नेपाली काँग्रेस ईन्द्रावतीले गर्यो चियापान कार्यक्रम
नेपाली काँग्रेस ईन्द्रावती गाउँपालिकाले चियापान कार्यक्रम गरेको छ । शनिबार नवलपुरमा नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवन थापामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक कांग्रेस जिल्ला सभापति जंग बहादुर लामाले पार्टीमा गुट उपगुट नरहेको बताउनुभयो ।
‘पार्टी भित्र कुनै गुट छैन यहाँ यो गुट उ गुट भन्ने प्रवृत्ति छ गुट अधिवेशन को बेला मात्रै हुन्छ अधिवेशन सकिएपछि के को गुट लामाले भन्नुभयो’ गुट उपगुट केही छैन हामी कांग्रेसीहरु एक हनुपर्छ । लामाले पार्टी भित्रको तह तहको जिम्मेवारी पूरा गर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
यसैगरी महासमिति सदस्य वंशलाल तामाङले यदि साच्चिकै कांग्रेस एकताबद्व हुने हो भने कांग्रेसलाई हराउन कसैले नसक्ने धारणा राखे । कांग्रेस को चुनौती भनेको कांग्रेस नै हो यहि समस्या ले गर्दा मात्रै निर्वा...
