सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवामा भुसीया कुकुरले स्थानीय कृषकको खशी बाख्रको खोरमा गएर टोक्दै मानर््ा थाले पछी त्यहाका कृषकहरु आतङ्कीत भएका छन । बिहान तथा साँझ पखको समयमा १५÷२० वटा कुकुरका समुहले मानीसलाइ लखेट्ने खोरमा कुखुरा तथा बाख्रा खशी टोकेर मार्ने गरेको छ । १३गते बिहान मात्रै सुनिल तामाङ्ख,लालामान ताामाङ्ख, रुकमणी बस्नेत,लगाएका बाख्रालाइ आक्रमण गर्ने मानीसलाइ झम्टुर लखेट्दै खोरको खशी मारेको छ ।
कुकुरले खशी बाख्रा कुखुरा मार्ने गरेकोकारण कुकुरलाइ कसरी नियन्त्रणमा लिने भन्ने बारेमा स्थानीय नागरिकहरु चिन्तीत बनेका छन ।यसरी कुकरुले दुख दिन थाले पछी १४गते बसेको नगर बिपद व्यवस्थापन समितीमा आफुले यसको नियन्त्रणका लागी पहल गर्न प्रस्ताव गरेको वडा अध्यक्ष उद्धब नेपालले जानकारी दिनु भयो । उँहाले कुकुर मार्ने नियम छैन यसलाइ समातेर अरु ठाँउमा लग्दा पनी जँहा छोडेको हो त्यँहाका अरु मानीसलाइ दुख दिन्छ यसको समाधान कसरी गर्ने भन्ने बिषमा आफुहरु नै अन्योलमा रहेकाले के गर्ने भन्ने बिषयमा निर्णयमा पुग्न समस्या रहेको अभ्यक्ष नेपालले बताउँनु भयो । उँहाले जसरी भए पनी नागरिक र पशु पन्छीको सुरक्षा गर्न पर्ने आफुमा चुनौती आइ लागेको बताउँनु भयो । यो समस्याको समाधानका लागी नगरपालिका स्थानीय प्रशासन सँँग अनुरोध गरेको बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका १४ डडुवामा घरपालुवा कुकुर सँग जुध्ने, खोर खोरमा गएर टोक्ने गरेको छ । यसको नियन्त्रण कसरी गर्ने भन्ने बिषयमा छलफल भइरहेको वडा अध्यक्ष नेपालले बताउँनु भयो ।