नयाँ भवनबाट सेवा दिदै चौतारा अस्पताल, राम्रो सेवा पाएकोमा सेवाग्रही खुशी
सिन्धुपाल्चोक जिल्लाको सदरमुकमा चौतारामा रहेको चौतारा अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । नयाँ भवनबाट सेवा दिन थालेपछी अस्पतालमा सेवाग्राहीको भिडपनि हुन थालेको छ । आइतबार अस्पातलको स्थितीबारे जानकारी लिन अस्पताल पुगेको लोकप्रिय नेत्रज्योतीका प्रतिनिधीहरुसँग कुरागर्दै अस्पताल प्रमुख नि. मडिकल सुपरिटेण्डेन्ट रुद्रमणी भण्डारीले अस्पतालका बारेमा जानकारी दिदै अस्पातालबाट प्रसुति सेवामा शिशु जन्मदादेखी नै आबश्यक उपचारको व्यवस्था गरिएको बताउँनु भयो । विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १४ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने बताउँदै हाललाई करारमा ३४ जना माग गरिएको छ। छिमेकी राष्ट्र चिन सरकारको सहयोगमा ३९ कोठाको भवन बनेको हो । भवनको उद्घाटन तथा हस्तान्तरण गत जेठ १६ गते भए पनि अस्पतालको सेवा सो भवनबाट दिन भने श्रावण ३गते देखी ...

