सम्पर्क

समाचार

पिस्करले सम्झ्यो छत्र कमरेडलाई

ब्रेकिङ न्युज २, समाचार
पिस्कर आन्दोलनका अग्रज व्यक्तित्व तथा विद्रोही जनप्रतिनिधिको रूपमा जनतामा असाधारण योगदान दिने छत्र बहादुर बोहरा नेपाली कम्युनिस्ट आन्दोलनमा निष्ठा र त्यागको धरोहर हुनुहुन्थ्यो । हिजोको पिस्कर सामन्ती शोषण, दमन र अत्याचारको कृडास्थल नै थियो । त्यही कारणले पिस्करले विद्रोहको नयाँ जग बसाल्यो । बर्गसंघर्षको नयाँ आधार भूमि निर्माण गर्‍यो । पञ्चायती निरङ्कुश राजतन्त्र विरुद्ध उठेको विद्रोहको प्रेरणाको श्रोत बन्यो पिस्कर । यो गरिब भन्दा गरिब किसानले जमिनदारी प्रथा विरुद्ध छेडेको वर्ग सचेत जागरणको इतिहास हो पिस्कर आन्दोलन । यो आन्दोलन जनस्तरको गहिराई र व्यापक समुदायमा फैलाउने अभियानका आधा दर्जन अगुवाहरू मध्ये एक र बारम्बार जनताबाट निर्वाचित हुँदै आफ्ना कर्महरूलाई बेदाग अनुमोदन गरिरहने जनताका लोकप्रिय नेता, अरू भन्दा अलग भूमिकामा रहेर विशिष्ट छाप छोड्न सक्ने कुशल ब्याक्तित्वको रूपमा अधिकांशका स्मृत...

मोना कतारको १२औँ साधारणसभा भब्य रुपमा सम्पन्न, अध्यक्षमा भण्डारी सर्वसम्मत

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक म्याग्दी जिल्ला रघुगङ्गा गॉउपालीका वडा नंं. २ भगवती निवासी बाबुराम भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारको १२औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रवार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा दुई चरणमा सम्पन्न साधारणसभाको बन्द सत्रबाट ३० सदस्यीय नयाँ कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ । २२औँ वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न साधारणसभाको सर्वसम्मत भएको कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्ष मगंला गाउँपालिका वडा नं. ४ का देवी दत्त कँडेल, प्रथम उपाध्यक्ष मालिका गॉउपालीका वडा न ५ रुन्माका पदम पुन, उपाध्यक्ष– रघुगंगा गॉउपालीका वडा न ३ पिप्लेका रुकुम श्रीपाली, महासचिव अन्नपूर्ण गॉउपालीका वडा न ६ घारका कृष्ण खड्का (शिव), सचिवद्धय रघुगंगा गॉउपालीका वडा न ३ पिप्लेका नरेन्द्र कुमार दर्जी र अन्नपूर्ण गॉउपालीका...

तमू प्ले ल्हु संघ कतारद्धारा “चेलीबेटी भोज तथा सम्मान“कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार तमू प्ले ल्हु संघ कतारको आयोजनामा “चेलीबेटी भोज तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । “शास्त्र हराए संस्कार हराउछ,संस्कार हराए संस्कृति हराउछ,संस्कृति हराए मान्छेको अस्तित्व नै हराउछ“ भन्ने मुल नाराका साथ शुक्रबार वेलफेयर रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष चन्द्र ल्हेगे तमुको सभाअध्यक्षता तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसी प्रमुख आतिथ्यतामा“माँङी त्हें कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका सभापतिलाई गुरुहरुले क्रेगीले र प्रमुख अतिथीलाई पछ्यौरी ओढाएर सम्मान गर्दै बिधिगत रुपमा कार्यक्रमको ब्यानर उदंघाटन तथा दिप प्रज्वलन गरेर अघि बढेको थियो । संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक क्षेत्र बहादुर थिम्जेले स्वागत मन्तव्य राखेको कार्यक्रममा दुर्गा गुरुङ जिना गुरुङले स्वागत नृत्य पेश गरेका थिए । संघका संरक्षक सदस्य रबिन्द्र त...

म काँग्रेस हुँ र काँग्रेस भएकै नाताले म हरेक बिकासका कामको लागी योग्य छु भन्ने आत्मा बिश्वासका साथ अगाडी बढ्न पर्ने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अधिराजकुमार बस्नेत , नेपाली काँग्रेसका सबै तहका नेता तथा कार्यकर्ताको लागी म काँग्रेस हुँ र काँग्रेस भएकै नाताले म हरेक बिकासका कामको लागी योग्य छु भन्ने आत्मा बिश्वासका साथ अगाडी बढ्न पर्नेनेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । बस्नेतले नेपाली काँग्रेसको क्षेत्र नं १सिन्धुपाल्चोकका पालिका पाटी सभापतीहरु वडा सभापतीहरुलाइ शनीबार बाह्र्बिसेमा नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाबाट प्राप्त सक्रिय सदस्यता हस्तानन्तरण गर्दै यस्तो बताउँनु भएको हो । उँहाले क्रियासिल सदस्य दिदा नेपाली काँग्रेसको बिधान, निती भित्रकाम गरेको छकी छैन राम्रो सँग बिचार गरेर दिन पर्ने बताउँदै क्रियासिल सदस्य लिने बेलामा त छाड म छाड गर्ने अनी पाटीको कार्यक्रममा नहुने जनतालाइ समस्या पर्दा जनताको साथमा नहुने बिकासको नाममा केही नगर्नेलाइ कुनै पनी नेता मान्न नसकीने भएकाले...

राष्ट्रिय युवा संघ नेपाल चौतारा साँगाचोकगढी नगरकमिटिको अध्यक्षमा राम तामाङ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
राष्ट्रिय युवा संघ नेपाल चौतारा साँगाचोकगढी नगरकमिटिको अध्यक्षमा राम तामाङ चयन हुनुभएको छ । शनिबार राष्ट्रिय युवा संघ नेपालका उप–महासचिव राजन थापाको प्रमुख आतिथ्यतामा नगरकमिटीको दोश्रो अधिवेशनबाट तामाङको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन भएको हो । संघको उपाध्यक्षमा अनुप श्रेष्ठ, सचिवमा सुवाष अर्याल, सह–सचिवमा अंकीत श्रेष्ठ र विकास थापा, कोषाध्यक्षमा सृष्टि जोन्से निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रादिप श्रेष्ठ, सुनिल तामाङ, विश्व तमाङ, राजेश श्रेष्ठ, रमेश लामा, कुमार तामाङ, सुशिल श्रेष्ठ, निरज तामाङ, राजन खत्री, प्रदिप खत्री, निरोज कार्की, न्युटन कार्की, फुलकाजी तामाङ, राजु माझी र सिताराम माझी सर्वसमत चयन भएको संघका पुर्व अध्यक्ष सुबास तामाङले जानकारी दिनुभयो ।...

बाँझो जग्गामा सामूहिक आलुखेती

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
खोटाङ, २६ माघः यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका छन् । स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका हुन् । “रु १५ हजारमा जग्गा भाडामा लिइएको छ”, मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भन्नुभयो, “सामूहिक आलुखेती गर्न सङ्घीय सरकारले रु १५ लाख बजेट उपलब्ध गराएको छ । यो वर्ष कम्तीमा एक सय मुरी आलुको बीउ रोप्ने योजना बनाएका छौँ ।” हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको उहाँले जानकारी दिनुभयो । एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताउनुभयो । प्रतिमुरी रु चार हजारका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो । आलुखेतीमा प्रतिट्र्याक्टर रु छ हजारका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ । गाउँप...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, २६ माघ : काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको राससलाई जानकारी दिनुभयो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन.रासस...

ज्यामिरेमा वडास्तरीय अन्तर विद्यालय प्रतिस्पर्धा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
ज्यामिरे/ मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरेमा वडा स्तरीय अन्तर विद्यालय विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।वडा शिक्षा समितिले गोल्मेश्वरी आधारभूत विद्यालय मानेडाँडामा शुक्रवार वडा भित्रका सामुदायिक विद्यालय बिच तहगत फरक फरक विधामा चित्रकला, हाजिरीजवाफ, वादविवाद र निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको हो ।कक्षा १-३ का विद्यार्थीलाई सहभागी गराएको चित्रकला प्रतियोगितामा सातकन्या मावि रातमाटाकी आयुष्मा तामाङले प्रथम स्थान ल्याउन सफल हुनु भएको छ । द्वितीय जनता माविकी करिश्मा खड्का र तृतीय रक्तकाली आविका प्रवेश मिजार भएका छन्। त्यसै गरी सान्त्वना पञ्चकन्या आविका आइतेसिं तामाङ हुनु भयो । कक्षा ४-५ स्तरीय हाजिरी जवाफमा प्रथम जनता मावि, द्वितीय गोल्मेश्वरी आवि, तृतीय क्यौलेठाना आवि र सान्त्वना पञ्चकन्या आवि भएका छन्। यसै गरी कक्षा ६-८ स्तरीय छोरीलाई दाइजो भन्दा शिक्षा दिन बेश भन्ने ...

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको छ । शुक्रबारसम्म काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिइ सनसनीपूर्ण बनाउने, पीडितका भिडियो/तस्बिर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेका युट्युब च्यानल कारबाहीमा परेका छन् ।५१ वटा युट्युब च्यानलमध्ये १५ वटा युट्युबले साम्रगी हटाउन काउन्सिलले दिएको निर्देशन पालना नगरेपछि थप कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार भएको छ । यस्तै १६ वटा युट्युब च्यानलले भने काउन्सिलले मौखिक निर्देशन दिएपछि क्षमायाचनासहित सामग्री हटाएका छन् । काउन्सिलले ११ वटा युट्यु्ब च्यानललाई पत्राचार गरी पत्रकार आचारसंहिता विपरीतका त्यस्ता सामग्री हटाउन भनेकोमा ७ वटाले सामग्री हटाइ क्षमायाचना सहितको जवाफ पठाएका छन् ।केही दि...

तेर्से माध्यमिक विद्यालयको ३४ औं बार्षिक उत्सव सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
देबराज सुबेदी  तेर्से माध्यमिक विद्यालयको ३४ औं बार्षिक उत्सव सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य,उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व नगर प्रमुख डम्बर अर्याल,वडा अध्यक्ष प्रेमबहादुर तामाङ,समाजसेवी पुर्व ब्यबस्थापन समिति अध्यक्ष बालकृष्ण देउजा,निलबहादुर शाहि,निवर्तमान वडा अध्यक्ष जितराज थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले विद्यालयलाई यो स्थानसम्म ल्याउन सहयोग पुर्याउनेहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षण सिकाइ मात्र नभएर स्थानीय तहले गर्नुपर्ने कामका बारेमा अनुगमन गर्ने गरेको बताउनुभयो । उहाँले मेलम्ची नगरपालिका भित्रको उत्कृष्ट विद्यालय भएकाले तेर्से माध्यमिक विद्यालयमा आएर शुभकामना व्यक्त गर्नपाउँदा खुशी लागेको बताउनुभयो । काठमाडौमा रहेको निजि र सरकार...