सम्पर्क

खानेपानी

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वाेच्चद्वारा खारेज

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वाेच्चद्वारा खारेज

कृषि, खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० असारः सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सरकारले निजी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्याल...
काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने

काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने

अन्तर्वाता, कृषि, खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, २९ असार । प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले सोमबारदेखि कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्नुअघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ लिनुभएको हो । शपथग्रहणपश्चात् उहाँले काउन्सिलमा पदबहाली गर्नुभयो । अध्यक्ष श्रेष्ठले अहिलेको एआई र सोसल मिडियाको परिवर्तित अवस्थामा प्रेस काउन्सिल नेपालको भूमिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । साथै, प्रेस स्वतन्त्रताको रक्षा गर्नु पनि काउन्सिलको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले कुनै पनि दबाबबाट मुक्त भई स्वच्छ भएर पत्रकारिता क्षेत्र र सरकारबिचको पुलको रूपमा काम गर्न प्रयत्नरत रहने बताउनुभयो । अध्यक्ष श्रेष्ठले कर्मचारीका समस्याहरूलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।अध्यक्ष श्रेष्ठलाई काउन्सिल सदस्य निर्मला शर्मा, सदस्यसचिव छबीन्द्र पराजुली, म...
सिन्धुपाल्चोकलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

सिन्धुपाल्चोकलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
सिन्धुपाल्चोक जिल्लालाई सबै प्रकारका नियमित खोपको पहुँच सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्णखोप समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा असार २९गते चौतारास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित विशेष समारोहबीच जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा तोकिएका उमेर समूहका बालबालिकाले नियमित रूपमा सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विकास साझेदार र सरोकारवालाहरूको सहभागिता रहेको थियो।...
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

कृषि, खानेपानी, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
नारायणगढ (चितवन), २७ असारः समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने माडी उपत्यकाको सुन्दर दृश्य, चुरे पर्वतमालाको विशाल रूप र ऐतिहासिक गढीले आज एउटा जीवन्त इतिहास बोकेर बसेको अनुभूति गराउँछ । चितवनको माडी नगरपालिकास्थित सामरिक एवं धार्मिक दृष्टिले देशकै महत्वपूर्ण आधारस्थल मानिने ऐतिहासिक सोमेश्वरगढी एउटा विशेष र ऐतिहासिक क्षणको साक्षी बन्यो । माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा यहाँ निर्मित प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको शालिकको अनावरण गरिएसँगै पार्कले पूर्णता पाएको छ । नेपाली सेनाको निरन्तरको पहल, खोज-अनुसन्धान तथा स्थानीय जनप्रतिनिधिको दृढ इच्छाशक्तिका कारण यहाँ निर्मित शालिक र पार्कले पूर्णता पाएको हो । नेपाली सेना मध्य पृतनापति उपरथी विष्णुकुमार खड्काले महान् योद्धा तथा सोमेश्वरगढी विजयका नायक बस्न्यातको सम्मान, श्रद्धा र स्मरण स्व...
चौतारामा डेंगी फैलावट रोक्न ‘खोज र नष्ट गर अभियान’

चौतारामा डेंगी फैलावट रोक्न ‘खोज र नष्ट गर अभियान’

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  डेंगी संक्रमण रोक्न सचेतना अभियान अन्तर्गत चौतारामा बिभिन्न कार्यक्रम गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा चौतारामा ‘खोज र नष्ट गर’ अभियान, अभिमुखिकरण सँगै सचेतना कार्यक्रम गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो सर्वसाधारणलाई डेंगी रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कुनै पनि रोगलाई सानो सोच्न नहुने बताउदै जनचेतना टोलटोलमा पुर्याउनु पर्नेमा जोड दिनुभयो । अभियानका क्रममा डेंगीबारे जानकारी, यसबाट बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत हिसिला दनुवारले बताउनुभयो । डेंगी सार...
टेरामक्स काण्ड कांग्रेस नेता पुर्ब मन्त्री मोहन बस्नेतलाइ सफाइ

टेरामक्स काण्ड कांग्रेस नेता पुर्ब मन्त्री मोहन बस्नेतलाइ सफाइ

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्लाका लोकप्रिय नेता पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेत लाई दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा बिशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ । उहाँहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर गरेको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको जनइएको छ । उक्त टेरामक्स खरिद प्रकरणमा १९ जना प्रतिवादी भएकोमा ...
गरिब तथा विपन्न सुनौला १००० दिनका आमालाई पोषण सुधारका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाद्वारा आर्थिक सहयोग

गरिब तथा विपन्न सुनौला १००० दिनका आमालाई पोषण सुधारका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाद्वारा आर्थिक सहयोग

अन्तर्वाता, खानेपानी, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्वास्थ्य शाखाको समन्वयमा सुनौला १००० दिनका आमा तथा शिशुको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले वडा नं. ३ र वडा नं. ८ का गरिब तथा विपन्न परिवारका २८ जना सुनौला १००० दिनका आमाहरूलाई प्रति व्यक्ति रु. २५,००० का दरले आर्थिक सहयोग प्रदान गरेको छ। गाउँपालिका अध्यक्ष टासी लाम ज्युको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी ज्युको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा लाभग्राही आमाहरूलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रमको उद्देश्य आर्थिक रूपमा कमजोर परिवारका सुनौला १००० दिनका आमा तथा शिशुको पोषण सुधार, स्वास्थ्य अवस्था सुदृढीकरण तथा पोषणयुक्त आहारमा पहुँच बढाई स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउनु रहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनु भयो । कार्यक्रमको प्रारम्भमा स्वास्थ्य शाखा प्रमुखले सुनौला १००० दिनको अवध...
अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि दुईदिने सहजीकरण कार्यक्रम सम्पन्न

अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनका लागि दुईदिने सहजीकरण कार्यक्रम सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोकको आयोजनामा अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि सञ्चालित दुईदिने सहजीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। २०८३ साल असार १४ र १५ गते श्री कृष्ण रत्न गङ्गा माध्यमिक विद्यालय, चौतारामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा अधिकृत, सामुदायिक विद्यालयका प्रधानाध्यापक, सिकाइ केन्द्रका प्रतिनिधि तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता शिक्षा विकास तथा समन्वय इकाइ, सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदीले गर्नुभएको थियो। नेपाल सरकारका पूर्व कुशल प्रशासक एवं सिन्धुपाल्चोकका पूर्व जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले प्रमुख सहजकर्ताका रूपमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहजकर्ता भण्डारीले नेपालको संविधानले प्रत्याभूत गरेको प्रत्ये...
१० बुँदे प्रतिबद्धता पत्र जारी गर्दै उपप्रमुख–उपाध्यक्षहरूको प्रदेशस्तरीय भेला मेलम्चीमा

१० बुँदे प्रतिबद्धता पत्र जारी गर्दै उपप्रमुख–उपाध्यक्षहरूको प्रदेशस्तरीय भेला मेलम्चीमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा भएकाृ बागमती प्रदेशका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको भेलाले स्थानीय सरकारलाई थप प्रभावकारी, समन्वयात्मक र जनउत्तरदायी बनाउने उद्देश्यसहित १० बुँदे ‘मेलम्ची प्रतिबद्धता पत्र–२०८३’ जारी गरेको छ।सिन्धुपाल्चोकजिल्लाको मेलम्चीनगरपालिकामा पहिलो पटक आयोजित प्रदेशस्तरीय उपप्रमुख तथा उपाध्यक्षहरूको भेलाले स्थानीय शासनको प्रभावकारिता, महिला नेतृत्वको सशक्तीकरण, अन्तरपालिका सहकार्य र सेवा प्रवाहलाई थप मजबुत बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै उक्त घोषणापत्र सार्वजनिक गरेको हो।मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन प्रतिनिधिसभा सदस्य युवराज दुलालले गर्नुभएको थियो। कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरसहित प्रदेशभरिका स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता...
अग्रज व्यक्तित्वहरू सिन अग्रज व्यक्तित्वहरूको सम्मान स्वरुप स्व.लालबहादुर खातीकोसालिक अनावरणको सम्मानमा चौतारा–१४ मा सालिक अनावरण

अग्रज व्यक्तित्वहरू सिन अग्रज व्यक्तित्वहरूको सम्मान स्वरुप स्व.लालबहादुर खातीकोसालिक अनावरणको सम्मानमा चौतारा–१४ मा सालिक अनावरण

अन्तर्वाता, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक । असार १४ गते चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा गाउँका अग्रज तथा ख्यातिप्राप्त पुर्खाहरूको सम्झनामा सालिक स्थापना तथा अनावरण कार्यक्रम गरिएको छ। स्व लालबहादुर खातीको सालिक अनाबरण गरेर उक्त कार्यको शुभारम्भ गरिएको हो । राष्ट्रीय बृक्ष रोपण दिबशको अबशर पारेर जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तरगत कार्यक्रमका अबशरमा सालिक अनाबरण गरिएको हो ।  स्थानीय समाजसेवी नेत्रबहादुर बस्नेतको विशेष पहल सक्रियता र समन्वयमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष उद्वव नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। यस्तै डिभीजनल बन अधिकृत ओम सागर भण्डारी ’जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान’ का संयोजक गोविन्द चौलागाईं, नेपाल बार एसोसिएसन जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्रबहादुर तामाङ लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा गाउँको इतिहा...