सम्पर्क

समाचार

पर्वत समाज कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/ लोकप्रिय समाचार दैनिक पर्वत समाज कतारले उपचारको क्रममा फागुन ८ गते कतारमा निधन भएका संस्थाका आजीवन सदस्य दिपक परियारको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । फलेवास नगरपालिका–५ खानीगाउँ निवासी मृतक परियारको परिवारलाई नगर प्रमुख गंगाधर तिवारी र उप–प्रमुख शोभा कुमारी क्षत्रीको उपस्थितीमा पर्वत समाज कतारका संरक्षक एवं अन्तर्राष्ट्रिय पर्वत समाजका कार्यसमिति सदस्य नन्दलाल बिश्वकर्मा(अजय)ले सोमबार सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । पर्वत समाज कतारको तर्फबाट संकलित ५४ हजार ८ सय ३४ रुपैयाँ र अन्तर्राष्ट्रिय पर्वत समाजको तर्फबाट प्राप्त ५० हजार गरि एकमुष्ट १ लाख ४ हजार ८ सय ३४ रुपैयाँ वडा अध्यक्ष नारायण लामिछानेलाई हस्तान्तरण गरिएको पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्रीले जानकारी दिनुभयो । स्वर्गीय परियारको छोरीहरु नावालिक रहेको र एकाघरका अभिवावक नभएकोले वडा अध्यक्ष...

पूर्वमन्त्री प्रदीप नेपालको निधन

ब्रेकिङ न्युज १, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । यसैगरी उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । एमालेको पोलिटब्युरो सदस्य रहिसक्नुभएका उहाँले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आउनुभएको थियो । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गर्नुभएको थियो । उहाँ २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने त्यसअघि राष्ट्रियसभा सदस्य रहनुभएको थियो । नवयुग...

मानसिक स्वास्थ्य, समस्या र समाधानका लागि अभिमुखीकरण अभियानः चौतारा साँगाचोकगढी नगरपालिकाको पहल

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले मानसिक स्वास्थ्य समस्याको पहिचान, समयमै उपचार, र आत्महत्या जस्ता घटनाहरूको न्यूनीकरणका लागि अभिमुखीकरण अभियान सञ्चालन गरेको छ । मानसिक स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेका व्यक्ति, उनीहरूका परिवारका सदस्य, सरोकारवाला निकाय, जनप्रतिनिधिका बीचमा अन्तरक्रिया तथा अभिमुखीकरण अभियान चलाइएको हो । नगरपालिकाको वडा नम्बर १ स्याउलेको स्वास्थ्य चौकीमा भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानसिक रूपमा स्वस्थ रहनु व्यक्तिको लागि मात्रै नभएर समाजको लागि पनि महत्वपूर्ण रहेकाले आफूहरूले प्राथमिकताका साथ अभिमुखीकरण अभियान चलाएको बताउनुभयो । मानसिक समस्या लुकाउनुपर्ने वा देखाउन र भन्न नहुने समस्या नभएकाले समयमा नै पहिचान तथा उपचारका लागि खुलेर आफ्नो कुरा राख्न मेयर सापकोटाले अनुरोध गर्नुभयो ...

प्युठान सेवा समाज कतारले १६औं स्थापना दिवस मनाउदै

बिदेश, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारदेखी गृह जिल्ला प्युठान सम्म सामाजिक कार्यमा सक्रिय रहेको प्युठान सेवा समाज कतारले आगामी शुक्रबार स्थापना दिवस मनाउने भएको छ । समाजले जिल्ला भित्रका “गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई पुरुस्कृत तथा सहयोगार्थ“ गर्ने उद्धेश्यका साथ “१६औं स्थापना दिवसको अवसर पारेर बिविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । समाजका अध्यक्ष सिताराम सुनारले लोकप्रियकर्मी सगं सवांद गर्दै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो ।सुनारले समाजले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रममा कतारमा स्थापित विभिन्न बैचारिक संगठन, प्रदेश समन्वय परिषद जिल्ला संस्था,विभिन्न जातिय संस्थाहरु,बुद्धिजिवी, ब्यवसायी, समाजसेवी, कलाकार तथा पत्रकारहरु, कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई भब्यताका साथ सफल बनाईदिन अनुरोध समेत गर्नु भएको छ । सनैयामा अवस्थित फुलबारी रेष्टुरेन...

सिन्धुपाल्चोक जिल्लामा सक्रिय संचारकर्मीहरुलाई ‘एआई’ प्रशिक्षण

ब्रेकिङ न्युज २, समाचार
सगुन बस्नेत डिजिटल युगमा पत्रकारिताको स्वरूप तीव्र गतिमा परिवर्तन हुँदै गएको छ । यही सन्दर्भमा सोमबार राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले जिल्लाका सक्रिय पत्रकारहरुलाई एकदिने कार्यशालामार्फत पत्रकारहरूलाई एआईको प्रयोगबारे प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । पत्रकारीताको पेशालाई मर्यादित र व्यवस्थित बनाउँदै पेशागत सुरक्षाको लागी नेपाल पत्रकार महासंघ बर्तमान कार्यसमिती लागी परेको नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले बताउँनु भएको छ ।उहाँले पत्रकार महासंघका सदस्यहरुको बिवरण सम्पर्क नम्बर कार्यरत प्रतिष्ठान सहितको पहिचानयुक्त बिबरण सबैले जानकारी पाउँने गरी राख्न पर्ने सञ्चारकर्मीहरुको पेशागत सुरक्षाका लागी सबै नेतृत्व लागी पर्न पर्ने बताउँदै यो यसको सुरुवात गर्ने बताउँनु भयो । उहाँले पत्रकार महासंघका भावि कार्ययोजना ...

लागु पदार्थविरुद्धको विद्यालय तथा समुदायस्तरमा जागरण कार्यक्रमको सुरुवात

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न विद्यालयमा लागु पदार्थविरुद्धको विद्यालय तथा समुदायस्तरमा जागरण कार्यक्रमको सुरुवातगरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अन्तर्गत नगर बाल सञ्जालको आयोजना र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा अभियानको सुरुवात गरिएको हो । अभियानको पहिलो दिन चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउले स्थित सेतिदेवी माविमा लागुपदार्थको असर, यसले समाजमा पार्ने नकारात्मक प्रभावका बारेमा विद्यार्थी, शिक्षक र सरोकारवालाबीच छलफल गरिएको छ । नगर उप-प्रमुख सीता थापाले जनचेतना अभियान कार्यक्रम उद्घाटन गर्दै विद्यालयमा अध्यनरत बालबालिकाहरु कुलतमा नफसून् र आगामी दिनहरुमा आफ्नो भविष्य उज्ज्वल पार्न र सुखी जीवन बिताउन आवश्यक सीप सिकाइमा केन्द्रीत गर्न अभियालने सहयोग गर्ने बताउनुभयो । आफ्नो नगर लागू पदार्थ मुक्त क्षे...

कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम चौतारामा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका–३ को आयोजनामा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति टंक बहादुर काकीको प्रमसख अतिथ्यतामा र नेपाली काँग्रेस बागमती प्रदेश क्षेत्र नं. २ पेदस क का सभापति केशवराज गिरीको विशेष आतिथ्यतामा जिल्लाको सदरमुकाम स्थित पार्टी कार्यालयमा सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यसमिति उपसभापति टंक बहादुर कार्कीले कांग्रेसले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्ने बेला आएको बताउनुभयो ।उहाँले एकले अर्कोलाई दोषारोपण गर्न भन्दा एक आपसको कमी कमजोरी महसुस गरी एकबद्ध भएर हिडन् पर्ने उनले बताउनुभयो । विषेश अतिथि नेपाली काँग्रेस बागमती प्रदेश क्षेत्र नं. २ क का सभापति केशवराज गिरीले संगठनलाई सुदृढ बनाउन पार्टीका हरेक तहबाट सक्रियरूपमा लाग्न नेता तथा कार्यकर्तालाई आग...

कक्षा १२ को परीक्षा आजदेखि

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २०...

तमु (गुरुङ) समाज कतारको एघारौं अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्र गुरुङ (दिनेश) सर्वसम्मत

बिदेश, समाचार
दर्शन सुनार /लोकप्रिय समाचार दैनिक,कतार तमु (गुरुङ) समाज कतारले “एघारौ अधिवेशन शुक्रबार भब्य रुपमा सम्पन्न गरेको छ । तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपालका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा खुल्ला शत्र र बन्द शत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालको लागी अध्यक्षमा स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा न ४ (खुदी) का चन्द्र प्रसाद गुरुङ (दिनेश) सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा ओमराज गुरुङ, दित्तिय उपाध्यक्षमा ज्ञानु गुरुङ (डिजन)तृतीय उपाध्यक्षमा शिला गुरुङ,महासचिवमा धन गुरुङ सचिबमा दुर्गा गुरुङ,सुजन गुरुङ कोषाध्यक्षमा चन्द्र प्रकाश गुरुङ र सह– कोषाध्यक्षमा परमेश्वर गुरुङ रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा बल बहादुर गुरुङ,पुष्पा गुरुङ,सम्झना गुर...

जलवायु अनुकुलनमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार
जलवायु अनुकुलनमा आदिवासी जनजाति महिलाहरुको नेतृत्व विकास परियोजना अन्तरर्गत एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम स्थित रहेको श्री कृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा ज्योति किशोरी समुहका कल्पना तामाङ र युविका थापाले जलवायु परिवर्तन फिल्पचार्टबाट प्रस्तुतिकरण गरिएको थियो । छलफलका विषयवस्तुहरु जलवायु, जलवायु परिवर्तन, जलवायु र मौसम विचको भिन्नता बढ्दो विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन मानविय गतिविधि र प्राकृतिक गतिविधिवाट हुने जलवायु परिवर्तनका सुचक, जलवायु परिवर्तनले कृषि पशुमा पर्ने असर र पानीको मुहान सुक्ने तापक्रम बढ्ने हिमालमा हिउ पग्लदै जाने कृषिमा उत्पादन घट्ने जस्ता विषयवस्तुहरु समेटिएका थिए । आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सलासन क्यानाडांका डाइरेक्टर एन थोमसन जलवायु परिवर्तन कार्यक्रमका प्र...