शुद्ध व्यवसाय गर्न मन्त्री भण्डारीको आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चामल, तेल तथा दाललगायतका वस्तु उपभोक्तालाई सहज र सुलभरुपमा उपलब्ध गराएर शुद्ध व्यवसाय गर्न सम्बद्ध व्यवसायीलाई आग्रह गर्नुभएको छ । मन्त्रालयमा आज नेपाल चामल तेल दाल उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडलगायतको टोलीले कच्चा दाल, गेडागुडी आयातमा १० प्रतिशत र धान आयातमा दुई दशमलव पाँच प्रतिशत अग्रिम आयकर खारेजका सम्बन्धमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले विभिन्न अवस्था देखाएर महङ्गी नबढाउन आग्रह गर्नुभएको हो ।
मन्त्री भण्डारीले भन्नुभयो, “उद्योगी व्यवसायीलाई चिन्ने उद्योग मन्त्रालयले हो, उपभोक्ताको हितमा शुद्ध व्यवसाय गरेमा उद्योगी व्यवसायीका मर्का यो मन्त्रालयले जुनसुकै हालतमा बुझ्छ, तपाइँहरुले यो अवधिमा उपभोक्ताको हितमा पनि ध्यान दिनुस्, मुनाफा मात्रै नसोचिदिनुस् ।” अन्तर्राष्ट्रिय मूल्य वृद्धि भयो भन्दै बजारमा खानेतेलको मूल्य बढाउने क...
