सम्पर्क

समाचार

बहुउद्देश्यीय कृषि नर्सरी व्यवस्थापन तालिम सम्पन्न

कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
देबराज सुबेदीअष्ट्रेलियन सरकारको आर्थिक सहयोग, प्राक्टिकल एक्शनको साझेदारीमा, सिडिइसिफ द्धारा सञ्चलित बहुप्रकोप÷पहिरो पूर्व सुचना प्रणाली परियोजना अन्र्तगत पहिरो उच्च जोखिममा रहेका तथा न्युन आय भएका समुदायहरुलाई लक्षित गरि बहुउद्देश्यीय कृषिवन नर्सरी व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न भएको छ । परियोजनाको कार्यक्षेत्र रहेको पाचँपोखरी थाङपाल गाँउपालिका अन्र्तगत वडा नं ७ दनुवार बस्ती र हेलम्बु गाँउपालिका अन्र्तगत वडा नं ४ ग्याल्थुङ दलित बस्तीमा मिति २०८१ माघ २१ देखि माघ २४ सम्म तालिम कार्यक्रम सन्चालन गरिएको थियो । बिशेष गरि फलफुल, तरकारी र वनबिरुवा लगायतका बिरुवाहरु उत्पादन गर्ने उद्देश्यका साथ परियोजनाकै सहयोगमा स्थापित हाइटेक टनेलमा बिभिन्न प्रजातीका बिउहरु रोपिएको हो । तालिम कार्यक्रमको उदघाटन गर्दै, प्राक्टिकल एक्सनका कार्यक्रम व्यवस्थापक, बिना खड्काले तालिम कार्यक्रम बिशेष गरि पहिरो उच्...

चौतारामा खानेपानी प्रशोधन केन्द्र सञ्चालनमा

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकामा सञ्चालन रहेको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिले आजबाट गुणस्तरी खानेपानी प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट ) सञ्चालनमा ल्याएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भक्तपुरबाट ६ करोड २५ लाख लगानीमा निर्माण भएको प्रशोधन केन्द्रको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गर्नुभए पछी चौताराका उपभोक्ताहरुले गुणस्तरिय एवम् स्वच्छ खानेपानी पिउन पाउने भएको हो ।उद्धघाटनमा मन्त्री यादवले खानेपानी योजनाका लागि जनताले तीसप्रतिशत रकम सह लगानी गर्नुपर्ने वाध्यताको अन्त्य गरिनेबताउँनुहुँदै खानेपानी जस्तो अत्यावश्यक चिजमा जनतालाई तीस प्रतिशत रकम ब्यहोर्न लगाउनु गलत भएको बताउनुभयो । उहाँले खरवौंको सडक बनाउँदा सरकारले जनतासँग एक रुपैयाँ पनि अशुल नगर्ने तर खानेपानी आयोजनाका लागि भने सरकारले ७० प्रतिशत मात्र लगानी गर्दै जनता...

जिससद्धारा जिल्ला स्तरिय बक्तृत्वकलाप्रतियोगिता सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य, स्वास्थ्य
समाजमा स्वच्छ वातावरणको लागी बिद्यार्थीको भुमिका“बिषयक बक्तृत्वकलामा प्रतियोगितामा थाङ्पालधाप मा.बि , पाँचपोखरी थाङपालधाप गाँउपालिकाले पहीलो र तेश्रो स्थान हासिल गर्न सफल भएको छ । जिल्ला सम्मन्वय समितीको सभाहलमा बिहीबार भएको प्रतियोगितामा जिल्लाका ११पालिकाका २६वटा बिद्यालयले भाग लिएको थियो ।जिल्ला सम्मन्वय समितीद्वारा आयोजित , “ समाजमा स्वच्छ वातावरणको लागी बिद्यार्थीको भुमिका“ बिषयक , जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता २०८१ , जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो । साहयक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली सहीतको मुल्याङ्कन समुहले थाङ्पालधाप मा.बि , पाँचपोखरी थाङपाल गाउँपालिकाका शर्मीला भट्टराइले प्रथम गृनल्याण्ड सेकेण्डरी स्कुल , बलेफी गाउँपालिका जेनि श्रेष्ठले दोश्रो र ,थाङपालधाप मा.बि ,, पाँचपोखरी थाङपापालधाप गाउँपालिका दार्शनिक पौडेलले तृ...

झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि काउन्सिलको कारबाहीमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ सामग्री सम्प्रेषण भएपछि कारबाही गरिएको काउन्सिलले मंगलबार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।‘प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गम्भीर उल्लङ्घन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ ।’ काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञ...

मोना कतारले आगामी शुक्रबार १२औं साधारण सभा गर्दै

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले १२औं साधारण सभा गर्ने भएको छ । “प्रवासी म्याग्देली दृष्टि,सम्बृद्ध म्याग्देली सृष्टि” भन्ने मुल नाराका साथ कतार देखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको समाजले आगामी शुक्रबार २२आंै बार्षिकोत्सवको अवसर पारेर बिविध साँस्कृतिक कार्यक्रमको साथमा साधारण सभा गर्ने भएको हो । समाजका अध्यक्ष राजु पौडेलले लोकप्रियकर्मी सगंको सवांदमा साधारण सभा तथा बिविध साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । पौडेलले अधिवेशनको अवसर पारेर डिसेम्बर १ तारिक देखी नै साधारण सदस्य र आजिवन सदस्य खुल्ला गरिएको जानकारी दिदै कतारलाई कर्म थलो बनाईरहेका म्याग्देलीहरुलाई समाजमा आवद्ध हुन सबैलाई आग्रह गर्नुभएको छ । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रह...

विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २२ माघः क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो । “क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन”, उहाँले भन्नुभयो, “यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो । थाइराइड, उच्च रक्तचाप, मधुमेह...
विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २२ माघः आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा प्...

निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकमा नयाँ कार्यसमिति, अध्यक्षमा दुर्गा ढुङ्गेल

ब्रेकिङ न्युज २, समाचार
नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको अध्यक्षमा दुर्गा प्रसाद ढुङ्गेल चयन हुनु भएको छ । संगठनको १२औं जिल्ला अधिवेशनबाट ढुङ्गेललाई अध्यक्षमा चयन गरेको हो । संगठनको उपाध्यक्ष डुम बहादुर विक, उपाध्यक्ष (महिला) पुनम भण्डारी, सचिव डोल बहादुर घले, कोषध्यक्ष राजन भुजेल र सहसचिवमा राजेन्द्र प्रसाद सुवेदी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा जगदिश ढकाल, सरोज धिताल, गंगादत्त कपाडी, लिला श्रेष्ठ, रविराज धिताल, कृष्ण कुमार शा, प्रगती भण्डारी, हरी कृष्ण खड्का, समिता थापा, चण्डीका चौलागाई र ज्ञानु तामाङ रहनुभएका छन् । यसैगरी प्रदेश प्रतिनिधीमा तिलक राई, अनिरुद्र तिमल्सिना र जयदेवी खड्का चयन हुनुभएको छ । केन्द्रिय प्रतिनिधी तर्फ कमलादेवी श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, गोविन्द प्रसाद कोईराला र रामा प्रसाद न्यौपाने चयन हुनुभएको छ ।...
शिक्षक भलिबलको उपाधी तेर्से माबिलाई

शिक्षक भलिबलको उपाधी तेर्से माबिलाई

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी मेलम्ची, हेलम्बु, पाँचपोखरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी तेर्से माविले जितेको छ । मेलम्ची नगरपालिका वडा नं. ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका स्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको आइतबार भएको फाइलन खेलमा जाल्पादेवी मा.वि., जैसीगाउँलाई ३–१को सेटमा पराजित गर्दै आयोजक श्री तर्से मा.वि. विजेता बन्न सफल भएको छ । त्यसैगरी महेन्द्र मा.वि. इचोकले हेलम्बु बोधिसत्व मोडल स्कुललाई २–१ पराजित गर्दै तृतीय स्थान हासिल गरेको प्रधानाध्यापक योगबहादुर अर्यालले जानकारी दिनुभयो । शुक्रबार सुरुभएको खेलमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका १६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । बिजेतालाई २५ गते बार्षिक उत्सवका अवसरमा प्रथम, दित्तिय र तृतीय...

इन्द्रावतीमा अपाङ्गता समाबेशी भू–संरक्षण अभ्यास प्रवर्धन कार्यक्रम सञ्चालन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
इन्द्रावती गाउँपालिकामा अपाङ्गता समाबेशी भू–संरक्षण अभ्यास प्रवर्धन कार्यक्रम सञ्चालन भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम ९ग्ल्म्ए न्भ्ँ क्न्ए० को सहयोगमा यो कार्यक्रम सञ्चालन भएको हो । सिन्धुपाल्चोक जिल्ला बाढी, लगातारको पहिरो तथा भू–क्षयको हिसाबले नेपालको सबैभन्दा जोखिममा रहेको जिल्ला हो । पहिरो जाने र जमिनको क्षति हुने बिभिन्न कारणहरु छन् । त्यसमा भौगर्भिक अवस्था, अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, अवैज्ञानिक खेती प्रणली र जलवायु परिवर्तनको नकारात्मक असर प्रमुख कारण हुन् । भूू–क्षयको पीडा सबैलाई छ तर अपाङ्गता भएका व्यक्तिहरू यसको उच्च जोखिममा छन् । समुदायमा अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा उपेक्षित र पिछडिएका समूह भित्र पर्दछन् । उनीहरुका सवालहरू विकास, विपद् जोखिम र जलवायु परिवर्तन आदिमा कमै सम्बोधन हुने गरेको पाइन्छ । इन्द्रावती...