श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड
काठमाडौँ, २७ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजङ्ग पाण्डेले श्रमबजारका विद्यमान परिवर्तन र चुनौतीको सामना गर्न व्यावहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को ११४औँ सत्रलाई नेपालको रोजगारदाता परिषद्कोतर्फबाट मङ्गलबार सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपाल हाल महत्वपूर्ण आर्थिक सङ्क्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गर्नुभयो । विश्वभरका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्व तथा सामाजिक साझेदारमाझ आफ्नो मन्तव्य राख्नुहुँदै उहाँले सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागतजस्ता चुनौती कायमै रहेको बताउनुभयो । “नेपालको युवा जनशक्त...









