सांगीतिक प्रस्तुतिका लागी पल,टक र स्मारिका कतारमा
दर्शन सुनार/ लोकप्रिय दैनिक कतार ईस्लाम धर्मावलम्बीको महान पर्व ईदको अवसर पारेर "दि गोर्खाज ईन्टरटेन्मेन्ट हाउस कतारको आयोजनामा सोमबार हुन लागेको " नेपाली ईद धमका २०२५" मा सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकारहरु कतार आईपुगेका छन । दोहाको अल लक्तामा अवस्थित टयुनिसियन स्कुलको सभाहलमा सोमबार मध्यान्ह १ बजे देखि सुचारु हुने कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन सुपरस्टार नायक तथा मोडल पल शाह,भर्षटायल गायक टंक तिमिल्सिना,चर्चित नृत्याङ्गना तथा मोडल स्मारिका ढकाल शनिबार राती कतार आईपुगेका हुन ।
नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुलाई भब्य स्वागत गर्नको लागी कार्यक्रमका इभेन्ट म्यानेजर राकेश श्रेष्ठ,कार्यक्रम संयोजक तिलु शर्मा पौडेल,नेपाली फिटनेस टिम कतारका अध्यक्ष कृष्ण सुनार लगायत अन्य ब्यक्तित्वहरुहमद अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।"दि गोर्खाज ईन्टरटेन्मेन्ट ह...
