काठमाडौँ, २२ साउनः गृहमन्त्री रमेश लेखकले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन गराउन निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको सराहना गर्नुुभएको छ ।
आयोग पदाधिकारीसँग आज भएको छलफलमा उहाँले आयोगको भवनलगायत पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को संशोधनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको कार्यालय भवन पुनःनिर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र त्यसका नयाँ व्यवस्था, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ परिमार्जन आवश्यक भएको बताउनुभयो ।रासस