृहमा रहेको बौदिक अशक्तहरुलाई खाद्यान्न वितरण गरिएको छ । वडा नं. ७ मा रहेका सिद्धिगणेश स्काउट ट्रुपले वडा नं. ५ मा रहेको वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ ।
’नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद...
