भातृ संगठन जुरमुरायो जिल्लामा काँग्रेस बलियो र पहिलो हुन्छ ः सभापति लामा
सिन्धुपाल्चोक कांग्रेस सभापति जंग बहादुर लामाले सिन्धुपाल्चोकमा कांग्रेसलाई ८४ को चुनावमा पहिलो र बलियो बनाउन भातृ संघ संस्थाहरु जुर्मुराएको बताउनुभएको छ ।
बिहिवार नेपाल तामाङ संघ सिन्धुपाल्चोकको प्रथम अधिवेशन लाई सम्बोधन गर्दै सभापति लामाले २०८४ सालको चुनावमा जिल्लामा नेपाली काँग्रेसलाई पहिलो र बलियो पार्टी बनाउन भातृ संगठनहरु जुर्मुराएको देख्दा खुशी व्यक्त गर्नुभयो ।
सभापति लामाले तामाङ संघ जन्मेको १८ वर्षपछि बल्ल आज अधिवेशन भएकोले यो ऐतिहासिक दिन भएको बताउनुभयो । तर १८ वर्षसम्म संगठन नबन्दा नेतृत्व विकास नभएकोमा उनले दुखेसो समेत पोख्नुभयो । तामाङ संघको स्थापनले पार्टीलाई थप उचाईमा पुर्याउने विश्वासका साथ सिन्धुपाल्चोकमा काँंग्रेसलाई मजबुत बनाउन संगठनहरु सक्रिय भएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङले देश विकास...
