सम्पर्क

कृषि

‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन

कृषि, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
चौतारा (सिन्धुपाल्चोक), ९ मङ्सिर : साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ । छ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उहाँ बताउनुहुन्छ । विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उहाँको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाउनुभएको हो । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु चा...

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
इनरुवा (सुनसरी), ९ मङ्सिर : देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताउनुभयो । “नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । इनरुवा–४ का रामदेव मेहताले दैनिकरूपमा...

गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
नौमुले (दैलेख), ७ मङ्सिर : नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुग्नुभयो । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्नुहुन्छ । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गर्नुभएको छ । छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्तागरी गाउँमै व्यावसायिक सागसब्जी लगाउनुभएको छ । कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीतजस्तै भएको छ, खड्कालाई । मलाई अमेरिका यही, मलाई जापान पनि यही । गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उहाँले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गर्नुभएको छ । उहाँले हाँस्दै भन्नुभयो, “ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो ?” पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उहाँको दिनचार्य नै बनेको छ । खड्का भ...

अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
फुङ्लिङ(ताप्लेजुङ), ६ मङ्सिरः कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर दुई प्रकारले खरिद बिक्री भइरहेको छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहितको अलैँची प्रतिमन रु एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैँची प्रतिमन रु एक लाख चार हजारमा खरिद बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैँची प्रतिमन रु एक लाख एक हजारमा कारोबार भइरहेको छ । ताप्लेजुङमा साउनदेखि अलैँची टिपाइ सुरु हुन्छ । लेकाली क्षेत्रहरुमा अहिले पनि टिपाइ भइरहेको छ । मङ्सिर अन्तिम साता सम्...

कृषी उत्पादन बढाउँनका लागी नगर सञ्जाल गठन ः सापकोटा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक ,कृषी उत्पादनमा गरेको सहयोग परिणाममुखी बनाउँन कृषकहरु नै लाग्न पर्ने र स्थानीय स्तरमा उत्पादन सामाग्रीको स्थानीय स्तरमा नै खपत गराएर स्थानीयलाइ रोजगारका साथै आय आर्जनका लागी कृषक सञ्जाल गठन गर्न लागीएको चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । वास्तवीक कृषक जो मेहनत गर्छ उसैलाइ सहयोग गर्न पर्ने भएको भएता पनी कृषकहरुको उत्पादनले बजारीकरणमा ठगीएकाले यसको रोकावटका लागी यो योजना ल्याएको समेत बताउँनु भयो । नगर प्रमुख सापकोटाले नगर स्तरिय कृषक समुह, कृषी सहकारी सस्थाका प्रतिनिधीहरुको चौतारामा भएको भेलालाइ सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । कृषी उत्पादनमा आधारित अनुदान बितरण गरिएको , दुधमा अनुदान दिएको , बिउको राँगा , बोका अनुदान दिएको , कृषी प्रबिधीहरु दिएको भएता पनी अनुदान अनुसार उपलब्ध नभएको महशुस भएकाले यो बिधी अपनाइएको ...

सिन्धुपाल्चोकमा बाँदर र मान्छे बिच लडाइ ४ घाइते

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफीगाँउपालिकामा घरमा बाँदर छिर्न नदीदा मान्छे ले कुटाइ खाएर घाइते भएका छन। सिन्धुपाल्चोक जिल्ला बेलेफी गाँउ पालिका वडा नं ४मा दिउँसै करिब ४बजेको समयमा तोया नाथ नेपालको घरमा बाँदरको हुल छिर्न लागे पछी रोक्ने क्रममा भएको झडपमा बाँदरको कुटाइ बाट तोया नाथ नेपाल , जयरामा नेपाल खिका प्रसाद नेपाल, र इश्वर प्रसाद नेपाल घाइते हुनु भएको ४ नं वडाका वडा सचिब फुर्पा छिरिङतामाङले जानकारी दिनु भयो । उँहाका अनुसार बाँदर घरभित्रै छर्न लागे पछी घर भित्र ४जना र बाहीर गाँउले हरु जम्मा भएर लखेट्न लाग्दा घर भित्र भएका चारै जना घाइते भएको र घाइते मध्य तोया नाथ नेपाल र जयराम नेपाललाइ उपचारका लागी काठमाण्डौ लगीएको छ । घर भित्र छिरेर घरमा भएका अन्न हरु खाइदिने छर्ने गर्न थाले पछी स्थानीय हरु त्रसित बनेका छन। बाँदरको हुल गाउँमा पस्ने क्रममा तल्तागाउँका स्थानीय जयराम नेपालको घर नजिकै सिंचाइका...

सकहारी सिद्धान्त अनुसार गरेका कामहरु सफतामा छन ः नगर उप प्रमुख मन्जु तामाङ

कृषि, विचार, विचित्र संसार, समाचार
सहकारीताको माध्यमबाट गरेको सबै कामहरु सफलताको बाटोमा लागेको बाह्र्बिसे नगर पालिकाका उप प्रमुख मन्जु तामाङले बताउँनु भएको छ । उँहाले बाह्रबिसे नगरपालिका वडा नं ८ मानेश्वारामा रहेको मानेश्वारा महिला कृषि सहकारी संस्थाको १२ औ बार्षिक साधारणसभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । साधरण सभामा सहकारीको मुख्य सिद्धान्त निती बिनियम र बिनीयमले तोके अनुसार काम गर्नेहरु कहील्यै असफल नहुने तर सहकारीको नाममा रकम उठाएर आफुखुशी उपलब्धी हिन काममा खर्च गर्नेहरु असफलताको बाटो तिर लागेको बताउँदै सहकारी सिद्धान्त अनुसार काम गर्न सबैमा अनुरोध गर्नु भयो । उँहाले बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरपालिका भित्रका ब्यक्तीहरु कोही पनी बेरोजगार बस्न नपोरस भन्दै रोजगारको व्यवस्थापनमा लाग्नु भएको र उहँहाले कृषी उत्पादनमा अनुदान सहयोग गर्न सके यस बाट पनी स्थाइ रोजगारको व्यवस्था हुने भएकाले हलगोरुको...

खाद्य तथा पोषण सुरक्षा क्लस्टर इकाईद्वारा प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा एवं क्लष्टर स्तरियFANSEPसम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा त्रैमासिक प्रगतिका साथै आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूको बारेमा योजना, अनुगमन तथा मूल्याङ्कनको प्रस्तुतीकरण भएको थियो । कार्यक्रमका अध्यक्ष जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले आयोजनाले खाद्य सुरक्षामा सहयोग गर्न प्रबिधी र प्रबिधीक कृषी यान्त्रीकरण र सिंचाइ, पुर्बधार बिकास लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरी जलवायु तथा पोषण मेत्री कृषी प्रबिधीहरुको व्यवस्था गरी कृषकहरुको आयआर्जनमा सहयोग गर्दै सुनौलो हजार दिनका आमाहरु तथा ६ देखी २४ महीना सम्मको बच्चाहरुको पोषण स्...

किसानलाई धान भित्र्याउने चटारो

कृषि, ब्रेकिङ न्युज १, समाचार
चाडबाड सकिए लगत्तै जिल्लाभरका कृषकलाई धान भित्राउने चटारो परेको छ । खेतमा धान पाकेर पहेंलपुर भएपछि नगर क्षेत्र र दुर्गम गाउँका किसानलाई धान भित्र्याउने हतारो भएको हो । यस्तै सिन्धुपाल्चोकका किसानलाई यतिबेला किसानलाई मंसिरे धान भित्र्याउने चटारो छ । तिहारअघि काटेको धानबाली वर्षाका कारण खेतमा नै नोक्सान भएपछि मौसममा सुधार आउने बित्तिकै उनीहरूलाई धान भित्र्याउन चटारो परेको हो । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन् । धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनुका साथै परिश्...

ग्रामीण क्षेत्रमा पनि लोप हुँदै मखमली फूल’

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
गलेश्वर (म्याग्दी), १८ कात्तिकः जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो । शनिबार साँझ बेनी नगरपालिका–२ ज्यामरुककोट माइतमा आएर आज भाइटीकाका दिन आफ्ना दाजुभाइलाई लगाइदिने सयपत्रीको माला उन्दै गर्नुभएकी प्रतिभालाई मखमली फूलको अभाव खड्किएको छ । माइतीको आँगनमा दाजुभाइ र बुबाआमासँग गफिँदै माला बनाइरहनुभएकी उहाँको मन भने प्रशन्न छैन, यसको कारण भने मखमली फूलको अभाव हो । “कति खोजेँ कहीँ पनि पाउन सकिनँ मैले मखमली फूल”, ढुङ्गानाले भन्नुभयो, “तिहारमा दाजुभाइलाई मखमली फूलझैँ नओइलाउने हुनु भनेर माला लगाउन पाए हुने हो । मखमलीको माला नै नभएपछि मन हर्षित छैन । कति खोजे पनि भेटिएन ।” भाइटीकाका दिन दिदीबहिनीले...