सम्पर्क

समाचार

विचारः बिपीको समाजवाद र आजको सान्दर्भिकता

अन्तर्वाता, राजनिती, विचार, समाचार
काठमाडौँ, २४ भदौ (रासस): नेपाली कांग्रेसको नीति स्थापनाकालदेखि नै समाजवादी राजनीतिक दर्शनबाट प्रेरित रह्यो । आर्थिक असमानताको अन्त्य, आर्थिक क्रान्ति तथा आत्मनिर्भरमुखी प्रगति, कृषिमा आधारित औद्योगिकीकरण र गरिबी उन्मूलन नेपाली कांग्रेसको अर्थतन्त्रको उद्देश्य हो । समाजवादबाट ओतप्रोत, सबै किसिमका दमन तथा शोषणबाट मुक्त नागरिकको उद्यम, सीप तथा रोजगारीमा आधारित र राज्यको संरक्षणात्मक वातावरण मातहत पूर्ण प्रतिस्पर्धामा सञ्चालित नियमित तथा अकुण्ठित बजारको भूमिका भएको अर्थतन्त्र नै नेपाली कांग्रेसको आर्थिक पक्षको ढाँचा हो । कृषि, जलस्रोत, पर्यटन र जडीबुटीको प्रचुर सम्भावना र समृद्धिका आधार हुन् भन्ने कांग्रेसको उम्याइ छ । आफैँसँग भएका जन, जल, जमिन, जङ्गल, जडीबुटी र सीपजस्ता आधाभूत साधन वा पदार्थबाट नेपालको दिगो विकासको गति अघि बढाइनुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । योजनाबद्ध विकास ग...

सिपाघाटको मोटरेबल पुल जिर्ण बन्दै, शंरक्षणका लागि कार्यदल गठन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सन्तोष सिग्देल ,  ईन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने मोटरेबल पुल शंरक्षणमा स्थानिय सरकारले चासो देखाएका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ को विषेश पहलमा जिर्ण बन्दै गरेको पुल शंरक्षणका लागि कार्यदल वठन गरीएको हो । आज ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ जोड्ने पुल शंरक्षणका लागि कार्यदल गठन भएको हो । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भएको हो । जसमा ईन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सोम प्रसाद ढकाल सदस्य रहनुभएको छ । आज पुलको स्थलगत निरीक्षणपछी ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ मा बसेको बैठकमा वडा नम्बर ७ का वडा अध्...

विपी स्मृती दिवसमा खाद्यान्न वितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चौतारा÷ विपी कोइरालाको एक सय ११ औँ स्मृति दिवसको अबसर पारेर नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर कार्यसमितिले चौतारामा रहेको बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । नेपाली कांग्रेस पूर्व जिल्ला सभापति श्यामबहादुर श्रेष्ठले आईतबार एक कार्यक्रमकाबीच बृद्धाश्रममा खाद्यान्न हस्तान्तरण गर्नुभयो । खाद्यान्न वितरण कार्यक्रममा पूर्व जिल्ला सचिव विल बहादुर तामाङ, नगर सभापति ईन्द्रलोचन धिताल , नगर सचिव भगवान खड्का, युवा नेता बुद्ध घले , शिक्षक नेता ज्ञानबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।  ...

डगल्यान्ड लघुकथामा समयबिम्ब

जिबनशैली, विचार, समाचार, साहित्य
प्रा.डा. खेम दाहाल १. प्रारम्भ पुण्यप्रसाद कोइराला ९पी।वी।कोइराला २०२६, इनरुवा० को ‘डगल्यान्ड’ लघुकथाको किताब हाम्रो लघुकथा केन्द्रले प्रकाशनमा ल्याएको छ । यसमा पचासभन्दा बढी लघुकथा सङकलित छन र कृतिको आकृति सत्तरी पृष्ठकै हाराहारीमा छ । बाहिरी आवरणमा यो लघुकथा सङग्रह रहर लाग्दो र लोभ लाग्दो पनि छ । लघुकथाकार कोइराला विभिन्न संस्थाबाट पुरस्कृत प्रतिभा भएको कुरा पश्चपृष्ठमा उल्लेख भएको छ । सुरुमा सरर एक दुई लघुकथामा आँखा डुलाउँदा भाषा सरर सर्ने बनेको र कुरो सलक्कै पच्ने स्तरको लाग्छ । यी लघुकथाको सम्पूर्ण अवलोकन नगरी केही भन्न असजिलो हुन्छ । तथापि प्राक्कल्पनामा भरपर्दा कथाहरूले भविष्यमा प्रशंसा पाउने छन । २. विषयप्रवेश यी लघुकथाको विषय समयसापेक्ष हुनुपर्ने छ, सिलसिला मिलेको भाषा हुनुपर्नेछ । अन्त्यमा पुग्दा अर्को कुनै कुरा घुसेपछि छयाङ्ग भएर हृदयभित्र छिर्नुपर्ने हुनुपर्छ । यसका सन्दर...

अब सरकारी कार्यालयको खाजा समय ३० मिनेट

ब्रेकिङ न्युज १, समाचार
सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा (३० मिनेट) आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।” उहाँले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गर्नुभएको छ ।...

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २४ भदौ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्...

राप्रपाद्धारा चाडपर्बमा हुने कालाबजारी रोक्न सरकार सँग माग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चाडपर्व नजिकिदै गर्दा बजारमा खाद्य तथा उपभोग्य वस्तुमा भइरहेको अत्यधिक मूल्यवृद्धिले जनजीवन कष्टकर बन्दै गइरहेको ले बजारको प्रभाबकारी अनुगमन र कालोबजारी नियन्त्रण गरी आम उपभोक्तालाई सहज बजारको वातावरण सिर्जना गर्न माग गरेको हो र आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको पाटी प्रबक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । उँहाले बिज्ञेप्ती जारी गरि यस्तो जानकारी दिनु भएको हो । जारी बिज्ञेप्तीमा चाडपर्व मनाउन राजधानी बाहिर जाने यात्रुहरुको सुविधालाई ध्यानमा राखी यातायातको सहज व्यवस्थापन र प्रभावकारी अनुगमन गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । बैठकले राजमार्ग र अति व्यस्त रहने सडकका खाल्डाखुल्डी पुर्न तथा सुरक्षित यात्राका उपायहरु अवलम्बन गर्न राप्रपा...

तीज गीत प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेलम्ची नगरपालिका वडा नम्बर ७ द्धारा आयोजित गायन प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका ५ समूहबीच प्रतिस्पर्धा गराइएको थियो । नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा मेलम्ची नगरपालिका ७ वडा कार्यालय प्राङ्गणमा आईतबार भएको प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो, बालसुधार माध्यमिक विद्यालय–दोश्रो, भारतिथोक आमा समूह तेस्रो तथा देविस्थान आमा समूहले सान्त्वना स्थान प्राप्त गरेको वडा सचिव मधुबिलास देवकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार ,द्रोश्रोलाई ४ हजार ५ सय ,तेस्रो हुनेलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गायन प्रतियोगितामा गायक पदम दुलाल,गायिका सीता दुलाल र शिक्षिका रूक्मणी भट्टराईले निर...

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २३ भदौः प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम आयोजना गर्‍यो ।यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बिपीले फरक विचार राख्ने पत्रकारलाई ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर पत्रकारिताप्रतिको उच्च सम्मान व्यक्त गरेको प्रसङ्गको चर्चा गरे ।वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बन्नुभएका बिपीले व्यक्त गरेको यस्तो विचारले पत्रकारिताप्रति उहाँको धारणा प्रष्ट हुने बताउनुभयो । उहाँले सरकारका गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बिपीकै नेतृत्वको सरकारले गरेको भन्नुहुँदै सोही व्यवस्थालाई हाल लोक कल्याण...

तोलामा रु एक हजार दुई सयले घट्यो सुनको मूल्य

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५२ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।...