सम्पर्क

बाह्रबिसे–६ को वडा बाल सञ्जालमा जिजिन डोमा शेर्पा

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ मा वडा बाल सञ्जाल गठन गरेको छ ।
बिहिबार बालमैत्री स्थानीय शासन कार्यक्रमको पूर्वतयारीका लागि बाह्रबिसे नगरपालिकाको आर्थिक सहयोगमा नेत्रज्योति मिडिया हाउसको समन्वयमा कालीदेवी माध्यमिक बिद्यालयको छात्रा जिजिन डोमा शेर्पाको अध्यक्षतामा वडा स्तरिय सञ्जाल गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा गोरखानाथ आविका सरिता शेर्पा, सचिवमा कालीदेवी माविका आनन्दि तामाङ र कोषाध्यक्षमा सेतिदेवी आविका परिमाया तामाङ रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा दिपज्योती अविबाट प्रिन्सी श्रेष्ठ, गोरखानाथ आविबाट पेम्जा शेर्पा, कालीदेवी माविबाट छिरिङ तामाङ, सेतीदेवी आविबाट याङलामु तामाङ, दिपज्योती आविकै ग्रेस्वीन तामाङ, गोरखानाथ आविकै हिमाली तामाङ र कालीदेवी आविका जीवन तामाङ रहनु भएको छ ।
कार्यसमितिमा पुर्नगठन हुनेगरि हालको कार्यसमिति चयन गरिएको आयोजकले जनाएको छ । बालमैत्री स्थानीय शासनका लागि तय गरिएको निर्देशिकामा बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ ।