सम्पर्क

समाचार

सिन्धुपाल्चोकका महिलाको टोली ‘द ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा

ब्रेकिङ न्युज २, समाचार
  ताप्लेजुङ, ४ चैतः नेपाललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकका महिलाको एक टोली ‘द ग्रेट हिमालयन ट्रेल’ (जिएचटी) को पद्यात्राका लागि ताप्लेजुङ आइपुगेको छ ।कूल १३ सदस्यीय टोली सिन्धुपाल्चोकबाट यात्रा प्रारम्भ गर्न ताप्लेजुङ आइपुगेको हो । आइतबार पाथीभराको दर्शन गरेपछि टोली आज बिहान सदरमुकाम फुङ्लिङबाट फक्ताङलुङ गाउँपालिकातर्फ प्रस्थान गरेको छ । टोलीमा १९ वर्षीया सिन्धुपाल्चोककी प्रमिता सापकोटा र ६५ वर्षीय दाङका सुन्दरकुमार चौधरीसमेत सहभागी रहेका छन् । टोलीमा १२ जना महिला छन् । पदयात्रा टोलीका नेतृत्वकर्ता माया गुरुङले आज फक्ताङलुङ गाउँपालिका अध्यक्षसँग भेट गरी पर्यटन प्रवद्र्धनका सम्भावनाबारे छलफल गर्ने बताउनुभयो । नेपाली महिलाको साहसिक पर्यटनमा सहभागिता अभिवृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ पदयात्रा सुरु...

सामानको गुणस्तर का बारेमा उपभोक्ताले पनि जानकारी पाउँनुपर्छः प्रजिअ थापा

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
बजारमा खरिद गरिएको सामान गुणस्तरीय छन की छैनन् र मुल्य कस्तो छ भन्ने बिषयमा उपभोक्ताले पनि जानकारी पाउँन पर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउँनु भएको छ ।उहाँले आइतबार उपभोक्ता अधिकार दिवसको अवशरमा चौतारा साँगाचोकगढी नगरपालिका ५ को वडा कार्यलयको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । कार्यक्रममा उहाँले राम्रा काम गर्नेलाई प्रोत्साहन र नराम्रा काम गर्नेलाई दण्ड सजाएको व्यवस्था भएकाले उपभोक्ताहरुमा बढि मुल्य लिने, सस्तोको नाममा म्याद गुज्रेको समाग्री बिक्री गर्ने कार्य पनी हुन सक्छ त्यसकारण सामानको मिती हेर्ने बिल लिने बिल लिदा मिती र सामानको नाम मुल्य प्रष्टसँग लेख्न लगाउँन पर्ने लगाएतका उपभोक्ताहरुले ध्यान दिनपर्ने कुराहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । विश्व उपभोक्ता अधिकार दिवशका अवशरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले उपभोक्ता...

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

ब्रेकिङ न्युज १, समाचार
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शङ्खमूलस्थित बाग्मती नदी किनारमा भएको सफाइबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ६१८औँ हप्तामा आज शङ्खमूल दोभानस्थित बाग्मतीको सेतो पुल क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका पदाधिकारी एवं कर्मचारी, स्थानीयवासी, आलोकनगर बाग्मती सफाइ समूहको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । यही चैत ९ गते शनिबार ६१९औँ हप्तामा विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ । विशेष कार्यक्रमका साथ गरिने उक्त दिनको सरसफाइ अभियानमा सहभागिताका लागि महाअभियानले अपिल गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएको छ । महाअभियानबाट प्रभावित भएर देशका मुख्य नदी, सहर गरी १०८ भन्दा बढी...
नेपाल मगर संघ शाखा कतारले ४३औं स्थापना दिवस मनायो

नेपाल मगर संघ शाखा कतारले ४३औं स्थापना दिवस मनायो

समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार नेपाल मगर संघ केन्द्रिय कार्यालय काठमाडौ बाट वैदेशिक शाखाको रुपमा मान्यता प्राप्त नेपाल मगर संघ शाखा कतारले स्थापना दिवस मनाएको छ । नेपाल मगर संघ शाखा कतारका अध्यक्ष रेशम आले मगरको सभापतित्व नेपाल मगर संघ केन्द्रिय कार्यालय काठमाडौका ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा शुक्रबार ग्रान्ड मल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा “४३ औ स्थापना दिवस“ भब्य रुपमा मनाएको हो । बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन सगैं स्थापना दिवसको अवसरमा केक काटेर अघि बढेको कार्यक्रममा संघकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवी कुमारी मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभापती,प्रमुख अतिथि साँस्कृतिक वाङ्ग राजा लगायत विशिष्ट अतिथीहरुलाई फेदा लगाएर सम्मान गरिएको थियो । नेपाल मगर संघ साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकारहरुले नृत्य प्रस्तुती राखेका थ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

ब्रेकिङ न्युज २, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ । इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।...

मेलम्ची आफैंमा एउटा ईतिहास, अवसर र चुनौति भएको नगरपालिका हो ः प्रचण्ड

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची आफैंमा एउटा ईतिहास, अवसर र चुनौति भएको नगरपालिका भएको बताउँनु भएको छ । ‘प्रचण्ड’ ले पूर्व राजाको समर्थनमा दशहजार मान्छे सडकमा उतार्दै केही नहुने ‘हिजो इतिहासमा हजारौँ जनताको छोराछोरीहरूको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र दशहजार हजार मान्छे उर्फिँदैमा उल्ट्याउन सम्भव नहुने बताउँनु भयो । नेकपा (माओवाादी केन्द्र) मेलम्ची नगर समितिको तेस्रो नगर सम्मेलन जागरणसभा तथा सहिद प्रतिष्ठान मेलम्चीको भवन उद्घाटन खवरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउँनु भएको हो । उँहाले मेलम्चीको पानी काठमाण्डौ लगेबापत लेबी दिन आफु तैयार हुँदाको अबस्थामा निर्णय गर्न नपाउँदै सरकार ढलेको तर सरकारमा नभए पनी पुर्ब प्रधानमन्त्री तथा प्रमुख प्रतीपक्ष दलको नेता भएको हैसियतले पनी यसलाइ सदनबाटै लेबीको व्यवस्...
११५औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान सम्पन्न, ५० जनाले गरे रक्तदान

११५औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान सम्पन्न, ५० जनाले गरे रक्तदान

समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक कतार ११५औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान सम्पन्न भएको छ । नेपाली महिला समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा सम्पन्न “बृहत् रक्तदान“ कार्यक्रममा ५० जना नेपालीहरुले रक्तदान गरेका छन । महिला समाज कतारले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा १७५ जनाको उपस्थिति रहेको थियो । जस मध्य रक्तदानको लागी ८२ जनाले रजिष्ट्रेसन गरेका थिए । ५० जनाले रक्तदान योग्य रहेको ३२ जनाले रक्तदान गर्नबाट बञ्चित भएको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो । “रक्तदान जिवनदान“ भन्ने मुल नारालाई आत्म साथ गर्दै रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर रक्तदान गरेका दाताहरुलाई समाजकी अध्यक्ष लोक माया केसीले धन्यवाद प्रकट गर्दै प्रशंसा पत्र समेत प्रदान गर्नु भएको थियो । कतारको बल्ड डोनेसन सेन्टरमा बिहान...
स्ववियु र विब्यस चौतारामा एमाले कांग्रेसको सहकार्य

स्ववियु र विब्यस चौतारामा एमाले कांग्रेसको सहकार्य

ब्रेकिङ न्युज १, समाचार
चौतारा बहुमुखी क्याम्पस चौतारामा चैत्र ५ गते हुने आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको छ । निर्वाचनमा अनेरास्ववियुको तर्फबाट सुशील तामाङ स्ववियु सभापतिको साझा उमेद्वार बनाईएको छ । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको सदरमुकाम केन्द्रमा रहेको जिल्लाकै शैक्षिक धरोहरको रुपमा परिचित विद्यालय कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको (आज) शनिबार हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा समेत दुई ठूला दल एमाले र कांग्रेसको सहकार्य भएको छ । विव्यसको निर्वाभनको लागि साझा उमेद्वार निमेष श्रेष्ठ तय गरिएको छ । विव्यसको चार सदस्यको लागि हुने निर्वाचनमा श्रेष्ठ सहित विन्दा पुरी, निमा ग्याल्जेन लामा र लजिता श्रेष्ठ नेकपा एमाले र नेपाली काग्रंसको तर्फबाट उमेद्वार बनाईएका हुन् । नेकपा एमाले नगर कमिटी अध्यक्ष दीपक नेपाल र नेपाली कांग्रेस नगर सभापति ईन्...

जिल्ला अदालत बार इकाई सिन्धुपाल्चोकको नबनिर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण

ब्रेकिङ न्युज २, समाचार
जिल्ला अदालत बार इकाई सिन्धुपाल्चोकको नबनिर्वाचित पदाधिकारीहरुद्धारा सपथका साथ पदभार गरेका छन् । जिल्ला बार एसोशिएसनको सभाहलमा जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा जिल्ला अदालत सिन्धुपाल्चोकका जिल्ला न्यायधिबक्ता (एसोसियशनको निर्बाचन समिती) शान्ती प्रसाद शर्मा, जिल्ला अदालतका प्रतिनिधी श्रेस्तेदार प्रेम प्रसाद पौडेल कार्यालय रहेको वडाका सदस्य राम बहादुर घले लगायतको आतिथ्यतामाको अतिथ्यतामा एक समारोहका बिच सपथ ग्रहणका साथै पदभार कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिसस प्रमुख बालकृष्ण श्रेष्ठले न्यायीक क्षेत्र भनेका आम नागरिकको भरोसा र बिश्वासिलो क्षेत्र भएकोले यसका लागी बार एसोसियशनको ठुलो भुमिका हुने भएकाले यो भुमिका निर्बाह गर्न भुपेन्द्र बहादुर थिङ सक्षम रहेकाले पनि तेश्रो पटक निर्बाचीत भएको महशुस गरेको बताउँदै ब्यक्तिगत रुपमा थिङ आर...

गुल्मीमा हत्या र काभ्रेपलाञ्चोकमा शृङ्खलाबद्ध डकैतीमा संलग्न पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १ चैत : हत्या, शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा डाँका चोरीमा संलग्न उनलाई आज ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो । विकास, मोटे, अर्जुन भन्ने नामबाट आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका ४१ वर्षीय तामाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा डलर ठगी, ललितपुरमा डाँका चोरी तथा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा शान्ति सुव्यवस्था तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिनुभयो । तामाङको मुख्य योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मीको मुसिकोट नगरपालिका–७ मा अवस्थित गङ्गा होटलका सञ्चालक ५८ वर्षीय गोपालकुमारी शेरचनलाई होटलमा हातखुट्टा र म...